समाचार

देशभरको कोरोना अपडेट : १० हजार ५ सय ७५ जना होम आइसोलेसनमा, ३ सय ८९ जना आइसीयु र भेन्टिलेटरमा

बिहीबारसम्मको तथ्यांकमा देशभर १० हजार ५ सयभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयको तथ्यांकमा१६ हजार ६ सय ३९ जना सक्रिय संक्रमितमध्ये १० हजार ५ सय ७५ जना होम आइसोलेसनमा रहेको जनाइएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ६ सय १९ जना होम आइसोलेसनमा छन्। त्यस्तै, प्रदेश १ मा १ हजार ४ सय ५९, प्रदेश २ मा २ सय ८३, लुम्बिनी प्रदेशमा ३ सय ४४, सुदूरपश्चिम प्रदेशमा २ सय ४३, गण्डकी प्रदेशमा ५… पुरा पढौ

पछिल्लो ११ दिनमा १९१ कोरोना संक्रमितको मृत्यु (कुन महिनामा कति ? सूचीसहित)

पछिल्लो ११ दिनमा मात्र १ सय ९१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। जबकी कात्तिक महिनाको यत्ति नै अवधिमा १ सय ६१ जना संक्रमितको मृत्यु भएको थियो। असोजको ११ गतेसम्मको तथ्यांक अनुसार पनि ९८ जना संक्रमितको मात्र मृत्यु भएको थियो। बिहीबार मात्र २३ जना संक्रमितको मृत्यु भएको छ। यसअघि बुधबार मृतकको संख्या २८ थियो। स्वास्थ्य खबरमा समाचार छ । पुरा पढौ

गृहमन्त्रालयले महोत्तरीमा गोली चलाएकोबारे छानबिन गर्ने

मंसिर ११ काठमाडौं । महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रर्दशनमा एक जनाको ज्यान जाने गरि प्रहरीले चलाएको गोलीका विषयमा छानविन हुने भएको छ । बालिका हत्याको विषयमा आक्रोसित स्थानिय प्रर्दशनकारी र प्रहरीविचको झडपका क्रममा प्रहरीले चलाएको गोलीका विषयमा छानविनका लागि उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो । साथै मन्त्रालयले गुलाबसा खातुनको हत्यामा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । मृतक खातुन र प्रर्दशनका क्रममा मृत्यु भएका बुद्धिराज न्यौपानेको परिवारलाई उचित राहात… पुरा पढौ

शेयर बजारमा नयाँ कीर्तिमान कायम

मंसिर ११ पोखरा । शेयर बजार परिसूचक नेप्सेले सबै कीर्तिमान तोडेको छ । नेप्सेले बिहीबार परिसूचक र कारोबार रकम दुबैको झण्डै दुई वर्षअघिको १८ सय ८१ विन्दुको रेकर्ड तोडेको हो । साताको अनितम दिन आज बजार १८.४३ अंकले बढेर १८९३.३४ विन्दुमा अडिएको छ । आज बजार खुलेको डेढ घण्टामै ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । सवा १२ बजे उच्चतम विन्दु चुमेको (१९२६.९२) बजार त्यसपछि ओरालो लाग्न थाल्यो । १ बजेर ५ मिनेटमा १९०१.७१ विन्दुमा पुगेको थियो । १… पुरा पढौ

एकेडेमिया कन्सल्टिङको ट्रेडिङ फ्लोर सुरु

मंसिर १२ पोखरा । सेयर मार्केट सम्बन्धी काम गर्दै आइरहेको एकेडेमिया कन्सल्टिङ प्रा. लिले एकेडेमिया ट्रेडिङ फ्लोरको सुरुवात गरेको छ । पोखराको चिप्लेढुंगामा कार्यालय रहेको एकेडेमिया कन्सल्टिङले सेवाग्राहीलाई सम्पूर्ण सेयर सम्बन्धी जानकारी दिने उद्देश्यले एकेडेमिया ट्रेडिङ फ्लोरको सुरुवात गरेको हो । सेयर बजारमा नयाँ कीर्तिमान कायम गरेको दिन पारि सेयर मार्केटको क्षेत्रमा लामो समयदेखी संलग्न ६ जनको समुहबाट सञ्चालित सो संस्थाले अध्ययन अनुभवका आधारमा सेवा प्रवाह गर्ने संस्थाका फ्लोर म्यानेजर मनोज पौडेलले जानकरी दिए । उनले भने, ‘नेपालमा नै पहिलो… पुरा पढौ

