समाचार

राप्रपा अध्यक्ष कमल थापा शनिबार पोखरा आउने

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रयि अध्यक्ष कमल थापा शनिवार पोखरा आउने भएका छन् । पार्टी समायोजनपछि हुन लागेको झण्डोत्तर, चुनावचिन्ह हलोको अनावरण गर्ने र पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन थापा पोखरा आउनु लागेको जिल्ला पार्टी नेता देवेन्द्र किशोर बास्तोलाले जानकारी दिए । थापाले शनिबार बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा बिहान ११ बजे आयोजना हुने कार्यक्रमको उद्घाटन गर्ने राप्रपा कास्कीले जनाएको छ । पुरा पढौ

जीवन रक्षा कोषको कार्यान्वयन छिट्टै : अर्थमन्त्री किरण गुरुङ

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गर्नुभयो । महाधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचन कार्यक्रमले संघमा नयाँ नेतृत्वसमेत चयन गर्दैछ । महाधिवेशनको उद्घाटन गर्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताए ।गण्डकी प्रदेश सरकारले बजेट भाषणमार्फत् कोभिड–१९ को प्रकोपबाट पीडित भएका व्यवसायीको जीवन रक्षाको लागि भन्दै १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष… पुरा पढौ

कास्की कांग्रेसले शनिबार गर्ने प्रदर्शनको तयारी पूरा

पोखरा । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले पुस २५ गते शनिबार कास्कीमा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ । कांग्रेसले शनिबार तीन सय ३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । कास्कीका प्रदेश समितिहरुले आ आफ्नो क्षेत्रमा गर्ने प्रदर्शनको तयारी पूरा गरेका छन् । कास्की कांग्रेसका सभापति कृष्ण केसीले प्रदेश सभा क्षेत्र केन्द्रीत भएर प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् । कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन हुने कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।… पुरा पढौ

काँग्रेसले शनिबार कास्कीका ६ प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ ।काँग्रेसले शनिवार तीन सय ३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । कास्कीका प्रदेश समितिहरुले आ आफ्नो क्षेत्रमा गर्ने प्रदर्शनको तयारी पूरा गरेका छन् ।कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदेश सभा क्षेत्र केन्द्रीत भएर प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् ।कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन हुने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १… पुरा पढौ

मादीमा नेलम्बोद्वारा लाखैको सहयोग

पोखरा । पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपालले शुक्रवार एक कार्यक्रमका बीच मादी गाउँपालिका स्थित सम्पूर्ण विद्यालय र गाउँपालिका कार्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । संस्थाले त्यहाँ स्थित कुल ५० विद्यालय र गाउँपालिकालाई गरी एकमुष्ठ रु.तिन लाख ३९ हजार ६ सय २७ वरावरका सामग्री प्रदान गरेको हो।त्यस अवसरमा ज्वरो नाप्ने थर्मल गन, विभिन्न प्रकारका माक्स, फेस सिल्ड, सेनिटाइजर, सावुन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो। कार्यक्रममा भनाई राख्दै गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले नेलम्बो नेपालले कोरोना भाइरस संक्रमणको विषम… पुरा पढौ

वाणिज्यतर्फ विनायक र उद्योगतर्फ गण्डकी मेसिनरी सर्वोत्कृष्ट

पोखरा उद्योग वाणिज्य संघले वाणिज्यतर्फ विनायक फ्रेस हाउस चिप्लेढुंगा र उद्योगतर्फ गण्डकी मेसिनरी प्रोडक्टस् औद्योगिक क्षेत्रलाई सर्वोत्कृष्ट घोषणा गरेको छ । संघले ६६ औं साधारण सभा तथा ३३ औं महाधिवेशनको अवसरमा विनायक र गण्डकी मेसिनरीलाई सर्वोत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनायकका कैलाश पालिखे र गण्डकी मेसिनरीका युवराज शर्मालाई सम्मानित गरे ।संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्व तथा संघका साधारण सदस्य राजेन्द्र बाटाजु,बलभद्र नकर्मी ज्ञानेश्वर श्रेष्ठ सदस्य रहेको… पुरा पढौ

गण्डकी प्रदेशमा १३९८५ कोरोनामुक्त

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । निर्देशनालयका अनुसार २५५ जनामा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका मध्य सबैभन्दा बढी कास्कीका २० जना छन् । यस्तै तनहुँका १२, बाग्लुङका ९, लमजुङका ३ र स्याङ्जाका २ जनामा संक्रमण पाइएको छ । योसहित हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या… पुरा पढौ

‘पल्सर स्पोर्टस् अवार्ड’ मङ्गलबार प्रदान गरिने

काठमाण्डौं । सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केट बलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा पर्नुभएको छ । यस्तै वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका… पुरा पढौ

सगरमाथाको पुरस्कार वितरण र पुस्तक विमोचन भोली

पोखरा । सगरमाथा साहित्य प्रतिष्ठान नेपालले बिश्वब्यापी कविता प्रतियोगिताको बहुप्रतिक्षित पुरस्कार बितरण कार्यक्रम शनिबार (भोली) गर्ने भएको छ । गत बर्ष आयोजना गरिएको विश्वब्यापी कविता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम कोरोना महामारिका कारण सम्भब नभएपछि लामो समय रोकिएको थियो । पुरस्कार वितरण कार्यक्रममै “कविताहरुको सगरमाथा“ नामक कविता संग्रह पनि बिमोचन गरिदै छ । यस संग्रहमा सोही प्रतियोगितामा उत्कृष्ट भित्र पर्न सफल एघारसहित निर्णायकले मन पराएका अन्य प्रतियोगी कविता र केही अन्य कविका राम्रा कविता गरि कुल ७१ कविका ७१ कविता समेटिएका… पुरा पढौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

पोखरा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ ।हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तरराष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ । यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ । भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ । यो विमानस्थलमा पनि… पुरा पढौ