समाचार

कास्कीका ७० सहित गण्डकीका १२३ जनामा कोरोना संक्रमण

कार्तिक १७ पोखरा । गण्डकी प्रदेशमा सोमबार १२३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ८ जिल्लाका ८७८ जनामा गरिएको परिक्षणमा उनिहरुमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।योसंगै प्रदेशभर कोरोना संक्रमितको संख्या ७ हजार ८६३ पुगेको छ । निर्देशनालयका अनुसार सोमबार कास्कीमा ७० जना कोरोना संक्रमित फेला परेका छन् ।जिल्लाका २९६ जनामा गरिएको परिक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । यस्तै गोरखाका ३७१ जनामा गरिएको परिक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।… पुरा पढौ

कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नजिक

कार्तिक १७ काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या झण्डै एक हजार नजिक पुगेको छ । सोमबार नेपालका विभिन्न जिल्लाका २४ जनाको संक्रमणका कारण ज्यान गुमेसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या झण्डै एक हजार नजिक पुगेको हो । हाल सम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउने संक्रमितको संख्या ९८० छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या बढेर १ लाख ७६ हजार पाँच सय पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाबाट २ हजार ९ सय ३३ जना… पुरा पढौ

पानी ट्याङ्कीमा डुबेर युवतीको मृत्यू

पोखरामा पानी ट्याङ्कीमा डुबेर एक युवतीको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित खड्गबहादुर गुरुङको घरमा डेरा गरि बस्ने रोल्पा लुङ्गे गाउँपालिका वडा नम्बर ७ घर भएकी दिलमाया मगरको पानी ट्याङ्कीमा डुबेर मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पानी ट्यांकीमा डुबेको भन्ने खबर प्राप्त गर्नासाथ पुगेको प्रहरी टोलीले मगरलाई मृत अवस्थामा ट्यांकीबाट निकालेको प्रहरीले बताएको छ । घट्नाको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ । पुरा पढौ

मुख्यमन्त्रीको निर्देशनपछि खुल्यो करापुटार–भञ्ज्याङहुँदै मालिङ पुग्ने बाटो

अविरल वर्षाले पहिरो गएर अबरुद्ध लमजुङको रामबजारपदेखि मालिङ पुग्नेबाटो मुख्यमन्त्रीको निर्देशनपछि मर्मतसम्भार गरेर खुलाइएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाटोको स्थलगत अनुगमन पछि बाटो खुलाउन दिएको निर्देशनपछि लमजुङको रामबजारदेखि करपुरटार–भन्ज्याङ–डढुवा–गिलुङहुँदै मालिङ जाने बाटो खुलेको छ । वर्षा याममा ठाउँठाउँमा गएको पहिरोले क्षतविक्षत भएको बाटो खुलेपछि स्थानिय हर्षित भएका छन् । पहिरो गएर अबरुद्ध भएको बाटो नखुल्दा स्थानियले समस्या भोगिरहेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङ गत असोज १६ गते भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरुको टोलीसहित… पुरा पढौ

आँखाका बिरामी बढ्दै

रोल्पामा आँखाका बिरामी बढेका छन् । वायु प्रदूषण र मोबाइलको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएपछि जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचारका लागि जानेको चाप बढेको छ ।विसं २०७५ मा तीन हजार ३९० जना बिरामीले आँखा परीक्षण गराएका थिए । यसरी परीक्षण गराएका मध्ये ६२ जनाले सामान्य शल्यक्रिया गरेका थिए । आँखामा मोतियाविन्दुको समस्या देखिएका १६८ जनाले शल्यक्रिया गरेका हुन् । गत वर्ष चार हजार ५६१ जनाले आँखाको परीक्षण गराएका थिए । यसरी परीक्षण गराएकामध्ये ११५ जनाले सामान्य शल्यक्रिया गरेका थिए… पुरा पढौ

घरवासमा घुम्न आउने पर्यटक बढ्दै

जिल्लाको राइनास नगरपालिका ९ स्थित राइनासकोट घरवास होमस्टे घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो । राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र कोरोनाका सङ्क्रमणको त्रासले पर्यटकलाई घरवासमा बाँस बस्न भने नदिएकोे बताए । उनका अनुसार दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । घरवासमा आएका पर्यटकहरुमध्ये अधिकांशले घरवासमा बस्ने चाहना राख्दै आएपनि कोरोनाको… पुरा पढौ

गण्डकी प्रदेशमा थप ९९ जनामा कोरोना संक्रमण

कार्तिक १७ पोखरा । गण्डकी प्रदेशमा थप ९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले सोमाबार दिउँसो १२ : ३० बजे विज्ञप्ती जारी गर्दै उनीहरुमा संक्रमण पुष्टि गरेको हो । क्षयरोग उपचार केन्द्र, पोखरा, लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लि. पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्की, गोरखा, लमजुङ, बाग्लुङ, तनहुँ, नवलपुर वर्दघाट सुस्ता पूर्व र स्याङ्जामा गरि ९९ जनामा कोरोना संक्रमण भेटिएको निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसा कास्कीको पोखराका ६० जना संक्रमित… पुरा पढौ

पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने : मन्त्री फुयाँल

वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको प्रतिबद्धता रहेको बताएका छन् । उनले आज रासससँग कुराकानी गर्दै प्रदेशका १३ वटै जिल्लामा रहेको पुरानो तुइनलाई विस्थापित गरी उक्त स्थानमा चालू आर्थिकभित्र नै झोलुङ्गे पुल निर्माण गर्ने सरकारको प्रतिबद्धता रहेको बताएका छन् ।“यसका लागि भौतिक पूर्वाधार मन्त्रालयले प्राविधिक टोली जिल्ला÷जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको छ”, उनले भने, “प्राविधिक प्रतिवेदन आउनसाथ सोही अनुरुप आवश्यक कार्य अगाडि बढाइनेछ ।” मन्त्री फुयाँलले उपत्यकाबाहेक… पुरा पढौ

मातृ शिशु मितेरी अस्पतालमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनमा

प्रभु बैंक लिमिटेडले मातृ शिशु मितेरी अस्पतालमा एक्सटेन्सन काउण्टर सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका १६ बाटुलेचौरमा रहेको यस अस्पतालमा गरिब तथा विपन्न वर्गका जनताले सुविधा लिदै आइरहेका छन् ।सो काउन्टरबाट ग्राहक ले बैंकको सम्पूर्ण सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । काउण्टर को उद्‍घाटन गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर २ क सांसद कृष्ण थापाले गर्नुभएको थियो । ए.टि.एम.को उद्‍घाटन भने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष उषा बरूवाले गर्नुभएको थियो । काउण्टर बाट ग्राहकले ए.टि.एम्. सुविधा पनि पाउने छन् । कार्यक्रममा… पुरा पढौ

कोरोना सङ्क्रमितका लागि १०४ श्ययामा अक्सिजन पाइप जडान

कोभिड– १९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ । पोखरामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि रु १९ लाख बजेट छुट्याएर काम अगाडि बढाएको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिइन । “हामीले तत्कालको विषम् अवस्थालाई ध्यान दिएर १०४ श्ययाका लागि अक्सिजन पाइप जडान गरेर सङ्क्रमितको उपचारका लागि प्रयास थालेका हौँ”, उनले भनिन् । उपप्रमुख गुरुङका अनुसार पोखरा स्वास्थ्य… पुरा पढौ