समाचार

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

काठमाडौँ। हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन् । एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपिआइ) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले हस्ताक्षर गरेका यती एयरलाइन्सले जनाएको… पुरा पढौ

स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु

 काठमाडौँ (साँखु)। हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिइसकेको छ । हात… पुरा पढौ

उखु किसानलाई भुक्तानी नदिएपछि राकेश अग्रवाल पक्राउ

उखु किसानको रकम भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज मिलका संचालक राकेश अग्रवाल पक्राउ परेका छन्। उनलाई बुधबार राति काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले बताए। उनीविरूद्ध सर्लाहीमा ठगीसम्बन्धी मुद्दा परेको थियो। सर्लाही जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गर्न पत्र पठाएपछि परिसरको टोलीले उनलाई उनको घरबाट पक्राउ गरेको थियो। उनले उखु किसानको १७ करोड रुपैयाँ तिर्नुपर्नेमा केही रकम तिरेको बताइएको छ। उनलाई सर्लाही पठाउने तयारी भइरहेको छ। पुरा पढौ

बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु

एक यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । आगलागीमा परेर २९ जना गम्भीर घाइते भएका छन्। पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो। सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको त्यहाँको स्थानीय अधिकारीहरुले जनाएका छन्। देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो। सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान… पुरा पढौ

आर्मीले एएफसी कप छनोट चरणमा श्रीलंका पुलिससँग प्ले–अफ खेल्ने

नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्ले–अफको पहिलो चरणमा श्रीलंका पुलिससँग खेल्नेछ। एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको एएफसी कपको खेल तालिकाअनुसार आर्मीले दक्षिण एसियाली प्ले–अफ खेल्नुपर्ने भएको छ। यो प्ले–अफको विजेता बन्ने टोली एएफसी कपको मूख्य ड्र को समूह ‘डी’ मा रहनेछ । आर्मीले केही समयअघि मात्र एएफसीको क्लब लाइसेन्स प्राप्त गरेकोले उक्त प्रतियोगिता खेल्न योग्य बनेको हो। गत वर्ष भएको सहीद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी उपविजेता बनेको थियो। मछिन्द्रले… पुरा पढौ

पीएम कप क्रिकेटः पुलिसलाई हराउँदै एपीएफ फाइनलमा

एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो। अब, उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ। बिहीबार हुने दोस्रो सेमिफाइनलमा बागमती र आर्मी भिड्नेछन्। एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो। पुलिसका लागि पवन सर्राफले सर्वाधिक… पुरा पढौ

राष्ट्रिय महिला लिग फुटबलः कुसुमको ह्याट्रिकमा विराटनगरको पहिलो जित

मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गरिन्। यस्तै, अनु राई र सरिता शेर्पाले १÷१ गोल गरिन्। कुसुमले खेलको १२ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्। कुसुमले काउन्टर अट्याकमा गोलरक्षक युनिशा राईसँगको वान भर्सेस वानको स्थितिमा गोल गरेकी थिइन्। कुसुमले ६३ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन्। त्यसपछि, खेलको… पुरा पढौ

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेटः पोखरा एकेडेमीको विजयी सुरुवात

भैरहवामा बुधबारबाट सुरु तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पोखरा एकेडेमीले विजयी सुरुवात गरेको छ। भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा पोखरा क्रिकेट एकेडेमीले रुपन्देही ११ लाई ३ रनले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २५ ओभरको खेलमा २३ ओभरमा अलआउट हुँदै ७५ रन बनायो। जसमा सिब्रिन श्रेष्ठले २५, प्रनिस अर्यालले ११ रन बनाए। बलिङमा रुपन्देही ११ का विप्रसन केसीले ५ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ३ विकेट लिए। यस्तै, सौजन पाण्डेले २ र… पुरा पढौ

भरतपुर महानगरद्वारा धुर्मुस–सुन्तली रंगशाला निर्माणका लागि ४ करोड सहयोग

पश्चिम चितवनको रामपुरमा निर्माणाधीन धुर्मुस–सुन्तली रंगशालाका लागि भरतपुर महानगरपालिकाले ४ करोड सहयोग हस्तान्तरण गरेको छ। धुर्मुस–सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार थप ४ चार करोड सहयोग गरेको हो। यसअघि महानगरले फाउण्डेशनलाई ४ चार करोड दिइसकेको छ। महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिन्। महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई पटकपटक गरी पहिले ४ करोड… पुरा पढौ