समाचार

कास्कीमा काँग्रेसको प्रदर्शनको तयारी पूरा

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ । वडा तह देखि नै प्रदर्शन केन्द्रीत भएर तयारी गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेका छन् । पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत पोखरामा वीपी चोकबाट प्रदर्शन शुरु हुने कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । प्रदर्शन महेन्द्रपुल हुँदै पृथ्वीचोकमा पुगेर विरोध सभामा परीणत हुने छ ।… पुरा पढौ

नौ महिनापछि काठमाडौँ–दिल्ली उडान

कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका… पुरा पढौ

जापानमा एकै दिनमा अहिलेसम्मकै धेरै एकैदिनमा ३ हजारभन्दा बढी कोरोना संक्रमित

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका छन् । जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो । सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ । यो सँगै जापानमा अहिलेसम्म संक्रमण हुने… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३३३३ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय नाघेको छ । आइतबार दिउँसो १ बजेसम्म निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका ५३ सहित प्रदेशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशभर कोरोना संक्रमण हुनेको संख्या १३ हजार ३३३ पुगेको हो । निर्देशनालयका अनुसार कास्कीका संक्रमितमध्य रुपा गाउँपालिकाका ४ जना र मादी गाउँपालिकाका ८ जना छन् बाँकी पोखरा महानगरका विभिन्न वडाका हुन् । यस्तै तनहुँका ११, बाग्लुङका ६, लमजुङका ५, स्याङ्जाका ४, गोरखा , म्याग्दी… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८४ पुगेको छ । पछिल्लो क्रममा तनुहँको म्याग्दे गाउँपालिका–२ का ६० वर्षिय पुरुषको मृत्यु भएसंगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत उनको आइतबार बिहान साढे ९ बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पुरा पढौ

अखाद्य अमिलो नष्ट

यहाँ कृत्रिमरुपमा अमिलो (चुक) बनाउने काम बढ्दै गएको छ । कर्न फ्लोर, साइटिक एसिड, क्यारामेल रङ, सोडियम बेन्जोएट र कृत्रिम बास्ना राखी चुक तयार गरिएको पाइएको छ । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा अखाद्य चुक नष्ट गरिएको छ । प्रहरीले कावासोतीबाट बरामद गरेको एक हजार २६० लिटर चुक घरेलु तथा साना उद्योग कार्यालयमार्फत नष्ट गरिएको हो । बरामद गरिएको चुक अमिलोको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको थियो । परीक्षणका क्रममा प्राकृतिक अमिलोबाट चुक बनाएको नपाइपछि… पुरा पढौ

कोरोनाबाट पोखराकी ७४ वर्षिया बृद्धाको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण पोखराकी ७४ वर्षिय बृद्धाको मृत्यु भएको छ । पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा–१७ की बृद्धाको शनिबार राती ८ः४० मा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । उनमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । पुरा पढौ

पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा छरियो शतबीज

मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । त्रयोदशीको रातभर शनिबार भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा महादीपदान गरेका थिए । पशुपति क्षेत्रमा भने यस वर्ष महादीपदान गर्न निषेध गरिएको थियो । त्रयोदशीदेखि नै लाखौँ भक्तजन आउने पशुपति क्षेत्र कोरोना महामारीका कारण यस वर्ष शनिबार राति भने सुनसान प्राय देखिएको थियो । त्रयोदशीको राति बत्ती बाल्न निषेध गरिएको पशुपति क्षेत्रका मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा आज शतबीज छर्न भने… पुरा पढौ

मुठ्ठीदानबाट बालोद्यान

कोरोना कहर जारी रहँदा बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक बिद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान सम्पन्न भएको छ । जनसहयोगी युवा सञ्जालमा आवद्ध उत्साही युवाको परिश्रमले सो उद्यान निर्धारित समयअगावै सम्पन्न भएको हो । करिब सात महिना लगाएर युवाले बनाएका मनोरम उद्यानमा विभिन्न प्रकारका पूmल र अन्य बिरुवा रोपिएका छन् । विद्यालय, बन्दव्यापार र सामाजिक गतिविधिसमेत ठप्प भएका बेला रचनात्मक काम गर्ने लहडले सञ्जालआबद्ध युवाले गत जेठमा बालउद्यान निर्माण शुरुआत गरेका थिए । “हामीले त चाँडै सक्ने भनेर काम थालेका थियौँ ।… पुरा पढौ

देवघाटमा सतबीज छर्ने भक्तजन न्यून

आज बालातुर्दशीको दिन देवघाटधाममा न्यून मात्रामा भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट आएका हुन् । कोरोनाको जोखिम यथावत रहेका बेला भक्तजनको भीड हुने भएकाले नआउन क्षेत्र विकास समितिले आग्रह गरेको थियो । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले गत वर्षको अनुपातमा आज २० देखि २५ प्रतिशत मात्र भक्तजन देवघाटमा सतबीज छर्नका लागि आएको बताउनुभयो । उहाँले आएका भक्तजनका लागि बिजुलीबत्ती, पानी र सुरक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो । सरकारले नै… पुरा पढौ