१२ जना प्रतिभाले सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय एकल गायन प्रतियोगिताकोे फाइनलमा स्थान बनाएका छन्। पोखरा तथा बागलुङमा भएका दुई छुट्टाछुट्टै अडिसनमार्फत छानिएका २८ जना प्रतियोगी मध्येबाट उत्कृष्ट १२ प्रतिभाले प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्। प्रतियोगितामा छनोट हुनेहरुमा जीवन बिश्वकर्मा (बागलुङ), राम घर्तीमगर (म्याग्दी), बिजेश नेपाली (कास्की), अमन सुबेदी (बाग्लुङ), योगेश गौतम (स्याङ्जा), शान्त सुनार (बागलुङ), कुसुम पुनमगर (बागलुङ), अरुण सुनार (पर्वत), सरिता राई (कास्की), उपेश थापा (कास्की), निर्मल बि.क. (बागलुङ) र संगीता गायक (कास्की) छन्।
पुरा पढौ