समाचार

कोभिड–१९ को संक्रमणका कारण ७ सय १५ जनाले ज्यान गुमायो

कोरोना भाइरसका कारण हालसम्म नेपालमा ७ सय १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्रै २१ जना संक्रमितको ज्यान गएको छ। कोरोना भाइरसको संक्रमण बढेसँग ज्यान गुमाउनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको हो। पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९२ जनामा कोरोना देखिएको छ भने २१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २१ जनाको संक्रमितको ज्यान गएको पुष्टि भएको छ। त्यस्तै, काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमितको संख्या १६… पुरा पढौ

कास्की प्रशासनले भन्यो : घरमै बसेर दशैं मनाउनु, मठ मन्दिर नधाउनु

जिल्ला प्रशासन कार्यालय कास्कीले आफू जहाँ बसेको छ त्यहिं बसेर दशैं मनाउन कास्केली जनतालाई अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले एक सूचना जारी गरी विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को जोखिम कायम रहेको र बडादशैंको समयमा भीडभाड र चहलपहल बढ्दा संक्रमणको जोखिम थप बढ्ने भन्दै घरमै बसेर दशैं मनाउन अपिल गरेका हुन् । प्रशासनले जारी गरेको सूचनामा दशैंको अवसरमा शक्ति पीठहरु नखोल्न, नखोलाउन आग्रह गरिएको छ । कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले… पुरा पढौ

बसेकै ठाउँमा दशैं मनाउन आग्रह

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले जो जहाँ बसेको छ त्यहिं बसेर दशैँ मनाउन आह्वान गरेको छ । घटस्थापनाको अवसरमा शनिबार विज्ञप्ती जारी गर्दै केन्द्रले नोभल कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकाले त्यसबाट बच्ने उपायसहित जो जहाँ छ त्यहिं बसेर दशैं मनाउन आग्रह गरेको हो । साथै केन्द्रले पारिवारिक रुपमा घरमै बसेर टिका लगाउँदासमेत भौतिक दूरी कायम गरेर लगाउन आग्रह गरेको छ । केन्द्रले रुघाखोकी लागेकाहरुले टाढैबाट आशिर्वाद लिन आग्रह गर्दै परिवारका सदस्य तथा आफन्तसँग भेटघाट नगर्नसमेत आग्रह गरेको छ… पुरा पढौ

पोखरेली युवा ब्यबसायी पर्यटन प्रवद्र्धनका लागि सौराहा पुगे

पोखराका युवा ब्यबसायीहरु पर्यटन प्रवद्र्धन गर्न सौराहा पुगेर फर्केका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण थिलथिलो भएको पर्यटन ब्यबसायलाई पुर्नजागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा ब्यबसायीहरु साईकल ¥याली गर्दै सौराहा पुगेर पुनः पोखरा फर्केका हुन् । असोज २१ गते सौराहा गएको टोली २२ गते सौराहामै बास बसेर २३ गते फर्किएको उनले बताए । हाम्रो उद्धेश्य भनेको थलिएको पर्यटनलाई पुर्नजागृत गराऔं भन्ने सन्देश दिनु हो, उनले भने,‘थिलथिलिएको पर्यटनलाई अब चलायमान गराउनुपर्छ र त्यसका लागि… पुरा पढौ

चाँडपर्वसँगै कास्कीमा सुरक्षा ब्यबस्था कडा

जिल्ला प्रहरी कार्यालय कास्कीले नजिकिदो चाँडपर्व लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको छ । कास्की प्रहरीले नेपालीको महान चाँड दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाँडपर्वहरुलाई मध्यनजर गर्दै चाँडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको हो । देशकै ठूलो महानगरलाई सुरक्षित बनाउन कास्की प्रहरीले ‘नाकामा चेकिङ, सहरमा पेट्रोलिङ’ अभियान सञ्चालन गर्ने जनाएको छ । जसका लागि कास्की प्रहरीले अहिले खटिएको भन्दा दोब्बर संख्यामा प्रहरी खटाउने भएको छ । कास्की प्रहरीमा कुल ९०६ जना प्रहरी भएकोमा ७३५ जनालाई फिल्डमै खटाउने गरि योजना तयार… पुरा पढौ

