समाचार

सिस्टम बचाउन संसद विघटनःमन्त्री रायमाझी

उर्जा मन्त्री टोपबहादुर रायमाझीले सिस्टम बचाउन संसद विघटन गर्नुपरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले सिस्टम बचाउनका लागि संसद भंग गरेको जिकीर गरेका हुन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री रायमाझीले प्रचण्ड–माधव समूहले बहुमतको दम्भमा प्रधानमन्त्रीलाई हटाएर सिस्टम माथि नै प्रहार गर्न लागेकाले प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गरेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षीय नेता रायमाझीले ओलीलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष, पार्टी… पुरा पढौ

किसानको सम्मानले उत्पादन बढ्ने

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि किसान वर्ग उत्पादनमा जोडिनुपर्ने बताउनुभएको छ । थनेट प्लानेट कृषि फर्म, थापागाउँ काठमाडौँको आज उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने बताउँदै किसानलाई सम्मान नगर्दासम्म उत्पादन नबढ्ने उल्लेख गर्नुभयो । मन्त्री अर्यालले विदेशबाट फर्किएका युवालाई व्यावसायिक कृषि कर्ममा आकर्षण गर्नुपर्ने बताउँदै कृषकले उत्पादन गरेका वस्तु सहकारीमार्फत बिक्री वितरणमा ल्याउनुपर्ने जानकारी दिनुभयो ।(रासस) पुरा पढौ

हिमाली पर्यटकको उद्धारलाई प्रभावकारी बनाइने

देशको उच्च पहाडी तथा हिमाली भेगमा यात्रा गर्ने पर्यटक, हिमाल आरोही तथा नेपाली पथप्रदर्शक, पर्यटकका सहयोगी एवं स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा तथा विपद्को समयमा आकस्मिक उद्धार कार्यलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । हिमालयन उद्धार सङ्घ नेपालको नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद धरेलले मानव जीवनको रक्षाका लागि ४७ वर्षदेखि उद्धारका क्षेत्रमा क्रियाशील सो संस्थाको भूमिकालाई आगामी दिनमा अझ विस्तार गर्ने जनाउनु भएको हो । सङ्घले हाल विदेशी पर्यटक, पथप्रदर्शक, तीर्थयात्री, स्थानीय वासिन्दालाई स्वास्थ्य… पुरा पढौ

‘प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामा’

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताउनुभएको छ । स्थानीय पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताउनुभयो । जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ, प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो”, उहाँले भन्नुभयो । वर्तमान सरकारले कोरोना नियन्त्रणमा… पुरा पढौ

नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेशन पोखरालाई एन.ए.जि.सी.बाट सहयोग प्रदान

नेपाल विश्व सहयोग संघ एन ए जि सि ले संस्थाको नेपाल शाखाको सकृयतामा नेत्रहीन विध्यार्थिहरुका लागि रु एक लाख सहयोग प्रदान गरेको छ। कोरोना महामारीले विश्व नै आक्रान्त भएको बेला बिपन्न र अशक्त व्यक्तिहरुको पीडाहृदयविदारक भएको कटु सत्यलाई मध्यनजर गर्दै नेपालको पोखरामा सेवारत फाउन्डेसन फर नेप्लिज ब्लाइन्ड स्टुडेन्ट मार्फत सहयोग गरेको हो। सो रकम नेत्रहीन विध्यार्थीहरुको राहतको लागि हिजो डिसेम्बर ३०, २०२० मा भरचुवल जूम मिटिङ मार्फत एक बिशेष समारोहमा प्रदान गरियो। कार्यक्रममा प्रमुख अतिथीको रुपमा गण्डकी प्रदेश सांसद माननीय… पुरा पढौ

पर्यटक लोभ्याउँदै भुक देउराली

एकै लहरमा ढुङ्गाले छाइएका आकर्षक घर । मौलिकता झल्काउने झ्यालढोका । रातोमाटो र कमेरोले लिपिए चिटिक्क पारिएका छन् । गाउँभित्रका प्रत्येक गल्लीमा घरका दैलोसम्म पुग्न ढुङ्गाका छपनी बिछ्याइएको छ । गाउँभित्र हिँड्नका लागि कलात्मक सिँढी छन् र ठाउँ–ठाउँमा फोहर फाल्ने ड्रम तथा सार्वजनिक शौचालय बनाइएका छन् । जीवनमा एकपटक पुग्नैपर्ने गाउँ हो पर्वत जिल्लाको मोदी गाउँपालिका–१ स्थित भुक देउराली । गाउँको सुन्दरताजस्तै यहाँका स्थानीय मन पनि त्यस्तै सङ्लो देखिन्छ । गाउँको सुन्दर वातावरणलाई जोगाउँदै नमूना बस्ती बनाउन स्थानीय त जागरुक… पुरा पढौ

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नुभएको हो । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाउनुभएको थियो । नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला… पुरा पढौ

रु ४०० ले उकालो लाग्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा… पुरा पढौ

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् । तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । समायोजन भएर गएपछि अर्काे स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य परीक्षणबाट बञ्चित भएका छन्”, अधिकारीले भन्नुभयो । अहिले कारागारमा अहेवको दरबन्दी… पुरा पढौ

एउटै गाउँमा डेढ करोडका सुन्तला

सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् । बगैँचा विस्तार र मलजल राम्रो गरे पनि आंैशे किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष रु डेढ करोडको सुन्तला फलेको सिगानाका सुन्तला किसान टोपबहादुर खड्काले जानकारी… पुरा पढौ