समाचार

दृष्टिविहिन मैत्री शैक्षिक योजना कार्यान्वयन गर्न नेत्रहिन संघको ध्यानार्षण

पोखरा । नेत्रहीन संघ कास्कीले बिहीबार दृष्टिविहिन मैत्री शैक्षिक योजना कार्यान्वयन गर्न पोखरा महानगरपालिकालाई ध्यानार्षण पत्र बुझाएको छ । विश्व ब्रेल दिवसका अवसरमा सप्ताहाव्यापी कार्यक्रमको घोषणा गरेको संघले आज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई नेत्रहिन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाको नेतृत्वमा गएको नेत्रहिन संघ कास्की र नेत्रहिन युवा संघ कास्कीको टोलीले नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा पोखरा महानगरपालिकाभित्र सञ्चालन भएका दृष्टिबिहिन विद्यार्थीका लागि सञ्चालित विद्यालय तथा स्रोत कक्षामा अध्ययनरत सबै विद्यार्थीले ब्रेल पुस्तक नपाएको,… पुरा पढौ

ओलीको केन्द्रीय सदस्य बन्नु भैंसी किन्दा पाडो उपहारजस्तो मात्र : योगेश भट्टराई

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले तीन महिना भित्रमा संसद पुर्नस्थापना भइसक्ने दाबी गरेका छन् । नेकपा निकट सम्बद्ध जनवर्गिय संगठनहरुको जिल्ला स्तरीइ संयुक्त भेलालाई पोखरामा विहीबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा विघटन गरेको संसद तीन महिनामा पुर्नस्थापना भइसक्ने दाबी गरेका हुन् । ‘२०१७ सालमा विघटित संसद पुर्नस्थापन हुन ३० वर्ष लाग्यो, २०५९ सालमा विघटिन संसद ३ वर्षमा पुर्नस्थापना भयो, यस पटक ३ महिनामै संसद पुर्नस्थापना हुन्छ’–उनले भने । युवा नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा… पुरा पढौ

समृद्धिको आधार सहकारी–प्रदेश सभा सदस्य कोइराला

पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवम् सहकारी अभियन्ता प्रभा कोइरालाले मुलुकको समृद्धिको आधार सहकारी भएको बताएकी छिन् बचत तथा ऋण सहकारीसंगको छाता संगठन जिल्ला सहकारी संघ कास्कीको २० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कोभिड–१९ को कारण चलायमान हुन नसकेको सहकारीको पुंजीलाई उत्पादनसंग जोडनु पर्ने बताइन् । सहकारी अभियानलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिंदै यसलाई सरकार र जनताले चिनेको भएपनि कर्मचारी वर्गबाट थप सहयोग गर्नु पर्ने आवश्यकता औल्याइन् । “जनता र सहकारी… पुरा पढौ

पोखरा महानगरमा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन कार्य सुरु

पोखरा । पोखरा महानगरपालिकामा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन कार्य सुरु भएको छ । बुधबार पोखरा महानगर नगरपालिका वडा नम्बर ४ का वडाध्यय शंकर प्रसाद बास्तोलाको तथ्यांक संकलन गरेर राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन कार्य शुभारम्भ भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखेर काम सुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचय पत्र रुजु अधिकारी विष्णु प्रसाद लामिछानेले जानकारी दिए । वडाध्यक्ष वास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले… पुरा पढौ

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेशःसडक कालोपत्र ९७९ किमी र आधारभूत सरसफाइबाट लाभान्वित जनता शतप्रतिशत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उहाँले सो प्रतिवेदन बुझाउनुभएको हो । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त उपलब्धिसम्बन्धी धारा ५३ बमोजिमको वार्षिक प्रतिवेदन एवं नेपाल सरकारले गरेका प्रमुख कार्यको विवरण प्रतिवेदन समावेश गरिएको छ । देशको सार्वभौमसत्ता, भौगोलिक… पुरा पढौ

चोरीको मोटरसाइकल चढ्ने दुई पक्राउ

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले यहाँको सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका–९ मुरलीभन्ज्याङ बस्ने राजन मगर र थाक्रे गाउँपालिका–१ देवीस्थानका राजन तामाङलाई आज पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईका अनुसार उनीहरु चढेको बा९२प ७६३० नंको मोटरसाइकल नक्कली भएको पाइएको छ । मोटरसाइकलको वास्तविक नम्बर भने प्रदेश ३–०२–०१२प ९८३५ रहेको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो । उक्त मोटरसाइकल गत वर्ष पुसमा काठमाडौँको… पुरा पढौ

गोल्डस्टारको नयाँ स्वरुम पृथ्वीचोकमा

पोखरा । गोल्डस्टारको नयाँ स्वरुम पृथ्वीचोकमा संचालनमा आएको छ । राजन केसी र स्वस्तिका केसीले उक्त स्वरुम संचालनमा ल्याएका हुन् । दुई वर्ष अघि सिद्धार्थचोकमा स्थापना गरिएको गोल्डस्टारको अपार सफलता पछि अब पृथ्वीचोकबाट समेत सेवा प्रवाह गरिने भएको हो । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा स्वरुमको विषयमा जानकारी दिँदै संचालक राजन केसीले औपचारिक रुपमा यही पौष २६ गते उद्घाटन गरिने बताए । उदघाटनमा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री वर्षा राउत आउने कार्यक्रम तय भएको छ । केसीले… पुरा पढौ

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः डा रिजाल

चितवन । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् । आज पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे । उनले भने, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन ।” संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । फरक प्रसङ्गमा पार्टी केन्द्रीय सदस्य… पुरा पढौ

पार्टी विभाजनको कुनै औचित्य छैन : नेता गौतम

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले , “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्याे ? पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ ।” पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै नेकपा उपाध्यक्ष गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल… पुरा पढौ

पोखराका थप २६ जनामा कोरोना संक्रमण

पोखरा । पोखराका २६ सहित गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो क्रममा लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका २६, बाग्लुङको बडिगाड र बाग्लुङ नगरपालिकाका एक–एक जना र लमजुङको राइनास नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित गण्डकी प्रदेशभर कोेरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार… पुरा पढौ