समाचार

तोलामा नै रु १,३०० ले घट्यो सुनको मूल्य

स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।… पुरा पढौ

‘बहिनी बाँच्न चाहन्छे’

मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा आर्थिक अभाव भएपछि दाजुले सहयोगको याचना गर्नुभएको छ । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थाप्नुभएको हो । “बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्”, बुधबार सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा पुनले भन्नुभयो उहाँले ३३ वर्षीय बहिनीको भविष्यलाई लिएर आफ्नो परिवार चिन्तामा परेको बताउनुभयो । डेढ वर्षअघि रोग पहिचान भएपछि बहिनीको उपचारका लागि पाल्पा, भैरहवा हुँदै पोखरासम्मका अस्पतालमा धाएको पुनले सुनाउनुभयो । सुशीलाको अहिले पोखरास्थित मणिपाल शिक्षण… पुरा पढौ

जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक… पुरा पढौ

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

पाँचथर । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पात्ले (कटुस)को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको… पुरा पढौ

धारामा बरफ जम्दा खानेपानीको समस्या

सिमकोट। चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो । चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा बरफ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिनुभयो । घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताउनुभयो । “कर्णाली… पुरा पढौ

धादिङ पुग्यो सेनाको एकीकरण पदयात्रा

नेपाली सेनाले सुरु गरेको ‘एकीकरण पदयात्रा’ धादिङ पुगेको छ। नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै ‘एकीकरण पदयात्रा’ त्यहाँ पुगेको हो। गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा नेपाली सेनाको देवीदत्त गण धादिङलाई हस्तान्तरण गरेको छ। बुधबार, बोर्लाङबाट हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा पुगेर बास बसेको हो। चरङ्गेको शान्तिकालीका आधारभूत विद्यालयमा पुगेपछि स्थानीयबासिन्दा र जनप्रतिनिधिको टोलीले सेनाको पदयात्रा टोलीलाई स्वागत गरेको थियो। पदयात्राको टोलीले… पुरा पढौ

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा एक महिलाको ज्यान गयो

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले गरेको हिंसात्मक प्रदर्शनको क्रममा गोली लागेर एक महिलाको ज्यान गएको छ। ट्रम्प समर्थकले संसद भवन क्यापिट हिलभित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा प्रदर्शन गर्नेमध्येकै एक महिलालाई गोली लागेको हो। गोली लागेपछि महिलालाई अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको बीबीसीले जनाएको छ। राष्ट्रपति चुनावको मत परिणाम उल्ट्याउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको हो। वासिङ्टनमा रहेको संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो। यही बहसपछि राष्ट्रपतिमा… पुरा पढौ

हार स्वीकार्न नसकेका ट्रम्पले संसद भवन क्यापिट हिलमै आक्रमण गराए

जनवरी ६ को सन्ध्या अमेरिकी प्रजातन्त्रमा कहिल्यै नमेटिने कालो धब्बा बनेर आयो । निर्वाचनमा भएको पराजय स्वीकार्न नसकेर बहालवाला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्रजातन्त्रको मन्दिर मानिने संसद भवन क्यापिट हिलमै आक्रमण गराएका छन्। जसको सर्वत्र निन्दा र भत्र्सना शुरु भएको छ। राष्ट्रपति निर्वाचित जो बाइडनदेखि वर्तमान उपराष्ट्रपति माइक पेन्स, रिपब्लिकन सिनेटरहरुसम्मले यस हर्कतको निन्दा गरेका छन्। राष्ट्रपति निर्वाचित बाइडनले यस आक्रमणलाई विद्रोहको संज्ञा दिँदै तत्काल आफ्ना समर्थकलाई नियन्त्रण गर्न ट्रम्पसँग आग्रह गर्दै भनेका छन्, ‘यो कुनै विरोध होइन। यो… पुरा पढौ

प्रदेश सभा विघटन गर्ने कुरा प्रधानमन्त्रीको एकल अधिकारको विषय होईन : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्रीलाई प्रदेश सभा विघटन गर्ने एकल अधिकार नभएको दाबी गरेका छन् । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश सरकार ढलाउने प्रयास गरे प्रदेश सभासमेत भंग गर्दिन्छु भन्ने आसय प्रकट गरिरहेका बेला ओली निकट मानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेश सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा एकल रुपमा नरहेको दाबी गरेका हुन्। पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेश सभा भंग गर्न प्रदेश सरकारको सहमति हुनुपर्ने बताए । प्रदेश सभा भंग… पुरा पढौ

कोरोनाका कारण विश्वभर ६०२ पत्रकारको मृत्यु

कोरोना भाइरसबाट संक्रमित भएकामध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको समाचार छ। सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो। सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपंक्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ। प्रेस एम्ब्लेम क्याम्पेन (पीइसी)ले विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो। तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेका छन्। त्यसैगरी, एसियाका १४५ जना… पुरा पढौ