समाचार

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना कमै

काठमाडौँ। पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहको बताइएको छ । यस प्रणालीको प्रभावले वर्षाको सम्भावना भने कमै रहेको मौसमविद् निराजन सापकोटाले बताए ।“उक्त प्रणालीमा जलवाष्पयुक्त हावा कम भएकाले वर्षा हुने सम्भावना कम रहेको हो” उनले भने,“हिउँद याममा १४ मिलिलिटर वर्षा हुनुपर्नेमा हालसम्म १.३… पुरा पढौ

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई

काठमाडौँ। वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय थिए । अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो । विसं २०७७ को सो पुरस्कार करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत डा रामदयाल राकेशलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका… पुरा पढौ

प्रदेश स्तरबाट नभइ राष्ट्रिय स्तरबाटै एसईई परीक्षा !

राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षा सञ्चालन गर्ने भएको छ। सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको हो। प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको छ। एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भएपनि यसमा राज्यले स्पष्ट कानून बनाउन सकेको छैन। मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन… पुरा पढौ

पोउवासंघ मातहतका व्यवसायीहरुले गराए आफ्ना नापतौल सामाग्री परीक्षण

पोखराका भाँडा तथा कपडा व्यवसायीहरुले आफ्नो नापतौलका सामग्रीहरु चुस्तदुरुस्त बनाएका छन्। यहाँका भाँडा व्यवसायीहरुले आफ्नो नापतौलका तराजु र ढकहरु र कपडा व्यवसायीहरुले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएका हुन्। पोखरा उद्योग वाणिज्य संघको ६७ औं वार्षिकोत्सवको सन्दर्भमा पोखरा नापतौल कार्यालय कास्कीका अधिकारीहरुको रोहबरमा मंगलबार उनीहरुले स्वच्छ व्यवसाय नै आफ्नो धर्म भएको भन्दै आफ्ना नापतौलका सामानहरु पुनः प्रमाणित गरेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले बताए। उनले उद्योगी/व्यवसायीहरु पनि उपभोक्ता नै भएको स्मरण गर्दै सामाजिक संस्थाको रुपमा प्रतिष्ठथापित… पुरा पढौ

गोरु काटेको आरोपमा मुस्ताङबाट ५ जना पक्राउ

गोरु काटेको आरोपमा मुस्ताङबाट ५ जना पक्राउ परेका छन्। गोरु काटेर मासु भाग लगाईरहेको अवस्थामा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ घाँसाबाट उनीहरुलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा घरधनी २६ वर्षिय अर्पण श्रेष्ठ, सोहि ठाउँका ५३ वर्षिय लालबहादुर श्रेष्ठ, ३७ वर्षिय सनिस श्रेष्ठ तथा घाँसा नजिककैको पहिरो थाप्लाका वर्षिय निश्चल विक र ३७ वर्षिय पूर्ण विक रहेको प्रहरीले बताएको छ। गोरु काटिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी… पुरा पढौ

टाइगर कप भलिबलमा आज पुरुषतर्फ २ र महिलातर्फ १ खेल

पोखरामा जारी टाइगर कप आमन्त्रित भलिबल प्रतियोगितामा आज (बुधबार) पुरुषतर्फ २ र महिलातर्फ १ खेल हुनेछन्। पुरुषतर्फ घरेलु टोली गण्डकीले विभागीय आर्मीसँग खेल्नेछ । दोस्रो खेल भने दुई विभागीय डर्बी सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल प्रहरीबीच हुनेछ। प्रतियोगिताको दोस्रो दिन बुधबार नै महिलातर्फ भने दुई विभागीय सेनाकको त्रिभूवन क्लब र नेपाल पुलिसबीचको एक खेल मात्रै हुनेछ। हालैमात्र पोखरामा स्थापना भएको टाइगर ग्रुप अफ नेपालले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन्। मंगलबारदेखि सुरु… पुरा पढौ

सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याउँदै

विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसदमा विचाराधीन सूचना प्रविधिसिम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ। सञ्चार तथा प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ। निर्देशिका लागू भए नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कम्पनीले तीन महिनाभित्र सरकारी निकायमा दर्ता हुनुपर्नेछ। सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति रोक्न निर्देशिका ल्याउन लागिएको बताएका हुन्। संविधानले पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ, मन्त्रिपरिषद्को निर्णय… पुरा पढौ

सांसद बरालले गरे फेवाबाध मर्मतको अवलोकन

पोखरा । गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले पोखराको फेवा बाधको अवलोकन गरेका छन्। पोखराको पर्यटकीय गन्तव्य फेवातालको पानीको सहत घटेसंगै मंगलबार फेवा बाधमा पुगेर सांसद बरालले अवालोकन गर्दै गुणस्तरिय ढंगले रवरशिल फेर्नु पर्ने सुझाव दिएका छन्। फेवातालको पानीको सहत घटेको समयमा केहीले फेवातालको जग्गा अधिग्रहसमेत हुन सक्ने भएकोले जति सक्दो छिटो र प्रभावकारी ढंगले रवरशिल फेर्नुपर्ने सांसद बरालको भनाई छ । फेवा बाधका अप्रेटर रेसम आलेले जिर्ण भएको बाधको बारेमा बताएका थिए । जिर्ण भएको… पुरा पढौ

शिक्षकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो । यसअघि नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, एन प्याब्सनलगायत संस्थाले शिक्षकहरुलाई कोभिड खोप लगाउन आग्रह गर्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । महासङ्घका अध्यक्ष बाबुराम थापा, प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप… पुरा पढौ

माघ ३० गते सार्वजनिक बिदा

काठमाण्डौं । सरकारले यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ । यही शुक्रबार सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशीस्थित नियोगमा बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । पुरा पढौ