योनेक्स सनराइज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ प्रतियोगिताको उपाधि सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङ्गले उचालेका छन्। शीर्ष वरीयताका रत्नजितलाई सेमिफाइनलमा पराजित गरेका प्रिन्सले शीर्ष १६ पुरुष एकलको फाइनलमा एपीएफका दिपेश धामीमाथी २१र/१८, २१/१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ इतिहास बनाएका छन्। महिलातर्फ शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपीएफकी जेशिका गुरुङले उपाधि जितिन्। उनले १८/२१, २१/१५, २२/२० का साथ उपाधि जितेकी हुन्। जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधी हो।…
पुरा पढौ