समाचार

संस्कृति र पर्यटनका विकास समितिको छाता कानून निर्माण गरिँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आफूअन्तर्गतका विकास समितिको छाता विधेयकको मस्यौदा बनाउन शुरु गरेको छ । मन्त्रालयमा संस्कृतिसँग सम्बन्धित ११ र पर्यटनसँग सम्बन्धित १४ विकास समिति छन् । हालसम्म यी समिति गठन आदेशानुसार सञ्चालनमा छन् । छाता विधेयक पारित भई प्रमाणीकरणपछि गठन आदेश खारेज हुने मन्त्रालयका संस्कृति महाशाखा प्रमुख लक्ष्मी बस्नेतले राससलाई जानकारी दिनुभयो । विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी २५ वटै समितिसँग छलफलसमेत गरिएको उहाँले बताउनुभयो । समितिहरुसँगको अन्तक्र्रियापछि मस्यौदालाई संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला र… पुरा पढौ

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुुस्ः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुुभएको छ । सो अवसरमा प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले उहाँलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराउनुुभएको थियो । सरकारले आगामी वैशाख १७ र २७ गते दुुई चरणमा चुुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो । आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले गरिरहेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिनुुभयो । प्रधानमन्त्री ओलीले… पुरा पढौ

बङ्गलादेशबाट रासायनिक मल खरीद शुरु

काठमाडौँ। बङ्गलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरुआत भएको छ । सरकार र बङ्गलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरीदको प्रक्रिया शुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ । यसअघिको सम्झौताअनुसार नेपालमा मल ढुवानी गर्ने कम्पनीले बङ्गलादेशमा मल बुज्न थालेको कृषि कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए। “हामीले ढुवानीका लागि छनोट गरेको कम्पनीले आजबाट मल बुज्न थालेको जानकारी आएको छ, उताको सबै तयारी सकेर अब छिट्टै नेपालमा मल ढुवानी हुनेछ”, उनले भने, “बङ्गलादेशको… पुरा पढौ

बेनीमा ४०५ योजना सञ्चालन

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७र७८ मा ४०५ वटा पूर्वाधार योजना सञ्चालन गरेको छ । बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाका साथै उपभोक्ता समिति गठन गरेर सम्झौतालाई तीव्रता दिएको नगरपालिकाले जनाएको छ । बेनीमा सोमबार भएको आठौँ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले हालसम्म १६२ को सम्झौता र ३५ वटाको भुक्तानीसमेत भएको जानकारी दिए । “रु १० लाखभन्दा बढी बजेट विनियोजन भएका पूर्वाधार योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा लगेका छौँ”, उनले भने, “यसपालि वैशाखअघि नै योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित… पुरा पढौ

उत्तरी मादीका जनतालाई पक्की मोटरेवल पुलले दिएको खुशी

कास्की। कास्कीको मादी गाउँपालिका–१ खिलाङका गोलमान गुरुङलाई काँहुखोला–दूधपोखरी सडकखण्डको विजयपुर खोलामा पक्की मोटरेवल पुल बनेर गाडी चल्दासमेत अझै सपनाजस्तै लागेको छ । पुलका लागि लामो समय प्रयत्न गर्नुभएका उहाँजस्ता धेरैको मुहारमा अहिले पुल बनेर उद्घाटनसँगै खुशी छाएको छ । पोखरा–१३ र मादी–५ जोड्ने सिउँदीको मुखस्थित विजयपुर खोलामा पुल निर्माण सम्पन्न भएर सवारी साधन वारपार गर्न थालेपछि गाउँलेमा खुशीयाली छाएको हो । सोमबार भव्य कार्यक्रमसहित पुल उद्घाटन भएपछि उनीहरु थप उत्साहित भएका छन् । मादीका उत्तरी भेगका जनताले बर्खायाममा भोग्नुपरेको दुःख… पुरा पढौ

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख २ हजार ३ सय २ पुगेको छ। पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ११ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ।सोही अवधीमा ४ लाख ३२ हजार ३ सय ३२ कोरोना संक्रमित थपिएका छन्। तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५३ लाख ९४ हजार ३ सय १ जनामा कोरोना संक्रमण भइसकेको छ। पुरा पढौ

नेल्टा केन्द्रीय समितिको दोस्रो बैठक सकियो

नेपाल पशु स्वास्थ्य सेवा संघ( नेल्टा)को को दोश्रो केन्द्रिय कार्य समितिको बैठक धुलिखेल काभ्रेमा सम्पन्न भएको छ। बैठकले ०७८ साल जेष्ठ महिनासम्म प्रदेशहरुको भेला एवं अधिवेशन सम्पन्न गर्ने निर्णय गरेकोा छ। निर्णयअनुसार, गण्डकी प्रदेशको भेला तथा अधिवेशन आगामी चैत महिनाको ६ गते पोखरामा हुने जनाइएको छ। पुरा पढौ

कोरोना महामारीको लकडाउनपछि पोखरामा मेघा इभेन्टको पहिलो खेलकुद प्रतियोगिता टाइगर कप भलिबल आजदेखि

प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आज (मंगलबार)बाट सुरु हुँदैछ। टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको प्रतियोगिताको पहिलो खेल महिलातर्फको हुनेछ । पहिलो खेलमा विभागीय डर्बीबीच प्रतिस्पर्धा हुनेछ। बिहान १० बजे हुने खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबबीच पहिलो खेल हुनेछ। त्यस खेललगत्तै त्रिभुवन आर्मी क्लबले न्यू डायमन्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेल दिउँसो १२ बजे हुनेछ। महिलातर्फका २ खेलपछि उद्घाटन समारोहको आयोजना गर्ने आयोजक टाइगर ग्रुपले बताएको छ। समारोहपछि पुरुषतर्फका खेल… पुरा पढौ

विश्व कीर्तिमानी माउण्ट के टू आरोही टोलीलाई पोखरामा नागरिक अभिनन्दन

हिउँदमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा सोमबार यहाँका नागरिकले टोलीको भव्य स्वागत गरे। आरोहीको टोलीलाई पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गरेर बजार परिक्रमा गराइएको छ। विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड परिक्रमा गराइएको थियो। टोलीलाई ठाउँठाउँमा पुष्पगुच्छाले स्वागत गरेका थिए। परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले यो नेपालको शिर उचो बनाउने निकै गर्विलो क्षण भएको बताए।… पुरा पढौ

मेस्सी दशककै उत्कृष्ट फुटबलर

अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका स्टार खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर बनेका छन्। द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स (आइएफएफएचएस)ले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको हो। आइएफएफएचएसमा आवद्ध १५० देशका सदस्यबाट मेस्सी सर्वोत्कृष्ट घोषित भएका हुन् । दोस्रो नम्बरमा अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो परेका छन् । यसैगरि युरोपकै उत्कृष्टमा खेलाडीको विधामा रोनाल्डोलाई छानिएको थियो भने दक्षिण अमेरिकाको उत्कृष्टमा मेस्सी परेका थिए। तर, समग्रमा दशककै विश्व उत्कृष्ट फुलबल खेलाडीमा मेस्सीले बढी मत प्राप्त गरेको इएसपीएनले… पुरा पढौ