समाचार

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार भन्दा बढी

नयाँदिल्ली। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार ४८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार १० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन… पुरा पढौ

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रम

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्। शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताए । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा… पुरा पढौ

पर्वतको देउपुरमा सुन्तला बिक्रीबाट रु डेढ करोड भित्रियो

पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष रु डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट रु एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो । गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन कम भएकाले आम्दानीसमेत झण्डै ५० प्रतिशतले कमी आएको छ । यहाँको बगैँचामा सुन्तला किन्नका लागि काठमाडाँ ,पोखरा, नारायणगढबाट व्यापारी घरघरमै आएका थिए । कृषकले दुई वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी… पुरा पढौ

पञ्चकोटमा दैनिक हजार पर्यटक

गलकोट। केही दिनअघि बागलुङ घुम्न आएका नेपाल पत्रकार महासङ्घ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली पञ्चकोट पुगे । त्यहाँ पुगेपछि उत्साहित मुद्रामा उनले भने, “मुस्ताङ मात्र होइन, बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, नेपालकै लामो झोलुङ्गे पुलसमेत निकै आकर्षक गन्तव्य रहेछ, अब मुस्ताङ जाने र पुगेकाहरु फर्किने बेला यहाँ आउन छुटाए धेरै राम्रो गन्तव्य ‘मिस’ हुनेरहेछ । पहिलोपटक नै पञ्चकोटले लोभ्याएको भन्दै अध्यक्ष थकालीले मुस्ताङपछिको उत्कृष्ट गन्तव्य पञ्चकोट बन्न सक्ने बताए । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको पञ्चकोटमा अहिले… पुरा पढौ

पोखरामा विद्युतिय अपराधसम्बन्धी सचेतना

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा विद्युतिय अपराध सम्बन्धमा संचेतनामुलक कार्यक्रम सम्पन्न भयो। पोखरा–२, अर्चलवोटस्थित सन्फ्लावर बोर्डिङ स्कुलको व्यवस्थापनमा त्यहाँका कक्षा ९ र १० का विद्यार्थी माँझ कार्यक्रम भएको हो। त्यस अवसरमा साईबर अपराधको परिचय, अपराधका कारण, अनुसन्धान गर्ने निकाय, अनुसन्धानका समस्या, सञ्जालको सुरक्षित प्रयोग र विगतमा देखिएका घटनाक्रमहरुका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए। उनले इन्टरनेटको गलत प्रयोग भई मानसिक पिडा, चरित्र हत्या, हिंसा वा अफवाह फैलाउने कार्य भइरहेको… पुरा पढौ

सुरु भयो गण्डकी प्रदेशमा किसान सूचीकरण

गण्डकी प्रदेशमा किसान सूचीकरण तयारी सुरु भएको छ। किसान सूचीकरणको तयारीका क्रममा पोखरामा केही दिन अघिदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालयको आयोजना र गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरामा किसान सूचीकरणका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। कृषि क्षेत्रका योजना तथा कार्यक्रम वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउन किसानको तथ्यांक संकलन महत्त्वपूर्ण छ। नेपालको संविधान धारा ३६ खाद्यसम्बन्धी हकको व्यवस्था कार्यान्वयनका लागि पनि सूचीकरण महत्त्वपूर्ण हुने कार्यक्रमका सहभागीले बताए।… पुरा पढौ

कोरोनाका कारण विश्वमा एकैदिन १६ हजार ३५ जनाको ज्यान गयो

विश्वमा एकैदिन कोरोना संक्रमणबाट १६ हजार ३५ जनाको ज्यान गएको छ। त्यस्तै, एकैदिन ५ लाख ८८ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको वल्र्डाेमिटर्सले जनाएको छ। विश्वमा कोरोना संक्रमितको कुल संख्या १० करोड १९ लाख ९ हजार ९ सय ७९ पुगेको बताइएको छ। विश्वमा कोरोना संक्रमणबाट हालसम्म ज्यान जानेको संख्या २१ लाख ९८ हजार ९ सय ८० पुगेको वल्डोमिटर्सले जनाएको छ । त्यस्तै, विश्वमा ७ करोड ३८ लाख ४१ हजार ३ सय ११ जना संक्रमित उपचारपछि निको भएका… पुरा पढौ

निर्वाचन आयोगले (नेकपा) को दुबै पक्षलाई छलफलमा बोलायो

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज (शुक्रबार) छलफलका लागि बोलाएको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो। निर्वाचनसम्बन्धी छलफल गर्न आज (शुक्रबार) बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५÷५ जनालाई बोलाइएको आयोग श्रोतले बताएको छ। आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकतासम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन। आयोग स्रोतका अनुसार अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुनेछ ।… पुरा पढौ

दोस्रो दिन गण्डकी प्रदेशमा ४८५३ जनाले लगाए ‘कोभिशिल्ड’ खोप

‘कोभिशिल्ड’ खोप लगाउन सुरु भएको दोस्रो दिन बिहीबार गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३ जनाले खोप लगाएका छन्। यस प्रदेशसँगै देशभर बिहीबार २८ हजार ७ सय ३२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार बेलुकी ५ बजेसम्म सो संख्यामा खोप लगाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले जनाएअनुसार प्रदेश–१ मा ३ हजार ८ सय ४७, प्रदेश–२ मा २ हजार १ सय ७४, वाग्मती प्रदेशमा ११ हजार ४ सय ६१, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा… पुरा पढौ

संसद विघटन गर्ने परिस्थिती प्रचण्डले गर्दा सृजना भएको हो : वडाध्यक्ष अधिकारी

पोखरा महानगरपलिका वडा नं १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले संसद विघटन गर्ने परिस्थिती नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दा सृजना भएको आरोप लगाएका छन् । पोखरा महानगरपालिका वडा नं १७ र पुलचोक टोल कमिटि, छोरेपाटनबीच विहीबार भूमिहीन र अव्यवस्थित बसोबास सँगै विकासका पुर्वाधार सम्बन्धित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुलाई हल्का बनाउने काम भइराखेको भन्दै सुरुवातदेखि नै सुकुम्बासी समस्याको समाधानमा क्रियाशिल नेकपा ओली पक्ष नै रहेको प्रति दुविधा नपाल्नसमेत उनले आग्रह गरे । ‘भूमिसम्बन्धी… पुरा पढौ