समाचार

मोवाइलको चोरी पैठारी रोक्नुपर्नेमा जोड

मोवाइलको चोरी, पैठारी बढेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको पाचौं साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले मोवाइलको चोरी, पैठारी बढेकोप्रति चिन्ता व्यक्त गरेका हुन् । साथै उनीहरुले त्यस्ता चोरी पैठारी भएका मोवाइलको प्रयोग रोक्नुपर्नेमासमेत जोड दिए । कार्यक्रममा बोल्दै नेपाल मोवाइल इम्पोर्ट एशोसियसनका केन्द्रीय अध्यक्ष दीपक मलहोत्राले मोवाइलको चोरी पैठारी बढ्नु चिन्ताको विषय भएको बताए । चोरी पैठारीका कारण राज्य, व्यवसायी र उपभोक्ता सबैलाई मार पर्ने उनले बताए । चोरी… पुरा पढौ

म्यानमारमा सैनिक कूविरूद्ध आज आमहड्ताल

कूमार्फत् सत्ता हत्याएको सेनाविरूद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूले आज (सोमबार) देशव्यापी आमहड्ताल आह्वान गरेका छन्। शनिबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरेका हुन्। सडकभरि सुरक्षाकर्मी परिचालन गरेर एक वर्षभित्र नयाँ चुनाव गराउँछु भने पनि जुन्ता सरकारले नागरिकलाई आश्वस्त पार्न सकेको छैन। म्यानमारमा दुई हप्तादेखि लगातार प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म ३ जना प्रदर्शनकारीको ज्यान गइसकेको छ भने १ जना प्रहरीको पनि मृत्यु भएको सेनाले जनाएको छ। आजको आमहड्तालका क्रममा… पुरा पढौ

कास्की काँग्रेस नेता नारायण गुरुङ र नेकपा नेता वेलबहादुर गुरुङ धरौटीमा रिहा

नेपाली काँग्रेस मादी ३ का कार्यवाहक सभापति नारायण गुरुङ ५ दिनपछि रिहा भएका छन्। उनीसँगै समाजसेवी तथा नेकपा नेता तथा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वेलबहादुर गुरुङसमेत रिहा छन्। उनीहरु दुवैलाई आइतबार बेलुकी कास्की जिल्ला प्रशासनले जनही १७ हजार ५ सय रुपैयाँ धरोटीमा रिहा गरेको हो। मादी गाउँपालिकाको केन्द्र सार्ने विषयको विवादमा अभद्र व्यवहारसम्बन्धी मुद्धामा उनीहरु गत बुधबार पक्राउ परेका थिए। मादी गाउँपालिकाकी उपप्रमुख विष्णुमाया पौडेलले गुरुङद्धय विरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र अभद्र व्यवहार गरेको भन्दै गत मंगलबार किटानी जाहेरी… पुरा पढौ

स्याङ्जाबाट लागुऔषधसहित दुई युवक पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ । लागुपदार्थ ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पुतलीबजार नगरपालिका–१ का २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गाउँपालिका–१ का २२ वर्षीय अमुल परियारलाई पक्राउ गरेको हो । दिवसको घरमा खानतलासी गर्दा दिवस सुत्ने कोठामा राखेको ब्यागमा दुई–दुई एमएलको लागुऔषध बुफ्रेनोर्फिन २८ एमपुल, डाइजेपाम २८ थान, फेनरागन २८ एम्पुल गरी ८४ एम्पुल र लागुऔषध गाँजा पाँच ग्राम, सिरिञ्ज एक थान बरामद गरेको… पुरा पढौ

मन्त्री अर्यालद्वारा दुई सडक शिलान्यास

स्याङ्जा । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले दुई सहायक सडकको कालोपत्र गर्ने कार्यको आज शिलान्यास गरेकी छन् । मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक र गल्याङ, पेलाकोट, पिडीखोला, सेतीवेणी सडकको कालोपत्र गर्ने कार्य शिलान्यास गरेकी हुन् । सिद्धार्थ राजमार्गसँग जोडिएका एक दर्जन सहायक भित्री सडकहरूको कालोपत्र गर्ने अभियानअन्तर्गत यहाँका आधा दर्जन सडक कालोपत्र भइसकेको मन्त्री अर्यालले बताइन् । सडक कालोपत्र गर्ने कार्यको शिलान्यास गर्दै मन्त्री अर्यालले विगत ३० वर्षमा हुँन नसकेको काम… पुरा पढौ

गण्डकी प्रदेशमा झण्डै ९७ प्रतिशत कोरोना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा हालसम्म झण्डै ९७ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा २० जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १५ हजार ४५८ पुगेको छ । यो संख्या कुल सङ्क्रमितको ९६ दशमलव ९९ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा २०७ जनाको पीसीआर परीक्षण गर्दा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १५ हजार ९३८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । अहिले प्रदेशमा २७५ जना सक्रिय सङ्क्रमित रहेका छन् । संक्रमितमध्य… पुरा पढौ

निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ : अध्यक्ष थापा

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे । उनले भने, “ निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ । ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।” नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए… पुरा पढौ

मुख्यमन्त्री कप विजेतालाई तनहुँमा स्वागत–सम्मान

तनहुँ । पोखरामा सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको तनहुँको टोलीलाई गृह जिल्लामा आज स्वागतसहित बजार परिक्रमा गराइएको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न खेलमा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको टोलीलाई जिल्ला भलिबल सङ्घ तनहुँले दमौलीमा स्वागत एवं सम्मान गर्दै बजार परिक्रमा गराएको हो । पञ्चेबाजासहित दमौलीस्थित अनसनचोक, सफासडक, गणेशमानचोक, मालपोत लाइनमा खेलाडीलाई परिक्रमा गराइएको छ । खेलाडीलाई सम्मान व्यक्त गर्दै जिल्ला खेलकूद विकास समिति तनहुँका निवर्तमान अध्यक्ष ऋषिराम भुसालले… पुरा पढौ

भाञ्जा अपहरण गरेर फिरौती माग्ने मामा पक्राउ

धनुषा । आफ्नै भाञ्जा अपहरणको गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनको आयोजना गरी नगराइन नगरपालिका–६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका–७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । महोत्तरीको साबिक दनौली–७ र अहिलेको पिपरा गाउँपालिका–७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा… पुरा पढौ

गण्डकी अटोमेकानिकल वक्र्स एसोसिएसनमा मिश्र

गण्डकी अटोमेकानिकल वक्र्स एसोसियसनको १३औं अधिवेशनले सन्तोष मिश्रको अध्यक्षतामा निर्बिरोध कार्यसमिति चयन गरेको छ । सो समितिको बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सुवेदी, उपाध्यक्ष कृष्ण बहादुर खाँण, महासचिव योगेन्द्र राज भण्डारी, सचिवमा विष्णुप्रसाद अधिकारी, कोषाध्यक्ष अजुन प्रसाद उप्रेती, सहकोषाध्यक्ष सोमबहादुर गुरुङ्ग चयन भएका छन् । सो समिति सदस्यहरुमा सन्तोष कुमार राउत कुर्मी, भीमप्रसाद पौडेल, निहाल अन्सारी, जीजीधन बैठा, नरेशकुमार कुर्मी, हिमाल तिमल्सिना, लिलाबहादुर सुनार, विजेन्द्र चौधरी, उपसमिति संयोजकहरुमा मुक्तिकुमार अर्याल, हुमराज भण्डारी, जयप्रकाश शर्मा, ताजउधीन खान रहेका छन् ।सो साधारण सभाको उद्घाटन… पुरा पढौ