समाचार

दोबिल्ला पुल संरक्षणका लागि टेण्डर आह्वान

पोखरा १७, २१ र ३३ लाई जोड्ने मेरुदण्डको रुपमा रहेको दोविल्ला खोलाको पुल संरक्षण गरिने भएको छ । स्थानिय जनताको मागलाई सम्बोधन गर्दै सडक डिभिजन कार्यालय पोखराले दोविल्ला खोलाको पुल संरक्षण गर्ने प्रक्रिया अगाडि बढाएको हो । पुल संरक्षणका लागि टेण्डरसमेत खुलाइएको छ । पुल संरक्षणका लागि २ करोड रुपैयाँको टेण्डर भएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । त्यसैगरी पोखरा २१ रङेखोला दोविल्लामा कलवर्ट निर्माण कार्यको प्रक्रिया पनि सुरु गरिने भएको छ । बर्खा याममा खोला बढ्दा पुल जोखिममा… पुरा पढौ

देशैभर दीपावलीका साथै महालक्ष्मीको पूजा आराधना गरिँदै

कार्तिक २९ पोखरा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज साँझ देशैभर दीपावलीका साथै धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिएको छ । तिहारको दोस्रो दिन आज हिन्दू धर्मावलम्बीहरुले बिहान कुुकुर तिहार र साँझ दीपावलीका साथै धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरेका हुन । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी… पुरा पढौ

शनिबार २५०३ डिस्चार्ज, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२१५ पुग्यो

कार्तिक २९ पोखरा । नेपालमा हालसम्म एक लाख ७० हजार बढी कोरोना संक्रमित संक्रमण मुक्त भई ‘डिस्चार्ज’ भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोही अवधीमा थप एक हजार नौ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण हुनेको संख्या दुई लाख आठ हजार दुई सय ९९ पुगेको छ । यस्तै पछिल्लो… पुरा पढौ

गण्डकीमा कोरोनाबाट ज्यान गुमाउने संख्या १२३ पुग्यो, पोखरामा थप ४ जनाको मृत्यु

कार्तिक २९ पोखरा । कोरोना संक्रमणबाट कास्कीको पोखरा र स्याङ्जाका पाँच जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरका चार जना र स्याङ्जाको वालिङ नगरपालिका–१४ का एक जना पुरुष छन् । निर्देशनालयका अनुसार पोखराको गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत पोखरा–१४ ६३ वर्षिय पुरुष, सोही अस्पतालमा उपचाररत स्याङ्जाकाको वालिङका २४ वर्षिय पुरुष छन् । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा–२६ का ७२ वर्षिय महिला र पोखरा–१८ का ४८ वर्षिय… पुरा पढौ

पोखरामा कोरोनाबाट थप दुई जनाको मृत्यु

कार्तिक २८ पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा उनीहरुको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकोनिर्देशनालयका अनुसार केन्द्रमा उपचाररत पोखरा–२६ का ७२ वर्षिय महिला र पोखरा–१८ का ४८ वर्षिय पुरुषको मृत्यु भएको हो । गत कार्तिक २८ गते कोरोना संक्रमण भएकी महिलाको आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनमा कोभिड सहित निमोनिया तथा स्वास प्रस्वासमा समस्या रहेको थियो । यस्तै केन्द्रमा… पुरा पढौ

प्रदेश २ मा ‘प्रदेश परिवहन’ सञ्चालनको तयारी

कार्तिक २९ जनकपुर । प्रदेश नम्बर दुई सरकारले आफ्नै सरकारी बस सञ्चालन गर्ने भएको छ ।प्रदेशको पूर्वी शहर राजविराज र पश्चिमी शहर वीरगञ्जलाई अस्थायी राजधानी जनकपुरधाम जोड्ने सरकारी बस सञ्चालनको तयारी गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । ‘प्रदेश परिवहन’ नाम दिएको सो सरकारी बस सेवा सञ्चालनका लागि प्रदेश सरकारले े ५ वटा बस खरिद गरिसकेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बताए ।प्रदेश सरकारको निति अुसार सञ्चालन गर्न लागिएको बस सेवा चाँडै नै सुरु हुने गरि कार्यविधी तयार भइसकेको… पुरा पढौ

श्रीमति र छोरीमाथि एसिड प्रहार

कार्तिक २९ धनुषा । धनुषामा एक व्यक्तिले आफ्नै श्रीमति र छोरीलाई एसिड प्रहरा गरेका छन् ।एसिड प्रहारबाट जिल्लाको जनकपुर उप–महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने दुई जना आमा छोरी घाइते भएका छन् । पछिल्लो समय समय श्रीमति आरतीसंग छुट्टै बस्दै आएका सन्दिप साहले श्रीमति र तीन बर्षीया छोरी रियामाथि शनिबार बिहान एसिड प्रहार गरेका हुन् । एसिडले आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको २० प्रतिशत शरीर जलेको प्रहरीले जानकारी दिएको छ ।… पुरा पढौ

पोखराका १४५ सहित थप २१० जनामा कोरोना संक्रमण

कार्तिक २९ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २८५ पुगेको छ । शनिबार कास्की सहित विभिन्न जिल्लका थप २१० जना कोरोना संक्रमित थपिएका छन् । लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पाइएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । निर्देशनालयका अनुसार कास्कीको पोखरा सहित माद र अन्नपुर्ण गाउँपालिकाका एक सय ४८ जनामा संक्रमण पाइएको हो । जसमा अन्नपूर्णका ३ र मादीका एक… पुरा पढौ

कोरोनाबाट पोखरा र स्याङ्जा तीन जनाको मृत्यू

कोरोना संक्रमणबाट पोखरामा तीन जनाको मृत्य भएको छ । संक्रमणबाट मृत्यु हुनेमा कास्कीको पोखरा महानगरका दुई र एक जना स्याङ्जाको वालिङ नगरपालिका–१४ का एक जना पुरुष र रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।निर्देशनालयका अनुसार पोखराको गण्डकी मेडिकल, पोखरामा उपचाररत पोखरा–१४ ६३ वर्षिय पुरुषको शनिबार बिहान ९ ः५५ बजे मृत्यु भएको हो । उनमा कोभिड सहित मधुमेह, उच्चरक्तचाप लगायतका समस्या रहेको जनाइएको छ । उनमा कार्तिक १९ गते संक्रमण पुष्टि भएको थियो ।त्यस्तै सोही अस्पतालमा उपचाररत स्याङ्जाका… पुरा पढौ

हेलो नेपालको टावरमा आगजनी

डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ । आगजनी कसले ग¥यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी… पुरा पढौ