समाचार

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७३ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ तहको चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परीक्षामा ७३ दशमलव ३ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलले शुक्रबार र शनिबार पाँच चरणमा परीक्षा लिएको थियो। परीक्षामा ८ सय ३९ जना सहभागि भएका थिए। जसमा ६१५ जना उत्तीर्ण भएका छन्। कुल सहभागिमध्ये २२४ जना अनुतिर्ण, ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको छ। काउन्सिलले यसपटक कम्प्युटरमा आधारित परीक्षा लिएको थियो। पुरा पढौ

उवा महासंघ निर्वाचनको सबै नतिजा घोषणा, वरिष्ठ उपाध्यक्षमा ढकाल बिजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन्। उवासंघको ५४ औ बार्षिक साधारण सभामा सनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन्। वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्। महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ। ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए।त्यस्तै ३०… पुरा पढौ

आज चिनियाँ रक्षामन्त्री वेइ फेङहो नेपाल आउँदै

चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे क्रममा आज (आइतबार) नेपाल आउँदैछन्। उनी एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आज काठमाडौँ आउन लागेका हुन्। एकदिवसीय कार्यगत भ्रमणका लागि नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री फेङ होले काठमाडौँमा ८ घण्टा रहनेछन्। काठमाण्डौं बसाईमा फोङ होले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका छन्।उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत भेट गर्ने कार्यक्रम छ। चिनियाँ रक्षामन्त्रीको आज… पुरा पढौ

अनेरास्ववियूका नेता सापकोटाले जन्म दिनमा दान गरे शरिर

नेकपा निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (अनेरास्ववियू)का केन्द्रीय सचिवालय सदस्य क्षितिज सापकोटाले आफ्नो सम्पूर्ण शरिर (ध्जयीभ् द्ययमथ) दान गरेका छन् । नेकपा कास्कीका जिल्ला सदस्यसमेत रहेका विद्यार्थी नेता सापकोटाले जन्म दिनको अवसर पारेर मृत्यूपछिको शरिरलाई चिकित्सा विज्ञानको लागि प्रयोग गर्न पाउने गरि शरिर दान गरेका हुन् । शुक्रबार जन्म दिन परेका सापकोटाले सोहि दिन काठमाडौं पुगेर शरिर दानका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज मेकिडल क्याम्पसको एनोटोमी विगामा निवेदन दिएका थिए । शुक्रबार नै निवेदन दिएपनि प्राविधिक कारणले… पुरा पढौ

गण्डकी प्रदेशमा शनिबार १७६ जनामा कोरोना संक्रमण, ४८४२ जना आइसोलेसनमा

मंसिर १३ पोखरा । शनिबार पोखराका ९८ सहित गण्डकी प्रदेशमा १७६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ५६४ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ पुरुष र ७५ जना महिला थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिनेमा कास्कीका ९८ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् । यस्तै लमजुङका २३, तनहुँका २१, गोरखाका १३, नवलपुर वर्दघाट सुस्ता पूर्वका ९, बाग्लुङका ४, स्याङ्जाका ३, मुस्ताङ र पर्वतका २–२ र म्याग्दीका १ जना छन् । योसंगै प्रदेशभर… पुरा पढौ

पोखराका २ सहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

मंसिर १३ पोखरा । पोखरामा कोरोना संक्रमणबाट शनिबार थप ४ जनाको मृत्यु भएको छ । संक्रमणबाट कास्कीको पोखरा महानगरकाका २ जना पुरुष, लमजुङका १ जना पुरुष र तनहुँकी १ महिला गरि ४ जना संक्रमितको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १५ का ५२ वर्षिय पुरुष र पोखरा १० का ६९ वर्षिय पुरुषको शुक्रबार मृत्यु भएको हो । पोखरा–१५ का पोखरा १५ का ५२ वर्षिय पुरुषमा… पुरा पढौ

कास्कीकोटमा स्वास्थ्य चौकी बनाउन शुरु

पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा स्वास्थ्य चौकी भवन बनाउन शुरु भएको छ । प्रविधिमैत्री स्वास्थ्य चौकी बनाउने उद्धेश्यसहित निर्माण गरिन लागेको स्वास्थ्य चौकी भवनको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे । कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले स्थानियबासी, वडा, सम्बन्धित निकाय हातेमालो गर्दै अगाडी बढ्नुपर्ने खाँचो औंल्याए । करदाताबाट कर संकलन गरेर सो कर स्थानिय जनताकै सुविधाका लागि खर्च गर्ने नीति भएकाले महानगरले जनताको हितका लागि खर्च गर्न कन्जुस्याई नगर्ने बताए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस… पुरा पढौ

कोरोनाबाट लमजुङका बृद्धको पोखरामा मृत्यु

मंसिर १३ पोखरा । पोखरामा उपचाररत लमजुङका एक ८५ वर्षिय कोरोना संक्रमितको बृद्धको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत लमजुङको मध्य नेपाल नगरपालिका–६ का ८५ वर्षिय बृद्धको आज दिउँसो २ : ९ मा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । उनमा गत कार्तिक २८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । यो सगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५२ पुगेको छ । पुरा पढौ

शनिबार ५१५ कोरोना संक्रमणमुक्त, १३८० मा कोरोना संक्रमण

मंसिर १३ पोखरा । नेपालमा शनिबार कोरोनामुक्त हुनेभन्दा नयाँ संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय १५ जना संक्रमणमुक्त र सोही अवधीमा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३६८ जनामा गरिएको परीक्षणमा ८३४ पुरुष र ५४६ महिलामा पाइएको हो । यो संगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ रहेको छ भने हालसम्म संक्रमण हुनेको संख्या २ लाख ३० हजार ७२३… पुरा पढौ