समाचार

भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता गरिरहेको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासँग जोडिएर आएको प्रश्नसँगै नेपाल र भारतबीच देखिएको संवादहीनताकै अवस्थामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको… पुरा पढौ

गोरखा भुकम्पको ईपिसेन्टर लाप्राकमा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण विषय पठनपाठन शुरु

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको वडा नं. ४ लाप्राक स्थित मणिकाम देवी मा.वि.मा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण बिषय पठनपाठन शुरु गरिएको छ । गत बर्ष अध्ययन अध्यापनको अनुमति पाएको उक्त विद्यालयले कक्षा ११ र १२ मा पर्यटन र पर्वतारोहण बिषय पठनपाठन गर्न थालेको हो । कक्षा ११ मा अनिवार्य बिषय बाहेक ४ वटा ऐच्छिक विषयमा पर्यटन र पर्वतारोहणलाई समावेश गरिएको छ । यस अघि मनोविज्ञान,शिक्षा, व्यवस्थापन र गणित पठनपाठन हुदै आएको उक्त विद्यालयमा अब बिद्यार्थीहरुले पर्यटन र पर्वतारोहण बिषय… पुरा पढौ

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने उनले बताए । पार्टीको… पुरा पढौ

तनहुँमा एकैदिन पक्राउ परे फरार रहेका २६ अभियुक्तहरु

जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई पक्राउ गरेको छ । बैंकिङ कसुरको मुद्दामा फरार १, साधारण चोरी मुद्दामा फरार २, करकाप मुद्दामा फरार ८, लिखत बेइज्जती मुद्दामा फरार ६, लागुऔषध मुद्दामा फरार १, गाली बेइज्जती मुद्दामा फरार २, जारी मुद्दामा फरार ३, नाता कायम मुद्दामा फरार १, सम्बन्ध विच्छेद मुद्दामा फरार १ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत तनहुँ तथा उच्च अदालतहरुले गरेको फैसलाअनुसार र तोकेको बिगो जरिवाना तथा कैद भुक्तान नगरी उनीहरु… पुरा पढौ

गण्डकीमा ४२५ संक्रमित थपिए, ११४ जना डिस्चार्ज

कार्तिक १६ पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइतबार एकै दिन ४२४ जनामा कारोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ हजार २३० नमुना परिक्षणका क्रममा २६१ जना पुरुष र १६३ जना महिला गरि ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । निर्देशनालयका अनुसार आज सबैभन्दा बढी कास्कीका २८३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै तनहुँका ४१ जना, नवलपुर वर्दघाट सुस्ता पूर्वका ३१ जना, लमजुङका १९ जना, पर्वतका १३ जना, गोरखाका… पुरा पढौ

उपचार अघि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन

कार्तिक १६ काठमाडौं । सरकारले सबै सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार अघि धरौटी रकम नलिन निर्देशन दिएको छ । विभिन्न अस्पतालहरुले कोरोना संक्रमितको उपचार अघिनै धरौटी रकम माग गर्ने गरेको विभिन्न सञ्चार माध्यमहरुमा समाचार आएपछि आज यस्तो निर्देशन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी रकम लिने सम्बन्धि सूचना प्रकाशन गरे सबै अस्पतालहरुलाई स्पष्टिकरण सोधिने बताएका छन् । मन्त्रालयले निजी अस्पतालको हकमा भने कुनै निर्णय गरेको छैन् । पुरा पढौ

काँग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा

नेपाली काँग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ निवासी सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिमा कार्यरत आफ्ना क्रियाशील सदस्य बलवीर परियारमाथि कुटपिट भएको घटनाको निन्दा गरेको छ । काँग्रेसले परियारलााई शनिबार बिहान उक्त समितिको काउण्टरमा काम गर्दै गरेको अवस्थामा युवा सङ्घका सदस्य रवी बुढाको नेतृत्वको करीब १० जनाको समूहले हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको जनाएको छ । सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत निर्दोष र निहत्था व्यक्तिलाई कुटपिट गरी समाजलाई आतङ्कित तुल्याउने, भय र त्रासको वातावरण सिर्जना… पुरा पढौ

कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् ।नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि राष्ट्र बैंकका पदाधिकारीसँगको भेटमा मौद्रिक नीति असाध्यै राम्रो रहेको र त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्ने सुझाव दिनुभएको सन्दर्भ जोड्दै गभर्नर अधिकारीले भने “ कार्यान्वयनका… पुरा पढौ

राष्ट्रिय सङ्गीतकर्मी संघ कास्कीको प्रथम साधारण सभा सम्पन्न

कार्ति १६ पोखरा । राष्ट्रिय सङ्गीतकर्मी संघ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारण सभा पोखरामा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारीले उद्घाटन गर्दै कलाकारहरूको हक हितका लागि अगाडि बढ्न कास्की शाखा तत्पर रहिरहेको र भावी दिनमा पनि अझ बढी सक्रिय हुने विश्वास व्यक्त गरसाधारण सभाले विभिन्न पदहरुमा पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै संस्थाको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन वस्ताकोटीलाई चयन गरेको छ ।त्यसै गरी संगठन विभाग… पुरा पढौ

तीन राजदूतबाट शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी बेल्जियम, तापस अधिकारी पाकिस्तान र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो । रासस पुरा पढौ