समाचार

मर्दी हिमाल पदयात्रा

गण्डकी। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन(टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा आजदेखि शुरु भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले यही चैत ४ गतेसम्म चिनारी यात्रा शुरु गरेको हो । पोखराको डिहीको पाटनमा पदयात्रा शुभारम्भ कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, आन्तरिक पर्यटन पुनरुत्थान समिति पोखराका… पुरा पढौ

भारतमा २५ हजारभन्दा बढी सङ्क्रमित, १६ हजार सङ्क्रमणमुक्त

नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३२० जना सङ्क्रमित भएका हुन् । यसअघि एक दिनमा सङ्क्रमितहरुको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६३७ जना कोरोनाभाइरस मुक्त भएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको… पुरा पढौ

कोभिड–१९ सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या शून्य

काठमाडौँ। कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ एनआरएनए का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो। गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा… पुरा पढौ

छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्य गरौँ : मन्त्री त्रिपाठी

काठमाडौँ। स्वास्थ्य तथा जनङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने“लिङ्ग छनोट गरी छोरीको जन्मलाई निषेध गर्ने कार्यको समग्र मूल कारणलाई सम्बोधन र यससम्बन्धी रणनीति कार्यान्वयनका लागि नेतृत्वदायी निकायको हिसाबले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालयसँग काम गर्न प्रतिबद्ध छ ।” विभिन्न देशका मन्त्री सम्मिलित एक उच्चस्तरीय संवादलाई शुक्रबार राति भर्चुअल सम्बोधन गर्दै उनले छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्यका लागि राष्ट्रिय रणनीति… पुरा पढौ

तोलामा ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो । चाँदीको… पुरा पढौ

पोखरा महानगरको नेपाल राष्ट्रिय शिक्षक संगठनमा त्रिपाठीको नेतृत्व

पोखरा–२४, श्री कालिका माविका शिक्षक विष्णुहरि त्रिपाठी नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिको अध्यक्षमा निर्वाचित भएका छन्। समितिको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले समितिको नेतृत्वमा त्रिपाठीलाई चयन गरेको हो। समितिको उपाध्यक्ष महिलातर्फ देवी केसी (तालवाराही मावि, पोखरा–६), उपाध्यक्ष खुल्लातर्फ विजय शर्मा (भाारतीभवन मावि, पोखरा–१९), सचिव यामनारायण लामिछाने (सिद्ध मावि, पोखरा–१५), कोषाध्यक्ष सकुन्तला सोती (श्रीकृष्ण मावि, पोखरा–७), सह–सचिव सरिता ढकाल (अमरज्योति गाउँफर्क मावि, पोखरा–२६), सह–कोषाध्यक्ष भगवती अर्याल (अमरसिद्ध नमुना मावि, पोखरा–३१) छन्। त्यसैगरी, सदस्यहरुमा हरिभक्त घिमिरे (विन्दवासिनी मावि, पोखरा–२), दुर्गा… पुरा पढौ

नेवा: जागरण मञ्च कास्कीमा राजेन्द्रमान

नेवा: जागरण मञ्च कास्कीमा राजेन्द्रमान श्रेष्ठ चयन भएका छन्। नेवाः खल कास्कीमा आवद्ध मञ्चको शनिबार सम्पन्न अधिवेशन तथा साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। मञ्चको वरिष्ठ उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, उपाध्यक्ष देवकुमार श्रेष्ठ, सचिव सन्तोष श्रेष्ठ, कोषाध्यष कल्पना श्रेष्ठ, सह–सचिव लक्ष्मण श्रेष्ठ छन्। त्यस्तै, सदस्यहरुमा नन्बहादुर श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, विद्या श्रेष्ठ, मिना श्रेष्ठ र बाबुकाजी श्रेष्ठ छन्। प्रमुख अतिथि नेवाः खलः कास्कीका अध्यष अशोक पालिखेले नेवारी समुदायभित्र राजनीतिक रंग दिन नहुने कुरामा जोड दिए। उनले कुर्चीका लागि… पुरा पढौ

नेपालीको बचत गर्ने क्षमता घट्यो, १ सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ। विभागका अनुसार अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९÷२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले १ सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब ९ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो। विभागले आधार वर्ष २०१०÷११ लाई मानेर गरेको… पुरा पढौ

चैत १२ देखि प्रथम खास्टेताल महोत्सव हुने

पोखरा । खास्टे न्यूरेनि जाँउ तालमा रमाऔ भन्ने मुल नाराका पोखरा २६ लेखनाथमा यहि चैत्र १२ देखि २२ गतेसम्म प्रथम खास्टे ताल महोत्सब –२०७७ हुने भएको छ । कोरना भाईरसका कारण स्थानिय स्तरमा कुनै पनि मेला महोत्सव नभईरहेको अवस्थमा लेखनाथ महोत्सव कै झल्को मेटाउने र आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरि खास्टे तथा न्यूरेनीताल किराना खरानेफाँटमा खास्टेताल महोत्सव गरिने भएको हो । खास्टे तथा न्युरेनी ताल संरक्षण समितिको अग्रसरता र राष्ट्रिय संगितकर्मि संघ कास्कीको सहकार्यमा हुन लागेको महोत्सवलाई सफल पार्न… पुरा पढौ

गलकोट समाज पोखरामा थापा

पोखरा । गलकोट समाज पोखराको ७ औं साधारणसभा तथा चौथो अधिवेशनले खडकबहादुर थापाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनबाट महिला उपाध्यक्ष राधिका खत्री, उपाध्यक्ष कृष्णबहादुर खत्री, सचिव गणेशबहादुर खत्री, कोषाध्यक्ष खिमबहादुर थापा र सहसचिव धनबहादुर परियार चुनिएका छन् । समाजका सदस्यमा गंगा साहानी, खिमा भण्डारी, धनकुमारी श्रीष, चेतबहादुर भण्डारी, हीराबहादुर खत्री, भेषबहादुर खत्री र दीलबहादुर खड्का निर्वाचित भए । समाजका आमन्त्रित सदस्यमा पम्फा खत्री र शेरबहादुर खड्का छन् । कार्यक्रममा प्रमुख अतिथि बागलुङ समाज पोखरा अध्यक्ष… पुरा पढौ