पोखरामा फागुन ४ गते मंगलबारदेखि गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुने भएको छ । फागुन ८ गतेसम्म पोखरा रङ्गशालाभित्रको भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक कास्की जिल्ला भलिबल संघले आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की,…
पुरा पढौ