गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले वृद्धाश्रम गएगुज्रेको ठाउँ भएको टिप्पणी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले, नर्सिङ तथा समाजिक महाशाखाले पोखरामा आयोजना गरेको ‘जेष्ठ नागरिकको स्वास्थ्य अवस्था र नीतिगत अवस्था’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले वृद्धाश्रम गएगुज्रेको ठाउँ भएकाले त्यहाँ कोहिपनि जाने अवस्था बनाउन नहुने बताएका हुन् । के हामी वृद्धाश्रममा बस्न सक्छौं ? प्रश्न गर्दै उनले भने,‘पक्कैपनि सक्दैनौं र चाहँदैनौं पनि ।’ उनले वृद्धाश्रम कसैको जन्म दिन, वैवाहिक वर्षगाँठ, पून्य तिथि वा त्यस्तै…
पुरा पढौ