समाचार

कमल सुवेदीको नेतृत्वमा गण्डकी प्रदेशको अनलाइन पत्रकार संघ

गन्थन डटकमका प्रवन्ध निर्देशक कमल सुवेदीको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको नयाँ समिति गठन गरिएको छ। संघको शुक्रबार सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्विरोध चयन भएका हुन्। यस्तै संघको उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे चयन भएका छन्। त्यस्तै, सदस्यहरुमा सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, राजु गिरी तथा अर्जुन थापा छन्। अध्यक्षमा चयन भइसकेपछि बोल्दै अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वको टिमले अनलाइनलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिने प्रतिबद्धता जनाएका छन्। पुरा पढौ

मातृकेश्वर हेम्जाले जित्यो भजनको उपाधि

मातृकेश्वर एकता भजन समुह हेम्जाले खुला भजन प्रतियोगिताको उपाधि जितेको छ। महाशिवरात्री पर्वको अवसरमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामले आयोजना गरेको खुला भजन प्रतियोगिता उपाधि जित्दै मातृकेश्वरले नगद २५ हजार रुपैयाँ पुरस्कार समेत जित्यो। त्यस्तै, प्रतियोगितामा भुलभुले बाराही भजन मण्डल शुक्लागण्डकी दोस्रो, आदर्श भजन समुह दुलेगौँडा तेस्रो र ब्राह्मण समाज अखण्ड कृतन भजन समुह भिमादले सान्त्वना स्थान हासिल गरेको शुक्लागण्डकी च्यवनधाम मन्दिर व्यवस्थापन समितिकी सहसचिव अस्मिता खनालले जानकारी दिईन् । दोस्रो भुलभुले बाराही भजन मण्डल शुक्लागण्डकीले १५ हजार, तेस्रो… पुरा पढौ

बगर भाइखलक भेट्रान एट ए साइडको फाइनल आज

पोखरामा जारी बगर भाइखलक भेट्रान एट ए साइड फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ। फाइनलमा डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुर र मिया सान मिया उपाधिका लागि आमने–सामने हुँदैछन्।प्रतियोगिता अन्तर्गत दुबै टोलीले शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा आ–आफ्नो खेल जित्दै फाइनलमा स्थान बनाएका हुन्। पोखराको टुंडिखेल खेलमैदानमा सम्पन्न सेमिफाइनलमा टि बर्गरले नवलपरासी भेट्रानलाई टाइब्रेकरमा २–१ ले र मिया सान मियाले पनि टाइब्रेकरमै मनाङ मस्र्याङ्दी भेट्रानलाई २–० ले हराउँदै फाइनल पक्का गरेका हुन्। प्रतियोगिताको फाइनल खेल आज (शनिबार) १ बजे हुनेछ । पुरा पढौ

नवलपुरमा एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ। नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो। वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो। नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका… पुरा पढौ

कांग्रेस र जसपा छलफल : राष्ट्रिय राजनीतिलाई मिलेर निकास दिनुपर्ने निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलमा समसामयिक राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणलगायत विषयमा छलफल भएको बताइको छ । भेटमा जसपाका नेताहरुले आफ्ना कार्यसूचि बारेमा कांग्रेसलाई जानकारी गराएका थिए । जसपाका अध्यक्ष महन्थ ठाकुरले अहिले मिलेर जाने स्थिति रहेको र आफूहरुले आफ्ना पार्टीका धारणा राखेको जानकारी दिए । आफ्नो पार्टीका साथीहरु जेलमा… पुरा पढौ

एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हेरफेर

काठमाण्डौं । नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो । नेकपा (माओवादी केन्द्र)बाट आएका गृहमन्त्री रामबहादुर थापा , लेखराज भट्ट र प्रमु साहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । थापालाई वाक्ष्मती प्रदेशका इन्चार्ज, साहलाई प्रदेश–२ का अध्यक्ष र भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकिएको वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनका अनुसार एमालेका प्रवक्तामा प्रदीपकुमार… पुरा पढौ

होटल संघद्वारा राहात वितरण

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले होटलका कर्मचारीहरुलाई शुक्रबार राहत सामग्री वितरण गरेको छ । कोभिड– १९ को संक्रमणबाट प्रभावित विभिन्न होटलका एक सय जना कर्मचारीका लागि खाद्यन्न सामग्री वितरण गरिएको हो । राहत प्राप्त गर्नेहरु आर्थिक रुपले प्रभावित अति विपन्न भएको संघले जनाएको छ । ग्रिन अम्ब्रेला युकेबाट उपलब्ध गराइएको चामल, दाल, तेल, नून लगायतका सामग्री वितरण गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य राजिव पहारीले समस्यामा परेका होटलका कर्मचारीका… पुरा पढौ

कुडो पकाउन बालेको आगो गोठमा सल्कीँदा दुई बाख्रा मरे

बाग्लुङ । बाग्लुङमा भैंसीलाई कुँडो पकाउने क्रममा सल्केको आगोका कारण २ बाख्रा मर्नुका साथै ३ वटा बाख्रा गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको गल्कोट नगरपालिका–४, पाखापानीका हिराबहादुर खत्रीले भैंसीलाई कुडो पकाउनका लागि बालेको आगो गोठमा सल्किँदा सो क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । खत्रीको ढुङ्गा माटोले बनेको कच्चि २ तले गोठमा लागेको आगो प्रहरी र स्थानियको सक्रियतामा नियन्त्रणमा आएको थियो । पुरा पढौ

सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदीको नाम सिफारिश

काठमाडौं । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा डा कुमार चुडाल र नहकुल सुवेदीका नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीशमा १८ जना सिफारिश गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीका नाम सिफारिश गरिएको छ । नायब महान्यायाधिवक्ता पौडेललाई… पुरा पढौ

पश्चिमाञ्चल होटल संघद्वारा राहत वितरण

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले होटलका कर्मचारीहरुलाई शुक्रबार राहत सामग्री वितरण गरेको छ । कोभिड– १९ को संक्रमणबाट प्रभावित विभिन्न होटलका एक सय जना कर्मचारीका लागि खाद्यन्न सामग्री वितरण गरिएको हो । राहत प्राप्त गर्नेहरु आर्थिक रुपले प्रभावित अति विपन्न भएको संघले जनाएको छ । ग्रिन अम्ब्रेला युकेबाट उपलब्ध गराइएको चामल, दाल, तेल, नून लगायतका सामग्री वितरण गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य राजिव पहारीले समस्यामा परेका होटलका कर्मचारीका… पुरा पढौ