पोखरामा आफ्नै छोरीलाई वलात्कार गरेको आरोपमा बुबा पक्राउ

पोखरामा आफ्नै छोरीलाई वलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । आफ्नै १३ वर्षिया नाबालिका छोरीलाई वलात्कार गरेको आरोपमा ३९ वर्षिय बुबा पक्राउ परेका हुन् । वलात्कार आरोप लागेका पुरुष सौतेनी बुबा नभई वलात्कृत नाबालिकाकी सहोदर बुबा भएको प्रहरी श्रोतले बताएको छ । विगत ३÷४ वर्षदेखि ललाईफकाई तथा डर धम्की देखाई वलात्कार गर्दै आएको रहेछ,‘जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले भने,‘अस्ति त होटलमै लगेर करणी गरेपछि घट्ना बाहिर आएको हो ।’ उनले घट्नाबारे थप भन्न… पुरा पढौ

गण्डकी प्रदेशमा घट्दै सक्रिय सङ्क्रमित, २४ घण्टामा थप २ जनाको मृत्यु

मंसिर ११ पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेर ४ हजार ६६९ पुगेको छ । गएको २४ घण्टामा एक सय ४६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोनामुक्त हुनेको सङ्ख्या छ हजार ७४० पुगेको छ । यस्तै सोही अवधीमा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ हजार ५५३ पुगेको छ । गएको २४ घण्टामा ६२४ जनाको पीसीआर परीक्षणमा ४८… पुरा पढौ

भारतीय विदेश सचिव श्रृंगला भेटवार्तामा व्यस्त, प्रधानमन्त्रीसंग शिष्टाचार भेट

मंसिर ११ काठमाण्डौं । नेपालको दुई दिने भ्रमणमा आएका भारतका विदेशसचिव हर्षबर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक मा सहभागी हुन नेपाल आएका उनले उनले प्रधानमन्त्रीसंग बालुवाटारमा भेटवार्ता गरेका हुन् । नेपाल ओर्ले लगत्तै भेटवार्तामा व्यस्त भएका उनले यस अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका थिए । उनी होटेल याक एन्ड यतिमा भएको द्विपक्षीय बैठक सम्पन्न गरी सचिव श्रृंगला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट… पुरा पढौ

बर्दिबास घटनामा अत्याधिक बल प्रयोग भएको एम्नेष्टी इन्टरनेशनल नेपालको ठहर

मंसिर ११ काठमाण्डौं । महोत्तरीको बर्दिबासमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ । सो घटनाका सम्बन्धमा एम्नेष्टी नेपालका निर्देशक निराजन थपलियाले भने, ‘नेपालमा प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीहरूद्वारा मृत्यु र गम्भीर घाइते हुनेगरी प्रदर्शनकारीमाथि बलको अत्यधिक प्रयोग गरेको यो अर्को घटना एकदमै चिन्ताजनक छ ।’ घटना छानबिन गरी दोषीलाई कार्वाही गर्न पनि थपलियाले माग गर्दै भनेका छन्, ‘यो घटनाको तत्काल छानबिन गरिनुपर्दछ र यसमा जिम्मेवारलाई जवाफदेही बनाउने कुरा सुनिश्चित गर्नका लागि आवश्यक कदम चालिनु पर्दछ ।… पुरा पढौ

पछिल्लो २४ घण्टामा १४३७ संक्रमणमुक्त

मंसिर ११ काठमाडौं । नेपालमा कोरोना हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा १ हजार ६१४ जनामा कोरोना संक्रमण पाइएको छ । योसहित देशभर कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४९१ जनामा गरिएको परीक्षणमा ९७४ पुरुष र ६४० महिलामा कोरोना संक्रमण पाइएको हो । त्यस्तै पछिल्लो… पुरा पढौ