समाचार

विघटनविरुद्ध आन्दोलन गर्न युवा विद्यार्थीलाई प्रचण्डको आग्रह

कामाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको एकतामा गरिएको सहमति कार्यान्वयनमा आफूले देखाएको उदारता नै कमजोरी रहेको बताएका छन् । आइतबार राजधानीमा अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको एक नेताले अल्पमतमा परेपछि सजिलै छाडिदिएको भए पार्टी फुट्न अवस्था नै आउने थिएन भने । मुलुकमा प्रतिनिधिसभा विघटन गरी संविधानमाथि प्रहार भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री दाहालले अब हुन सक्ने षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्न युवा तथा विद्यार्थीलाई आह्वान गरे । उनले प्रतिनिधिसभा र पार्टीको… पुरा पढौ

चैतदैखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिँदै

लमजुङ । आगामी चैतदेखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा हुने भएपछि बिजुली थपिन लागेको हो । हालसम्म करीब ९८ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले सम्भव भएसम्म फागुन अन्तिमसम्म र यदि सम्भव नभए पनि चैत महिनासम्म सबै काम सम्पन्न गर्दै बिजुली बाल्ने तयारीमा रहेको आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको र… पुरा पढौ

जथाभावि मूल्य वृद्धि गर्नेलाई कारबाहीको चेतावनी

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले बजारमा विभिन्न नाममा हुने गरेका मूल्यबृद्धि नियन्त्रण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । गण्डकी प्रदेश सभाको विशेष बैठक एवम् सञ्चार माध्यममा प्रकाशित सुचनाको आधारमा आज पोखराका खाद्यान्न तथा निर्माण सामग्रीका ठूला पसलहरुको अनुगमन गर्दै उनले जथाभावि गरिने मूल्य वृद्धि नियन्त्रण गर्दै दोषीमाथी कारबाही गरिने बताए । “व्यापारिले होलसेल नाफा मूल्य सूचिभन्दा बढी रकममा बिक्री वितरण गरेमा कडा भन्दा कडा कारबाही गरिने छ” उनले भने “बजारमा तोकिएको… पुरा पढौ

गण्डकी प्रदेशमा एक सातामा ३३४ जना कोरोना भाइरस संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा एक साताको अवधीमा ३३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोही अवधीमा २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । एक हजार २५६ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भने अघिल्लो साता थप एक जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५९ जनामा कोेरोना भाइरस संक्रमणमुक्त भएका छन् । भने सोही अवधीमा ३६ जनामा कोरोना संक्रमण पुष्टि… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दाः अर्काे सुनुवाइ सोमबार

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो । दोस्रो सत्रको आजको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताउनुभयो । संवैधानिक इजलासमा आज भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट यसअघि अधिवक्ता भण्डारी स्वयंले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताउनुभयो । त्यस्तै… पुरा पढौ

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

जाकार्ता। इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पमा परी शुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । हाल यो संख्या बढेर ५६ पुगेको सो निकायले जानकारी दिएको हो । यस भूकम्पमा परी मामुजु सहरका ८२६ व्यक्ति घाइते भएका छन् भने ती मध्ये १८९ व्यक्तिको अवस्था चिन्ताजनक रहेको प्रकोप व्यवस्थापन… पुरा पढौ

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ । देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङ्को विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको धनगढी विमानस्थलको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गरेको क्यानको २२औँ वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । देश सङ्घीयतामा भएको परिप्रेक्षमा प्रादेशिक रुपमा महत्वपूर्ण ठूला आन्तरिक विमानस्थलाई प्रदेश… पुरा पढौ

के गर्दै होलान् भुजी किनारका बाढीपीडित

बागलुङ। गत वर्षात्मा बितण्डा मच्चाएको भुजीखोला मध्य हिउँदमा शान्त छ । गड्गडाउँदै बग्ने खोला यतिबेला सुस्ताइरहेको छ । अपशोच, भुजी किनारका बासिन्दा भने अहिले पनि बेचैनीमा छन्, मनमा परेको बज्रको ज्वाला अझै निभेको छैन । गत भदौ १७ को मध्यरात ढोरपाटन नगरपालिका–९ भुजीखोलामा आएको बाढीको घटना कतिले बिर्सिसके । पाँच महिनामा भुजीखोलामा धेरै पानी बगिसक्यो तर बाढीपीडितको पीडा भने उस्तै छ, झन्झन् गहिरिँदै छ । कतिले बाढीमा प्रियजन गुमाए, कतिले थातथलो र जायजेथा । त्यसरी उठिबास भएकाहरू यस माघको ठिहीमा… पुरा पढौ

पुस्तकबाट ‘ताङ्तिङ’ चिनाउँदै प्रधानाध्यापक गुरुङ

पोखरा। कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङले पुस्तक लेख्नुभएको छ । उहाँले प्राकृतिक सुन्दरताले भरिपूर्ण गुरुङ जातिको आदिम थलो क्लोरासोंथरको सहित ताङ्तिङको चिनारीलाई ‘ताङ्तिङ मेरो गाउँ’ मा उतार्नुभएको हो । शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएका उहाँ पछिल्लो समयमा ताङ्तिङलाई पर्यटकीय गाउँ बनाउन ‘जाउँजाउँ ताङ्तिङ’का अभियानमा समेत सक्रिय हुनुहुन्छ । लाहुरे परिवार र संस्कृतिमा हुर्किएका उहाँ तत्कालीन समयमा लाहुरे बन्ने सपना त्यागेर शिक्षाको ज्योतिबाट… पुरा पढौ

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

काबुल ।अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ । पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन् । यी हत्याहरुले राजधानी काबुल सहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ । अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित… पुरा पढौ