समाचार

भारतमा कोभिड–१९ बाट संक्रमित एक करोड १० लाख पुगे

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । विगत तीन दिनदेखि भारतमा सक्रिय संक्रमितको संख्या पुनः बढ्न थालेको मन्त्रालयले जनाएको छ । भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि… पुरा पढौ

लेकको आलु पहाडको मुख्य हिउँदे खेती

गण्डकी। झण्डै साढे तीन दशकको अन्तरालमा लेकबाट ल्याइएको आलुको बीउबाट शुरुआत गरिएको कास्कीको आलुखेती पछिल्ला वर्षमा हिउँदे खेतीको मुख्य पहिचान जस्तै बनेको छ । मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलुका साथै कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउ लगाएर जिल्लाका हेम्जामा शुरु गरिएको आलु खेतीले पछिल्ला दिनमा जिल्लामा नै व्यावसायिक रुप लिएको हो । तीन दशक अघिसम्म फाट्टफुट्ट हुने गरेको आलुखेती पछिल्ला वर्षमा जिल्लाका हेम्जाका साथै विभिन्न स्थानमा विस्तार भएको कृषक बताउँछन् । हेम्जाको आलु देशका प्रमुख शहरमा… पुरा पढौ

अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने

काठमाडौँ। पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेललेका अनुसार यस प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने छ । हाल कायम रहेको पश्चिमी वायु कमजोर रहेकाले वर्षा हुन सकिरहेको छैन् । “वर्षा हुन्का लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रमा जलवाष्पयुक्त हावा बहनुपर्दछ ।” उनले भने । हाल… पुरा पढौ

सडक छेउ र नदी किनारमा फालिएको फोहोरले प्रदूषण

म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन् । फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ । फोहोर फालिने ठाउँको पुछारमा वारीबेनी लिफ्ट खानेपानी आयोजनाको मुहान छ । जलजला गाउँपालिकाको वारीबेनी बजारको फोहोर सङ्कलन गरेर वारीबेनी र लामाखेतको बीचमा पर्ने सडक छेउमा फाल्ने गरिएको छ । सडक छेउमा फालिने फोहोर हिन्दू धर्मावलम्बीको पवित्र नदी कालीगण्डकीमा समेत पुग्छ । फालिएको… पुरा पढौ

नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे

काठमाडौँ। काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने तथा कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ । निर्माण सेवाका इञ्जिनीयर महेश्वर खड्काले विसं २०७८ जेठ ७ गतेभित्र सम्पन्न गर्ने गरी नयाँबसपार्कदेखि कुलेश्वरसम्मको ३.५ किलोमिटर सडक निर्माण कार्य भइरहेको राससलाई जानकारी दिए।… पुरा पढौ

७७ जिल्लामै आज कांग्रेसको विरोध प्रदर्शन र सभा

नेपाली कांग्रेसले आज (सोमबार) देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन र सभाको आयोजना गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले आज प्रदर्शन र सभा गर्न लागेको हो। कांग्रेसले यसअघि केन्द्र्रदेखि वडा तहसम्मै विरोध प्रदर्शन र सभाहरु आयोजना गरिसकेको छ।आजको प्रदर्शनमा पनि उत्साहजनक सहभागिता देखाउन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गरेका छन्। सभापति देउवाले हिजो (आइतबार) विज्ञप्ती जारी गरेर आज (सोमबार) हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्। सभाको लागि कांग्रेसले शीर्ष नेताहरुलाई जिल्लामा खटाएको… पुरा पढौ

उत्तराखण्ड विनास: हिमपहिरोपछिको बाढीमा ज्यान गुमाउनेको संख्या ५० पुग्यो

भारतको उत्तराखण्डमा हिमपहिरोको बाढीमा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ उत्तराखण्डको चमोली जिल्लाको तपोवन सुरुङमा आइतबार थप १२ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या ५० पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस सुरुङमा ३२ जना कामदार अझै पनि फसेको हुन सक्ने आशङ्का गरिएको छ। बाढीमा परेर अझै १ सय ५० भन्दा धेरै हराइरहेको अधिकारीहरूले बताएका छन्। माघ २५ गते उत्तराखण्डमा गएको हिमपहिरोपछि बाढी आएको थियो। बाढीले ्४ वटा जलविद्युत् आयोजनामा क्षती गर्नुको साथै १३ वटा भन्दा धेरै गाउँमा क्षति पु¥याएको थियो… पुरा पढौ

म्यानमारको सडकमा बख्तरबन्द गाडीसहित सेना तैनाथ

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास गरेको छ । म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ। केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आएपनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी छ। म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा भएको सैन्य ‘कू’ को विरोधमा लगातार विरोध प्रदर्शन भइरहेको छ।यही विरोध प्रदर्शन दबाउन सेना बख्तरबन्द गाडीसहित सडकमा निस्केका हुन सक्ने अनुमान गरिएको छ । यसबीचमा नै संयुक्त राष्ट्र… पुरा पढौ

प्रतिनिधि सभा विघटन विरुद्धको रिटः आजबाट वकिलहरुको जवाफी बहस

प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन गरेका वकिलहरुको जवाफी बहस आजबाट शुरु हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस गरेका थिए। शुक्रवार सार्वजनिक विदा र हिजो शनिवार भएकोले आजबाट जवाफी बहसको क्रम शुरु भएको हो। आजको बहसमा सहभागी कानुनव्यवसायीले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन्। जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्यूरीको राय लिनेछ। पुरा पढौ

७० महिनापछि प्रधानमन्त्री कार्यलय सिंहदरवारमा फर्कदैँ

७० महिनापछि प्रधानमन्त्री कार्यलय आज (सोमबार) सिंहदरवारमा फर्कदैँछ। भुकम्पपछि अन्यत्र सारिएको प्रधानमन्त्री कार्यालय ७० महिनापछि सिंहदरबारको मूल भवनमा सर्न लागेको हो। भूकम्पपछि पुनःनिर्मित प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्देछन्। सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रवलीकरण सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सिंहदरबार भवनको उद्घाटन गर्नेछन्। पूर्व, उत्तर र दक्षिणी भागको प्रवलीकरण र आन्तरिक साजसजावट समेत सम्पन्न गरेर उद्घाटनको तयारी गरेको हो। उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत आजै सार्ने तयारी… पुरा पढौ