समाचार

डिफेन्डिङ च्याम्पियन टि वर्गरलाई पराजित गर्दै मिया सान मियालाई वगर भाई खलक भेट्रान्सको उपाधि

पोखरा । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकद्वारा आयोजित “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को उपाधि काठमाडौको आई वोस मिया सान मियाले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा मिया सान मियाले डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुरलाई ४–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि सँगै मिया साान मियाले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ भने उपविजेता टि वर्गरले नगद… पुरा पढौ

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा कोइराला

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको शनिबार पोखरामा सम्पन्न भएको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले भरत कोइरालाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो । त्यसै गरी मञ्चको उपाध्यक्ष अमृत सुवेदी, सचिवमा रोहितराज पराजुली, कोषाध्यक्षमा तारा चापागाईं (दुवे) र सहसचिवमा युवराज श्रेष्ठ निविरोध निर्वाचित भए भने अन्य सदस्यहरुमा विशन क्षेत्री, प्रकाश ढकाल, वासुदेव पौडेल, उमा आले मगर, युवराज गुरूङ (युनिश) र उमेश पुन मगर चयन भएका हुन्। उपाध्यक्ष… पुरा पढौ

तनहुँ र बाग्लुङमा भएका छुट्टा–छुट्टै दुर्घटनामा चार घाइते

पोखरा । गण्डकी प्रदेशमा भएका छुट्टा–छुट्टै दुर्घटनामा चार जना घाइते भएका छन् । सोमबार भएका सवारी दुर्घटनमा तनहुँका तीन जना र बाग्लुङमा एक जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । तनहुँको शूक्लागण्डकीबाट दमौली तर्फ जाँदै गरेको ग १४ प ४७५१ नम्वरको मोटरसाइकलले बाटो काट्ने क्रममा माया परियारलाई ठक्कर दिँदा घाइते भएकी हुन् । तनहुँको भिमाद नगरपालिका–५ बुडुवाकी ६० वर्षिया परियारलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । यस्तै तनहुँको ब्यास नगरपालिका–१ मुसेखोलामा… पुरा पढौ

पोखरामा विद्युत सर्ट हुँदा हार्डवयरमा आगलागी

पोखरा । पोखराको लेकसाइडको एक हार्डवयर स्टोर्समा लागलागी भएको छ । पोखरा–६ स्थित नुलथोकका मुक्ती पहारीको ढुङ्गो माटोले बनेको हार्डवयर स्टोर्समा विद्युत सर्ट हुँदा भएको आगलागीमा क्षति भएको हो । आगलागी भएको खवर पाउनसाथ प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट हार्डवयरको सामान, टिभी, पलङ खाट, पाँच तोला चाँदी, आधा तोला सुन, लत्ता कपडा पूर्ण क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पुरा पढौ

पत्रकारले पच्ने गरी कमीकमजोरीलाई बाहिर ल्याउनुपर्छ : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सकरात्मक सोचका साथ अगाडि बढेमात्र समृद्ध प्राप्ती हुने बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीको चौंथो साधारण सभा तथा जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ लाई उद्घाटन गर्दै मन्त्री गुरुङले पत्रकारले ठोक्ने प्रवृतिबाट भन्दा पनि क्षेत्रगत अवस्थालाई बोक्ने गरी अगाडि बढ्नुपर्ने बताए । स्कुले समयमा आफुले पनि घर वा विद्यालयबाट भागेर फिल्म हेर्ने गरेको किस्सा सुनाउँदै अर्थमन्त्री गुरुङले कमीकमजोरीलाई सकरात्मक ढंगले सच्याउनुपर्ने आवश्यकतालाई औंल्याए । नपच्ने गरी नभई… पुरा पढौ

जित प्रसाद द्वा पत्रकारिता पुरस्कारबाट सिग्देल पुरस्कृत

पोखरा । जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा सिग्देल पुरस्कृत भएका हुन् । उनलाई प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ताम्रपत्र, दोसल्ला, माला, अबिर र नगद सहित सम्मान गरे । लामो समय देखि पोखरामा रहेर चलचित्र क्षेत्रमा अनवरत कलम चलाएको भन्दै उनलाई नगद २५ हजार सहित सम्मान गरिएको हो ।२०५४ सालबाट आदर्श… पुरा पढौ

गुल्मेली समाज पोखराको अध्यक्षमा भण्डारी

गुल्मेली समाज पोखराको अध्यक्षमा भानुभक्त भण्डारी (क्षितिज) चयन भएका छन् । समाजको शनिबार पोखरामा सम्पन्न अधिवेशनले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा नारायणप्रसाद न्यौपाने, उपाध्यक्षमा कमलप्रसाद न्यौपाने, सचिवमा रुक्माङ्गत पोखरेल (विष्णु), कोषाध्यक्षमा कृष्ण ज्ञवाली, सहसचिवमा विक्रम केसी र सह कोषाध्यक्षमा चेतबहादुर घर्ती चयन भएका छन् । समितिको सदस्यहरुमा प्रकाश ज्ञवाली, लक्ष्मी पोखरेल, रेखा भण्डारी, प्रकाश पुन, विष्णु विक, सृजना कँडेल, विष्णु पाण्डे, संगीता ढकाल, हेमनाथ ज्ञवाल (हिमाल), अमृता रेग्मी र हुमाकान्त पौडेल चयन भएका छन् । समाजको… पुरा पढौ

युआरएल प्रा.लिको स्याङ्जाको वालिङमा शाखा विस्तार

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले स्याङ्जाको शाखा विस्तार गरेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले शनिबारबाट वालिङमा सेवा शुरु गरेको हो । वालिङ, गल्याङ, भीरकोट, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका आसपासका सेवाग्राहीलाई सेवा दिन शाखा स्थापना गरी सेवा सुरु गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । युआरएलको शाखा वालिड नगरपालिका वडा नं. ८ तल्लो वालिङमा छ । प्रा.लिले आफ्नो अर्को शाखा पोखराकै हस्पिटलचोकमा पनि शाखा खोल्ने युआरएलको तयारी गरेको छ । आगामी वैशाख पहिलो साता हस्पिटलचोक… पुरा पढौ

शिक्षा महाशाखाद्वारा शिक्षकका लागि दुई दिने तालिम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाद्धारा आयोजित माध्यमिक र निम्न माध्यमिक तहका शिक्षकका लागि दिइएको तालिम शनिबार सम्पन्न भएको छ । नेपाली र सामाजिक विषयको दुई दिने तालिम पोखरा महानगर भित्रका शिक्षकहरुका लागि आधारभूत सिप अभिवृद्धिका लागि दिइएको हो । महाशाखाले जनप्रकाश मावि भण्डारढिक, कालिका मावि रामबजार, जनप्रिय मावि सिमलचौर र नवीन मावि गैह्रापाटनमा तालिम सम्पन्न गरेको हो । तालिमका अनुगमनकर्ता तथा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले समाज परिवर्तनको संवाहक र विकासको मेरुदण्ड शिक्षक ,विद्यालय र शिक्षा भएकाले त्यो आधार बलियो… पुरा पढौ

माधव नेपाल पक्षद्वारा ओली पक्षलाई काउन्टर दिने समान्तर कमिटी विस्तार

काठमाण्डौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई काउन्टर दिन समानान्तर कमिटी बनाएको छ । शुक्रबार ओलीले नेपाल पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको हो । शनिबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको एक सदस्यले जानकारी दिए । जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज… पुरा पढौ