समाचार

स्याङजाको हेलुमा सनराईज बैंकको शाखारहित सेवा

सनराईज बैंकले स्याङजाको हेलुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसँगै सनराइजको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।पुतलीबजार नगरपालिका वडा नं। ११, हेलुमा खोलिएको शाखारहित सेवाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष भवानीप्रसाद लामिछाने र बैङ्कका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलले संयुक्त रुपमा उद्घाटन गरे।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष भवानीप्रसाद लामिछानेले अत्याधुनिक बैकिङ्ग सेवा गाउँमै आउँदा आफु निकै खुशी भएको र आफ्नो सक्दो सहयोग रहने बताए ।कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष… पुरा पढौ

तनहुँमा कैदीबन्दीबीच झडप, पाँच घाइते

तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ ।घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कारागारमा हाल रहेका चौकीदार र नाइके… पुरा पढौ

भागरथी हत्या काण्डका आरोपितको डिएनए परीक्षण गरिँदै

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ । डिएनए परीक्षणका लागि रगत लगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो । डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ । यसअघि भागरथीको भजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन… पुरा पढौ

मुस्ताङमा एक पुरुष मृत भेटिए

मुस्ताङ । मुस्ताङका टिकबहादुर थकाली मृत अवस्थामा भेटिएका छन् । शनिबार साढे ५ बजे मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङस्थित घरबाट निस्केका थकाली आज बिहान ढोखाङ डाँडा नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । शनिबार साँझबाट हराइरहेका ४९ वर्षिय थकाली सोही स्थानको ढोखाङ डाँडाबाट अन्दाजी ५० मिटर मृत अवस्थामा भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनका विषयमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । पुरा पढौ

नवीन सहकारीको १४ औं वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा–४ गैह्रापाटनस्थित नवीन बचत तथा ऋण सहकारी संस्था लि. ले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा सहकारीले पोखरा ३, नदीपुरस्थित श्री महर्षि गुरुकुल विद्याश्रममा खाद्यान्न वितरण गरेको छ । संस्थाका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले विद्याश्रम समितिका अध्यक्ष रामचन्द्र पौडेललाई ती सामग्री हस्तान्तरण गरे । सहयोगप्रति आभार प्रकट गर्दै पौडेलले सहकारीको उन्नतिको कामना गरे । सहकारी अध्यक्ष कोइरालाले संस्थाको बारेमा जानकारी गराउँदै २०६४ सालमा स्थापित संस्थाले हरेक वर्ष फागुन १६ लाई संस्थाले स्थापना दिवसको रुपमा मनाउँदै आएको… पुरा पढौ

शिवसेनाले खुल्ला रक्तदानसंगै कास्की कार्यालय उद्घाटन गर्दै

पोखरा । शिवसेना नेपाल कास्कीले सोमबार कास्की कार्यालयको एक कार्यक्रमका विच उद्घाटन गर्ने भएको छ । महायोगी नरहरि नाथको १०८ औं जन्मजयन्तीको अवसरमा जिल्ला कार्यालय उद्घाटन र खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको शिव सेना नेपालका जिल्ला अध्यक्ष प्रदिप खडग्रीले जानकरी दिए । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा गोरखनाथ पिठाधीश एवं संस्कृतविद् योगी बलभद्रनाथ योगी, अधिवक्ता सन्तोष अधिकारी, संस्थाका वरिष्ठ सल्लाहकार ठाकुरप्रसाद बराल (गायत्री), सल्लाहकार राजकुमार तिमिल्सिना लगायतले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष खडग्रीले जानकारी दिए । सोमबार विहान ७ बजेबाट… पुरा पढौ

नेपालकै ठुलो उपाधि राशीको फुटसल प्रतियोगिता पोखरामा हुने

पोखरा । राजन ब्रदरहुड र स्पोर्टस् क्यासलको आयोजनामा आगामी चैतमा नेपालकै ठुलो उपाधि राशीको खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । आगामी चैत १० देखि १२ गते सम्म पोखरा महानगरपालिका ४ गणेशटोल स्थित स्पोर्टस् क्यासलमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित ‘प्रथम राजन खुल्ला फुटसल प्रतियोगिता २०७७’ आयोजना गरिने आज (आईतबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । प्रतियोगिता संयोजक राजन गुरुङले फुटबल सँगै फुटसलको विकास पुर्याउने उद्देश्य सहित सो प्रतियोगिता आयोजना गर्न लागको बताए । उनले उक्त प्रतियोगिता… पुरा पढौ

प्रधानमन्त्री ओलीले भोलि पोखरा रंगशालाको अवलोकन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने भएका छन् । गण्डकी प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउन लागेका नेकपा ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यहि मौका पारेर पोखरा रंगशालाको अवलोकन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार दिउँसो पोखरा रंगशालाको अवलोकन गर्ने कार्यतालिका तय भएको राखेप सदस्य तथा प्रधानमन्त्री ओली निकट राजेशकुमार गुरुङले बताए । उनका अनुसार प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मन्तव्य राखेर सिधै रंगशाला पुग्नेछन् । त्यहाँ उनले भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट, बहुउद्देश्यीय कभर्ड हलहुँदै… पुरा पढौ

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकताप्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको बताए ।उनले खोप अभियानका लागि अनुमानितभन्दा कम लागतमा सो अभियान सञ्चालन भइरहेको तथा प्रक्रियामा कुनै पनि अनियमितता र अराजकता… पुरा पढौ

फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

कास्की। पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो । समितिले तालको क्षेत्रफल यकीन गरी सङ्घीय सरकारलाई सिफारिस गरेकामा गत फागुन ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सो सम्बन्धमा निर्णय गरेपछि गण्डकी प्रदेश सरकारले आज समितिको प्रतिवेदन… पुरा पढौ