उच्च अदालत पोखराको लागि सचिव ऋषि भण्डारी र अधिवक्ता श्रीधराकुमारी पुडासैनीलाई सिफारिस गरिएको छ। न्याय परिषद्ले उच्च अदालत पोखराको लागि न्यायाधीशहरु भण्डारी र पुडासैनीलाई सिफारिस गरेको हो। हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव रहेका भण्डारीलाई न्यायपरिषदले न्यायाधीशमा सिफारिस गरेको हो। अधिवक्तामध्येबाट सिरहाकी श्रीधराकुमारी पुडासैनीलाई पनि उच्च अदालत पोखराको न्यायाधीश सिफारिस गरेको हो। यता, न्याय परिषद्ले तनहुँ जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई उच्चअदालत विराटनगर र म्याग्दी अदालतका न्यायाधीश माधवेन्द्र रेग्मीलाई उच्च अदालत तुलसीपुरको न्यायाधीश सिफारिस गरेको छ। उच्च अदालत…
पुरा पढौ