समाचार

गण्डकीमा ४८ सय बढी सक्रिय संक्रमित, थप २ सयमा कोरोना पुष्टि

कार्तिक २७ पोखरा । गण्डकी प्रदेशमा चार हजार आठ सय बढी सक्रिय संक्रमित रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । प्रदेशमा हालसम्म संक्रमण पुष्टि भएका नौ हजार ९०३ जना मध्य चार हजार ९७९ जना डिस्चार्ज र ११४को मृत्यु भएसंगै सक्रिय संक्रमितको चार हजार ८१० भएको हो । पछिल्लो २४ घण्टामा ६४७ जनामा गरिएको परीक्षणमा आज थप दुई सय जनामा कोरोना संक्रमण पाइएको छ । आज थपिनेमध्य सबैभन्दा बढी कास्कीको पोखराका ६३ र रुपा गाउँपालिकाका ६ गरि ६९ जना… पुरा पढौ

झण्डै ७ लाख नक्कली नोटसहित तीन जना पक्राउ

कार्तिक २७ सिराहा । ठूलो परिणामको नक्कली नोट सहित सिराहाबाट तीन जना पक्राउ परेका छन् । सिराहाको गोलबजार नगरपालिका–६ लामाटोलबाट जिल्ला प्रहरी कार्यालय सिराहाले झण्डै ७ लाख बराबारको नक्कली नोट सहित तीन जनालाई नियन्त्रणमा लिएको हो । बिहीबार दिउँसो विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुको साथबाट ६ लाख ८४ हजार बराबारको नक्कली नोट बरामद गरेको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए । सो मध्ये ३ लाख नक्कली नोट पूर्ण रुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी कागजमा प्रिन्ट गरी… पुरा पढौ

फेवातालको विवाद कहिल्यै नउठ्ने गरी समाधान गर्न चाहन्छौं : संयोजक पौडेल

नेपाल सरकार, फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पूण्य पौडेलले फेवातालको विवाद कहिल्यै नउठ्नेगरी समाधान गर्न चाहेको बताएका छन् । नेपाल सरकार, फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको विहीबार पोखरामा आयोजित पहिलो बैठकको अध्यक्षता गर्दै संयोजक पौडेलले भने,‘हामी फेरि कहिल्यै विवाद नउठ्ने गरी फेवातालको समस्या समाधान गर्न चाहन्छौं ।’ उनले आफू नेतृत्वको समितिले फेवा विवादको अन्त्य गरि सिमाङ्कन र नक्साङ्कन गर्न सफल हुनेमा आफू ढुक्क रहेको बताए । संयोजक पौडेलले समितिको मुख्य काम भनेको फेवातालको सिमाङ्कन नै… पुरा पढौ

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा पुनः रोक

कार्तिक २७ काठमाडौं । हङकङले नेपाल एयरलाइन्स (वायुसेवा निगम) को उडानलाई पुनः रोक लगाएको छ । यही ९ नोभेम्बरमा निगमको उडानमार्फत हङकङ पुगेका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ पाइएपछि उडानमा रोक लागेको हो । हङकङले निगमलाई २५ नोभेम्बरसम्म रोक लगाएको छ । उडानमा रोक लागेसंगै निगमको यसअघि पूर्वनिर्धारित १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध भएका छन् । यसअघि पनि नेपाल एयरलाईन्स यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि दुई पटकसम्म प्रतिबन्धमा परेको थियो ।ु पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : सीमामा लगाइँदै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो

कात्तिक २७ काठमाण्डौ । सरकारले सीमा नाकामा लगाउँदै आएको प्रतिवन्धलाई मंसिर मसान्तसम्म कायम राख्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले गत चैत ११ गतेबाट सीमा नाकामा लगाएको प्रतिवन्ध मंसिर ३० सम्मलाई यथावत राखिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले जानकारी दिए । यस्तै, सरकारले नेपालमा नै रसायनिक मल कारखानाको स्थापना गर्ने निर्णय गरेको छ ।सरकारले त्यसका लागि कारखानाको सम्भाब्यता, लगानीको मोडल र कारखानासंग सम्बन्धित सबै विषयको अध्ययनका लागि अर्थमन्त्री… पुरा पढौ

