समाचार

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको साधारण सभा सम्पन्न

पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको २२औँ साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गद्र्रे पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष नारायण कोइरलाले बुद्ध विशाल बजार ब्यपारिक एशोसियसन पोखराको एक नमुन एशोसियसन रहेको बताउदै वर्तमान राजनितिक अवस्थाले व्यवसायीक साथीहरुलाई ठुलो असर पर्ने अवस्था रहेको वताउदै वर्तमान राजनितिक अवस्थाको जति सक्दो चाडो समाधान गनुपर्ने बताए । कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशब वहादुर खत्रीले ब्यवसायी साथीहरुको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताउदै ग्राहकहरुलाई… पुरा पढौ

जनयुद्ध सगरमाथा र बुद्धजस्तै नेपालको पहिचान बनेको छ : पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल)ले जनयुद्धपनि देशको पहिचान बनेको बताएका छन् । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते शुरु गरेको जनयुद्धको सम्झना स्वरुप नेकपा कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनयुद्ध दिवसको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेको नेता पौडेलले नेपालको पहिचान जनयुद्धपनि भएको बताएका हुन् । ‘अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान विश्वको सर्बोच्च शिखर सगरमाथा, बुद्धको जन्मभूमि भनेजस्तै जनयुद्धपनि पहिचानका रुपमा स्थापित भएको छ’–उनले भने । नेता पौडेलले… पुरा पढौ

एकपटक फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष प्रचण्ड

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । जनता समाजवादी पार्टी(जसपा) सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ कृति लोकार्पण गर्दै उनले मुलुुक र जनताका लागि गम्भीरतापूर्वक आफ्नो दायित्व पूरा गर्न मोर्चा बनाउन आवश्यक रहेको जिकिर गरे । अध्यक्ष प्रचण्डले भने, “संविधानले समावेशी लोकतन्त्रिक, सङ्घीय गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र मौलिक हकसम्बन्धी विषयमा… पुरा पढौ

वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल

ओखलढुङ्गा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन् । गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गरे । उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने… पुरा पढौ

सरकारले निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन् । उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताए । प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको आज बुटवलमा शिलान्यास गर्दै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन जोड दिएको उल्लेख गरे । उनले आयोजनाका निर्माणकर्ताहरुले आयोजनाको काम एक वर्षभित्र सक्ने प्रतिबद्धता जनाएकामा प्रशंसा गर्दै यसका लागि जे… पुरा पढौ

संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन : सभामुख अधिकारी

पोखरा । गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानले संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् । पत्रकार महासं गण्डकी प्रदेशको दोश्रो साधारण सभा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७२ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको दाबी गरेका हुन् । संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन,उनले भने,‘राजनीतिक वा अन्य केहि अधिकार कति छ भन्ने कुरा हो भने अर्कै कुरा भो ।’ उनले संविधान अनुसार चल्नु सबैको कर्तव्य भएकोसमेत बताए । सभामुख अधिकारीले संविधान भन्दा विपरित संसदले… पुरा पढौ

युनाईटेड क्लवद्वारा विभिन्न ब्यक्तिहरु सम्मानित

पोखरा । सामाजिक क्षेत्रमा अग्रणी रहेको पोखराको युनाईटेड क्लवले विभिन्न ब्याक्तिहरुलाई सम्मान गरेको छ । क्लवले आफ्नो संस्थामा आवद्ध पदाधिकारी, कार्यसमिति सदस्य, तथा क्लवमा आवद्ध आजीवन तथा साधारण सदस्य र सल्लाहकारहरु विभिन्न निकायमा नियुक्ती भएका वा निर्वाचित भएकोमा सम्मान गरेको हो । क्लवले आफ्नो क्लवका सल्लाहकार जुद्ध बहादुर गुरुङ हालै राष्ट्रिय प्रकृति श्रोत तथा वित्त आयोगको सदस्यमा नियुक्ति भएकोमा वधाइ तथा सम्मान गरेको हो । त्यसैगरी क्लवका आजीवन सदस्य सञ्जीव वहादुर कोइराला उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षमा निर्वाचित भएको,… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाको पोल्टामा

पोखरा अन्र्तराष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि आर्मीका रोकायाले जितेका हुन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पार गर्दै उपाधि जिते । बिजेता रोकायाले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आर्मीकै ज्ञानप्रसाद भट्टराई दोश्रो भए । उनले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी १ लाख पुरस्कार… पुरा पढौ

टोकियो ओलम्पिकका प्रमुख मोरीद्वारा राजीनामा

जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन्। महिलामाथि गत साता अभद्र टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन्। जापानका पूर्वप्रधानमन्त्री समेत रहेका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरे। उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनावको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताए। मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त… पुरा पढौ