समाचार

पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

काठमाडौँ।केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी… पुरा पढौ

भट्टको न्यायको माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन

काठमाडौँ। नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि ¥याली तथा कोणसभा गरेको हो । कोणसभामा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए । नेपाल महिला सङ्घकी महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र… पुरा पढौ

माटो निकालेर फेवातालको आयु लम्ब्याइने

पोखरा । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ । तालको सिरान क्षेत्रबाट बगेर आएको ढुङ्गा माटो (ग्रेगान)कारण तालको आयु घट्दै गएको जनाउँदै यसअघि पनि समयसमयमा माटो निकाल्नुपर्छ भन्ने विषयमा कुरा उठ्दै आइरहेको थियो । सम्पदा संरक्षण अधिकारकर्मी रामबहादुर पौडेलले तालको… पुरा पढौ

फेरि बल्यो मनाङको जङ्गलमा आगो

मनाङ। हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उनको भनाइ छ । आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति नपुगेको तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको… पुरा पढौ

पर्यटकको पर्खाइमा रामकोट

दमौली। चिटिक्क परेका घर । घर अगाडि ढुङ्गा छापिएको सडक । प्रत्येक घर अगाडि मकैको सुली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–३ मा रहेको रामकोट गाउँको चिनारी हो यो । मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरवास सञ्चालन गरेका छन् । विसं २०७५ मा १४ घर दर्ता गरेर रामकोट घरवास व्यवस्थापन समिति दर्ता गरिएको थियो । कोभिड–१९ को प्रभावका कारण पर्यटक आगमन ठप्प रहेको रामकोटमा पुनः पर्यटक आगमन हुन थालेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बिहीसरा आलेले जानकारी दिए। चौध… पुरा पढौ

दोस्रो चरणको क्रिकेटको बन्द प्रशिक्षण आजदेखि

नेपाल क्रिकेट संघ क्यानले आइतबारदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गर्दैछ । त्यसका लागि क्यानले शनिबार २० जना खेलाडीको सूची सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा यसअघि ३२ मा नपरेका बसन्त रेग्मीलाई पनि सूचीकृत गरेको छ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका बेला घाइते भएका आरिफ शेखकको ठाउँमा बसन्त रेग्मीलाई राखिएको जनाइएको छ। दोस्रो चरणको प्रशिक्षणमा बोलाइएका खेलाडीहरु ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर, कुशल मल्ल, अविनाश बोहोरा, कमलसिंह ऐरी,… पुरा पढौ

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

आज (आइतबार) फेब्रुअरी महिनाको १४ तारिक अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे)।विश्वभर आजको दिनलाई उत्सवको रुपमा मनाइने गरिन्छ। यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक–अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ। आजको दिन गुलाफको फूलको विशेष महत्व रहन्छ। यस पर्वमा आफ्नो प्रेमी–प्रेमिकालाई गुलाफको फूल दियो भने प्रेम सम्बन्ध सुमधुर रहन्छ भन्ने जनविश्वास छ। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो।… पुरा पढौ

हुर्जामा यशकुमारीको स्मृति दिवस

मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले शनिवार यशकुमारी जिसीको योगदानको स्मरण गरेर ३३ औं स्मृति दिवस मनाएको छ। हुर्जाका सल्लाहकार अध्यक्ष राजेश पराजुलीले महिला शसक्तिकरणमा यशकुमारीको योगदान चिरस्मरणीय रहेको बताए। यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार कोषका संस्थापक सविन जिसीले पिता २०१४ कार्तिक १४ गते पोखरा १९ लामाचौरमा इन्द्र र माता हुमकुमारी घर्तीका कोखबाट जन्मेकी जिसीको २०४५ फागुन १ गतेका दिन स्याङ्जाको महिला विकास कार्यालयमा सेवारत् रहेकै बेला निधन भएकाले दिदीको योगदानलाई चिरस्थायी राख्न कोष स्थापना गरेको बताए। कोषकी संरक्षक सीताकुमारी र… पुरा पढौ

कविताको अघोषित पाठशाला समता काव्य सन्ध्याको ३३३ औं शृंखला

समता काव्य सन्ध्याको ३३३ औं शृंखला सम्पन्न भएको छ। पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा पोखरामा सन्ध्याको उक्त शृंखला सम्पन्न भएको हो। यसअघि, कोभिड–१९ को अवस्थामा पनि परिवारले समता काव्य सन्ध्यालाइ निरन्तरता दिंदै ११ वटा शृंखला भच्र्युल रुपमा सम्पन्न गरिसकेको छ। कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३३ औं शृङ्खला सम्पन्न भयो । कोरोना कहर पछिको यो पहिलो खुला शृंखलामा कवि लिली अधिकारी यसरी सुनिन्छिन्। कार्यक्रममा ईश्वरमणी अधिकारी, लक्ष्मण थापा, विष्णु अल्पविराम, दीपक समिप, जीवनसागर भण्डारी, प्रकाश… पुरा पढौ

गण्डकी प्रदेश र विभागीय नेपाल पुलिसले टाइगर कप भलिबलको उपाधि

गण्डकी प्रदेश भलिबल टिमले पोखरामा सम्पन्न टाइगर कप आमन्त्रण भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि जितेको छ। विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै घरेलु टोली गण्डकीले प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसीपको पुरुषतर्फको उपाधि जितेको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनलमा घरेलु टोली गण्डकीले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। निकै प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले पहिलो, तेस्रो र पाँचौं सेटमा जित निकाल्दै च्याम्पियन बनेको हो। घरेलु समर्थकको राम्रो साथ पाएको गण्डकीले त्यसको फाइदा उठाउँदै अन्तिम सेटमा आर्मीलाई स्तब्ध… पुरा पढौ