प्रधानमन्त्री निवासमै अत्याधुनिक हेलिप्याड

प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सङ्खुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले हवाई… पुरा पढौ

फेवातालको ६५ मिटर मापदण्ड बर्खाको समयमा तालको सतह बढेको बेलाको किनारबाट हो : मेयर जिसी

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले फेवातालको ६५ मिटर मापदण्ड बर्खाको समयमा तालको सतह बढेकै बेलाको भएको बताएका छन् । नेपाल सरकार, फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको विहीबार पोखरामा आयोजित पहिलो बैठक चलिरहँदा पत्रकारसँग संक्षिप्त कुरा गर्दै महानगर प्रमुख जिसीले फेवातालको ६५ मिटर मापदण्ड हिउँदको समयमा ताल घटेको बेला नभई बर्खाको समयमा तालको सतह बढेको बेलाको कनिारालाई आधार मानिएको दाबी गरेका हुन् । उनले पोखरा महानगरपालिकाले हालै प्रदेश सरकार र नापी कार्यालयसँगको सहकार्यमा तयार पारेको प्रतिवेदनपनि फेवातालको ६५ मिटर… पुरा पढौ

फेवातालको अतिक्रमित जग्गा मालपोत ऐन अनुसार फिर्ता गरिन्छ : मन्त्री अर्याल

भूमि सुधार मन्त्री पद्मा अर्यालले फेवातालको अतिक्रमित जग्गा मालपोत ऐन अनुसार फिर्ता ल्याइने बताएकी छन् । नेपाल सरकार, फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको विहीबार पोखरामा आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै उनले फेवातालको जग्गा व्यक्तिका नाममा दर्ता गरिएका दुषित जग्गा सरकारले फिर्ता ल्याएरै छाड्ने उद्घोष गरेका हुन् । तर त्यसका लागि तथ्य र प्रमाण जुटाउनुपर्ने भन्दै काम समितिले ईमान्दारीपूर्वक गर्न निर्देशन दिईन् । उनले विगतमा पटक पटक समिति बनेरपनि निश्कर्षमा नपुगेको कुरालाई हेक्का राख्दै अब यो समितिलाई अन्तिम समिति… पुरा पढौ

कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नजिक

कार्तिक २७ पोखरा । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक हजार दुई सय नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप १५ जनाको मृत्यु भएसंगै संक्रमणबाट हालसम्म ११ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज २ हजार ३ सय ४९ जना डिस्चार्ज भएका छन् । भने थप एक हजार ९१३ जनामा संक्रमण पाइएको छ । नेपालमा आजसम्म ३८ हजार चार सय ६१ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । पुरा पढौ

पोखरा ५ को वडा दर्पण लोकार्पण

कार्तिक २७ पोखरा । पोखरा महानगरपालिका वडा नं.५ द्वारा प्रकाशित वडा दर्पण अंक २ को लोकार्पण वडा बाल मञ्चका अध्यक्ष दिपिका भट्टराईद्वारा गरिएको छ । लोकार्पण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले विकास निर्माणसँग सम्बन्धित लेखहरु, वडाका तथ्य तथ्यांकहरु सहितको यो पुस्तक वडाबासीले हेर्नैपर्ने पुस्तक भएको चर्चा गरे । वडा नं.५ का अध्यक्ष धनबहादुर नेपालीले प्रकाशनलाई निरन्तर गरिने, भए गरेका कामहरुको लिखित दस्तावेजको रुपमा वडा दर्पण पुस्तक रहेको चर्चा गरे । कार्यक्रममा समालोचक श्रीकान्त खतिवडाले प्रकाशनको काम सामान्य नभएको, नागरिकको सूचना पाउने… पुरा पढौ