रुपाले आफ्नै एम्वुलेन्स सञ्चालनमा ल्याउने

कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । नेपालस्थित भारतीय दुतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले रुपा गाउँपालिकालाई एम्वुलेन्स उपहार दिएको थियो । कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद खगराज अधिकारीको पहलमा भारतीय दुतावासबाट प्राप्त सो एम्वुलेन्सको चावी अधिकारी स्वयम्ले गाउँपालिका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरे । हस्तान्तरित एम्वुलेन्स १ हप्ताभित्र सञ्चालनमा आउने अध्यक्ष ओझाले बताए ।… पुरा पढौ

गाँजा (भाँङ)को उत्पादन र बिक्री वितरण खुल्ला गर्न सांसदको माग

गण्डकी प्रदेश सभा सदस्य मणिभद्र शर्माले प्रतिबन्धित गाँजा (भाँङ) खुल्ला गर्न माग गरेका छन् । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकको विशेष समय लिएर बोल्दै उनले राज्यले भाङमा लगाएको प्रतिबन्ध फुकुवा गरी त्यसको उत्पादन र बिक्री वितरण खुल्ला गर्न माग गरेका हुन् । बागलुङ क्षेत्र नम्बर १ को १ घर भएका शर्मा समानुपातिक सांसद हुन् भने उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत हुन् । नेपालमा लागू औषध (नियन्त्रण) ऐन २०३३ ले गाँजा तथा गाँजाजन्य पदार्थहरुको उत्पादन तथा बिक्री वितरणमा… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद विधेयक पारित, खेलकुदमा संघीयता कार्यान्वयनको बाटो खुल्यो

खेलकुदमा संघीयता कार्यान्वयनको बाटो खुलेको छ । गण्डकी प्रदेशमा खेलकुदको विकास गर्न बनेको विधेयक पारित भएसँगै खेलकुदमा संघीयता कार्यान्वयनको बाटो खुलेको हो । यसअघी प्रदेश खेलकुद विधेयक नबन्दा खेलकुदमा संघीयता नआएको भन्दै टिप्पणी हुने गरेको थियो । खासगरि देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनेपनि राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेका क्षेत्रीय खेलकुद विकास समिति तथा जिल्ला खेलकुद विकास समितिको नाम परिवर्तन नहुँदा खेलकुदमा संघीयता नआएको भन्दै टिप्पणी हुन्थ्यो । तर गण्डकी प्रदेशमा खेलकुद विधेयक पारित भएसँगै खेलकुदमा संघीयता भित्रिएको छ… पुरा पढौ

गण्डकी प्रदेशलाई आफ्नै प्रहरी संगठन बनाउने बाटो खुल्यो

गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक पारित भएको छ । गण्डकी प्रदेश सभाको बुधबारको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रदेश प्रहरीको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव बहुमतले पारित गरेको हो । विधेयक पारित भएर ऐन बनेसँगै गण्डकी प्रदेशमा प्रदेश प्रहरी संगठन निर्माण गर्ने बाटो खुलेको छ । बुधबार पारित विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि लागु हुने प्रावधान रहेको छ । यसअघी जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश प्रहरीको सम्बन्धमा… पुरा पढौ

नेलम्वो नेपालद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

पोखरा, ३ असोज । स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्वो नेपाल सस्थाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसका विरुद्ध अग्रप्रक्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई सुरक्षीत तवरले काम गर्न सहयोग पु¥याउने उद्देश्यले नेलम्वोले शनिवार एक कार्यक्रमका वीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै सामाजिक दुरी कायम गर्दै माक्स र सेनिटाईजरको प्रयोगले कोरोना भाईरससँग जुध्न सहज हुने विश्वास व्यक्त गरे… पुरा पढौ