पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेस्थित बेलचौताराको समाज सुधार तथा महिला उत्थान केन्द्रको ८ औं अधिवेशनले लक्ष्मी कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । केन्द्रको उपाध्यक्षमा कल्पना भण्डारी, सचिव सकुन्तला भण्डारी, सहसचिव लक्ष्मी भण्डारी, कोषाध्यक्षमा शर्मिला अधिकारी चयन भएका छन् । सदस्यमा इन्द्रादेवी रेग्मी, शंकरदेवी पौडेल, तारादेवी थापा, शान्ति महत, जमुना सापकोटा, कल्पना केसी, देवी गिरी सर्वसम्मत चयन भएका छन् । यसअघि संस्थाको अधिवेशनको उद्घाटन सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्कीले गरेका…
पुरा पढौ