समाचार

पर्यटन व्यवसायी सापकोटाले गरे जन्मदिनमा दृष्टिविहिन विद्यार्थीलाई खाजा सहयोग

पोखरा । पोखराका पर्यटन व्यवसायी टिकाराम सापकोटाले जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुका लागि खाजा सहयोग गरेका छन् । पोखराको अमरसिंहचोकस्थित अमरसिंह माध्यमिक विद्यालयमा अध्यनरत ३५ जना विद्यार्थीहरुलाई सापकोटाले खाजा सहयोग गरेका हुन् । जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नुभन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भएपनि फरक क्षमता भएका विद्यार्थीहरुलाई सहयोग गरेको नेपाल पर्यटन परिषद्का पूर्व अध्यक्ष समेत रहेका सापकोटाले बताए । जन्मदिनको अवसरमा केही न केही सहयोग गर्दै जाउँ भन्ने उद्देश्यले यस पटक सो विद्यालयमा आफू पुगेको उनले बताए… पुरा पढौ

बरिष्ठ पत्रकार प्रतिकलाई रुपा रत्न सम्मान

पोखराका बरिष्ठ पत्रकार बद्रीविनोद खनाल (प्रतीक) रुपा रत्न सम्मानबाट सम्मानित भएका छन् । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा बरिष्ठ पत्रकार प्रतीकलाई नगद १५ हजारसहित रुपा रत्न सम्मान २०७७ बाट सम्मानित गरेको हो । रुपा गाउँपालिकामा जन्मेर पत्रकारिता र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकाले प्रतीकलाई सम्मान गरेको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए । रुपा रत्न सम्मान २०७७ बाट सम्मानित प्रतीक पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा पोखरा हटलाईन दैनिकका प्रधान सम्पादक हुन् । उनलाई नेपाल पत्रकार महासंघले… पुरा पढौ

पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन

काठमाडौँ। महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो।बिहान १० बजेपछि… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका जोड्ने प्रमुख सडक कालोपत्रे शुरु

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिका जोड्ने प्रमुख सडक कालोपत्र गर्न शुरु गरिएको छ ।माछापुच्छ्रे गाउँपालिकाको ‘लाइफलाइन’ समेत रहेको पोखरा महानगरपालिका–२५ हेमजा–खानेपानी मुहान–लुम्रे–सिदिङ सडक खण्ड (मनिलाल मार्ग) कालोपत्रे गर्न शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । सडक निर्माणपछि माछापुच्छ्रे गाउँपालिकाका नौ वडाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । कूल १५ किमी ९०० मिटर सडक मध्ये ११ किमी कालोपत्रे र बाँकीमा ग्राभेलको काम भइरहेको हो । मेलबोटदेखि लुम्रेसम्म कालोपत्रे र ढलान हुनेछ भने घलेल क्षेत्रमा ग्राभेलको काम अघि बढेको छ ।… पुरा पढौ

कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने

सउल। पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो । स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वनसम्म जरिवाना तिर्नुपर्ने हुनसक्ने बताइएको छ । पछिल्लो समय ख्याङ्गिदो… पुरा पढौ

अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ। पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको… पुरा पढौ

हावाहुरीसहितको असिनापानीले तनहुँको खेतीबालीमा क्षति

तनहुँमा आएको हावाहुरीसहितको असिनापानीले त्यहाँको खेतीबालीमा क्षति भएको छ। हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति बनाएको हो। बुधबार दिउँसो तीन बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको त्यहाँका स्थानीयवासील बताएका छन्। असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवाहरुलाई पनि क्षति पुगेको स्थानीयवासीको भनाई छ। असिनासँगै केही बेर मेघगर्जनका… पुरा पढौ

जनकपुरले जित्यो टी–२० क्रिकेटको उपाधि

जनकपुर क्रिकेट क्लवले अन्तर क्लव टी–२० क्रिकेट लिगको उपाधी जितेको छ। बुधबार भएको फाइनल खेलमा चितवन क्रिकेट क्लवमाथि ५ विकेटको जित निकाल्दै जनकपुरले उपाधि जितेको हो । पहिला व्याटिङ रोजेको चितवनले राम्रो प्रदर्शन गर्न सकेन। उसले मात्रै ७२ रनको योगफल तयार पार्दा रोविन शर्माले १५ तथा संघर्ष पौडेलले १२ रनको पारी खेल्न सक्यो। अन्य व्याट्सम्याले उल्लेखनीय खेल देखाउन सकेनन। जनकपुरका बलरहरु रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान २÷२ विकेट बाँडे। जितका लागि ७३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले… पुरा पढौ

पोखरा महानगरले स्थापना दिवस मनायो

पोखरा महानगरले विविध कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ। उपमहानगरपालिकाबाट महानगरपालिका घोषणा भएको ५ वर्ष पूरा गरेको महानगरपालिकाले बुधबार महानगरले त्रिदिवसीय कार्यक्रम गरी स्थापना दिवस मनाएको हो। स्थापना दिवसको अवसरमा महानगरले बुधबार मुख्य कार्यालय एवं महानगर मातहतका कार्यलयहरु सार्वजनिक विदा गरेको थियो। बुधबार विहान महानगरपालिकाले प्रभातफेरी तथा सम्मान कार्याक्रम ग¥यो। महानगर मुख्य कार्यालय न्यूरोडबाट पोखरा सभागृहसम्म प्रभातफेरी कार्यक्रम गरेको थियो। साथै, सभागृहमा आयोजना गरिएको औपचारिक कार्यक्रममा महानगरको स्थापना दिवसको अवसरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई… पुरा पढौ

आज महाशिवरात्रि, शिवको पूजा आराधना गरी देशभर शिवरात्रि पर्व मनाइँदै, आजै सैनिक दिवस पनि

आज फागुन कृष्ण पक्ष चतुर्दशीका दिन अर्थात महाशिवरात्री पर्व। आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइने महाशिवरात्रि पर्व मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्ने गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा… पुरा पढौ