समाचार

भारतमा कोरोना खोप: २ जनाको मृत्यु, ५८० मा साइड इफेक्ट

भारतमा कोरोनाविरुद्धको खोप लगाउनासाथ २ जनाको मृत्यु भएको समाचार छ। बीबीसीका अनुसार खोप लगाएपछि कर्नाटकमा १ जना र उत्तर प्रदेशमा १ जनाको मृत्यु भएको हो। कर्नाटकमा पहिलो दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको र उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोप लगाएका ५ सय ८० जनामा साइड इफेक्ट देखिएको छ। तीमध्ये ७ जना अस्पताल भर्ना भएका छन् । भारतमा जारी खोप अभियानमा ३ दिनमा ३ लाख… पुरा पढौ

भारत गुजरातको फुटपाथमा सुतेकालाई ट्रकले किच्यो, १३ को मृत्यु, ७ गम्भीर घाइते

भारतको गुजरातस्थित सुरतमा ट्रकले किचेर १३ जनाको ज्यान लिएको छ। कासाबामा भएको घटनामा ट्रकले फुटपाथमा सुतेका २० जनालाई किचेकोमा १३ जनाको ज्यान गएको हो। ज्यान गुमाउनेहरु सबै राजस्थानको बांसबाडा जिल्लास्थित कुशलगढका मजदूर रहेको त्यहाँको प्रहरीले जनाएको छ। यो घटना सोमबार राति किम–मान्डवी सडकखण्डको पालोडगाम नजिकै भएको थियो। १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो। ७ जना गम्भीर घाइतेको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ। चालक र क्लिनरलाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उखु लोड गरिएको… पुरा पढौ

सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ। गत शनिबारबाट शुरु भएको यस झडपमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६० व्यक्ति घाइते भएका सुनाले उपचारमा संलग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ । पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेश समेत जारी गरेका छन्। एजेन्सी पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीको पहिलो जित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत जारी समूह ‘ए’ को खेलमा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । प्रतियोगिताको उद्घाटन खेलमै विभागीय आर्मीसँग हारेको गण्डकीले प्रदेश–१ माथि जित निकालेको हो। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रदेश–१ माथि २ विकेटको साँघुरो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो। प्रदेश–१ लाई धराशायी बनाउन गण्डकीका सुवास भण्डारी र विशाल पौडेलले समान ४/४ विकेट लिए। पौडेलले २७.२ मा राजन मगर, २७.३… पुरा पढौ

माछापुच्छे« गाउँपालिकाको आठौँ गाउँसभाबाट तीन विधेयक पारित

कास्कीको माछापुच्छे«े गाउँपालिकाको आठौँ गाउँसभाले सर्वसम्मत रुपमा तीन विधेयक पारित गरेको छ। गाउँसभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्वन्धी विधेयक, स्थानीय जलस्रोत विधेयक र गाउँ युवा परिषद् सञ्चालन सम्बन्धी विधेयक, २०७७ सर्वसहमतिले पारित गरेको गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले जानकारी दिए । गाउँ सरकार संचालनका लागि अत्यावश्यक कानून गाउँसभाबाट पारित गर्दै अघि बढिरहेको उनको भनाई छ। अध्यक्ष गुरुङले भने, संघीय र प्रदेशले कानून नबनाउँदा कतिपय साझा अधिकार सूची अन्तर्गतका कानून बनाउन नसकेपनि हाम्रो एकल अधिकार सूची अन्तर्गत रहेका कानून… पुरा पढौ

प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले दुई वर्षसम्म सरकार राम्रोसँग चलाएकाले निर्दोष सदन विघटन गर्न नपाइने जिकिर गरे । “पुस १७ गते संसद् अधिवेशन बस्ने तयारी थियो, ५ गते नै विघटन गरियो र केही अध्यादेश पनि ल्याइयो, यो न्यायोचित भएन । यसबाट प्रधानमन्त्री संंसद्पति उत्तरदायी नभएको ठहर्छ”, उनले भने। यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नसक्ने बताउँदै… पुरा पढौ

संसद् विघटन अग्रगामी कदम : गृहमन्त्री थापा

सोलुखुम्बु । गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज सोलुखुम्बुको सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले संविधानमा भएको व्यवस्था अनुसार नै सरकारले संसद् विघटन गरेर अग्रगामी कदम चालिएको बताएका हुन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका गृहमन्त्री थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दल भित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी… पुरा पढौ

सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि आह्वान

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल गरेको छ । नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त अपिल जारी गर्दै सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि सम्पूर्ण चेतनशील नागरिकलाई आह्वान गरेका हुन् । विगतमा भएका कतिपय कमजोरीप्रति सजग हुँदै भविष्यमा नदोहोरिउन् भन्ने कुरामा आफूहरु सचेत रहेको प्रष्ट पार्दै उनिहरुले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा… पुरा पढौ

किसानलाई परिचयपत्र वितरण गर्छौं : मन्त्री अर्याल

काठमाण्डौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग आज आयोजित कार्यक्रममा उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको बताइन् । “किसानको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं, वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँछौँ”, मन्त्री अर्यालले भनिन्, “आगामी फागुनदेखि यो कार्यक्रम द्रुतरुपले अगाडि बढ्छ ।” किसानो हकहितका निम्ति स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने… पुरा पढौ

बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भाइरस पुष्टि

काठमाडौं । बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको छ । गत पुस १ गते बेलायतबाट नेपाल आएका उनिहरुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बेलायतबाट नेपाल आएका मध्य ६ जनामा कोरोना देखिएको थियो । नयाँ प्रकारको भाइरस देखिएका मध्ये २ जना निको भई घर गएका र १ जना आइसोलेसनमा नै रहेको गौतमले जानकारी दिए । संक्रमित भएका मध्ये तीन जनामा नयाँ प्रकारको भाइरसको संकेत देखिएको भन्दै मन्त्रालयले श्वाव परीक्षणका… पुरा पढौ