समाचार

प्रेस संगठनद्वारा आलेको निधनप्रति दुःख व्यक्त

पोखरा । प्रेस संगठन कास्कीका कार्य समिति सदस्य उमा आले मगरलाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ कास्कीकी सदस्यसमेत रहेकी प्रेस संगठन कास्कीकी सदस्य आलेकी ममतामयी माता शोभा आले मगरको ५० वर्षको उमेरमा गएराती निधन भएको हो । जण्डिसबाट पीडित उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको आले परिवारले जनाएको छ । यसैबीच, प्रेस संगठन कास्कीकी सदस्य आलेको माताको निधनप्रति प्रेस संगठन कास्कीले दुःख व्यक्त गरेको छ । प्रेस संगठन कास्कीका सहसंयोजक सन्देश श्रेष्ठले एक शोक विज्ञप्ती… पुरा पढौ

गण्डकी प्रदेशका ३१४ जना आइसोलेसनमा, १५ हजार बढी कोरोना भाइरस संक्रमण मुक्त

पोखरा । गण्डकी प्रदेशमा हालसम्म १५ हजार २६० जना कोरोना भाइरस संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ३२ जना संक्रमण मुक्त र २१ ज्नामा कोरोना भाइरस संक्रमणको पुष्टि छ । विभिन्न जिल्लाका १०८ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका १९, पर्वत र स्याङ्जाका एक–एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा कोभिड–१९ सम्बन्धि गण्डकी प्रदेशको अध्यावधिक विवरणमा भनिएको छ । यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ७७७ पुगेको छ… पुरा पढौ

‘छोरा भन्दा कम छैनन् जिम्मेवारी र कर्तव्यमा छोरीहरु’

पोखरा । छोरा हुँदैमा सवै थोक हुन्छ भन्ने हाम्रो समाजको रितिथिती र परम्परालाई यहाँका दुई छोरीहरुले चुनौती दिएका छन् । छोरा नभएपनि आमाप्रति जिवित हुँदा र मृत्यु भएपछि छोराले गर्नुपर्ने सवै व्यवहार देखाएर उनीहरु समाजका लागि पनि अनुकरणीय बनेका हुन् । पोखरा महानगरापलिका वडा नं. १७ पाण्डवटोलस्थित स्वर्गीय आमा तिल कुमारी ढकालकोे स्याहार सुसार र मृत्यु पश्चात अन्तिम संस्कार गरेर जन्मदिने आमाप्रति छोरीहरु अप्सरा ढकाल र तुलसी ढुङ्गानाले सन्तानको जिम्मेवार भूमिका निर्वाह गरेका हुन् । २०६१ साल फागुन ७ गते… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा दुःख व्यक्त

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीकी साधरण सदस्य उमा आले मगरलाई मातृ शोक परेको छ । आलेकी ममतामयी आमा शोभा आले मगरको ५० वर्षको उमेरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गएराती निधन भएको प्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले दुःख व्यक्त गरेको छ । मञ्चका महासचिव विजय नेपालले मञ्चको तर्फबाट बिहीबार शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । नेपालद्वारा जारी विज्ञप्तीमा ‘मञ्चकी साधरण सदस्य उमा आले मगरलाई परेको मातृ शोकप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना ,… पुरा पढौ

चौतर्फी विरोधपछि नेतृ रामकुमारी झाँक्री रिहा

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । राज्यविरुद्धको कसुर गरेको आरोपमा आज दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई अविलम्ब रिहा गर्न चौतर्फी दबाव परेपछि प्रहरीले बिहीबार साँझ रिहा गरेको हो । घरबाटै पक्राउ परेकी झाँक्रीलाई उनका श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा गरिएको महानगरीय प्रहरी वृत्त मीनभवनका एसपी कृष्ण पंगेनीले जानकारी दिए । सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छन् । साथै उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष… पुरा पढौ

मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत

मेक्सिको सिटी । मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् । मेक्सिकोमा कोरोनाभाइरस संक्रमणसँग जुधिरहेको सरकारका लागि खोपहरु स्वीकृत गर्नुको विकल्प नरहेको स्वास्थ्य उपमन्त्री ह्युगो लोपेज–ग्याटेलले बताए । महामारी नियन्त्रण संयोजन समितिका प्रवक्ता समेत रहेका उपमन्त्री ग्याटेलले पत्रकार सम्मेलन गरी दुई चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिए ।… पुरा पढौ

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनुपर्छः प्रम ओली

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताए ।सामाजिक क्षेत्र र समाजकल्याणका क्षेत्रका कार्यक्रम अनुगमनका अभावमा अलपत्र हुने जनगुनासोबीच आज पहिलो पटक रु एक करोडभन्दा तलका परियोजनामा विश्वविद्यालयका विद्यार्थी सहभागी गराएर परियोजना मूल्याङ्कन गर्ने कार्य… पुरा पढौ

दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि खोप

काठमाडौँ। सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ । पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइने उनले बताए । खोप अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट लगाइने भएको छ । उनका अनुसार जिल्लास्थित सबै सरकारी… पुरा पढौ

पत्रकार बानियाँलाई मिडिया सोसाइटी अवार्ड

म्याग्दी।म्याग्दीका पत्रकार प्रताप बानियाँलाई ‘मिडिया सोसाइटी अवार्ड–२०७७’प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको चौथो वार्षिक साधारणसभाका अवसरमा आज बेनीमा आयोजित समारोहमा रु सात हजार १५० नगदसहित उनलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य सुदर्शनकुमार श्रेष्ठले बानियाँलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाएका थिए । बेनीबाट प्रकाशन हुने ‘रुप्से दैनिक’ पत्रिकाका सहसम्पादक बानियाँ ‘नेपाल टेलिभिजन’, ‘नेपाल समाचारपत्र दैनिक’,उज्यालो ९० नेटवर्क’,धवलागिरि टेलिभिजन’लगायत सञ्चारमाध्यममा आबद्ध थिए । विसं २०७४ मा जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमका सञ्चालक आवद्ध सोसाइटीले विसं २०७५… पुरा पढौ

पोखरा–सेतीवेणी–रिडी साइकल लेनसहितको वैकल्पिक राजमार्गको कालोपत्रे शुरु

पर्वत। पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–सेतीवेणी–रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम शुरु भएको छ । वैकिल्पक राष्ट्रिय सडकका रूपमा निर्माण शुरु गरिएको नमूना सडकको पर्वतको महाशिला गाउँपालिका–५ मिलनचोकदेखि भोक्सिङ हुँदै सुभद्रीखर्क खण्डमा कालोपत्रे शुरु भएको हो । सडक कालोपत्रे गर्ने कामको यसका परिकल्पनाकार तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे । यो सडकको एक भागमा साइकल लेन हुनेछ भने अर्को भागमा फुटपाथ बनाउने गरी डिपिआर तयार गरिएको छ । पोखराबाट उत्कृष्ट पर्यटकीय… पुरा पढौ