समाचार

स्व. केसीको योगदानको स्मरण

कार्तिक २९ पोखरा । नेपाली काँग्रेसका सहमन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकार अराजकता, बेइमानी, कुशासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले कोभिड–१९ संक्रमण व्यवस्थापनमा सरकारले बेवास्ता गर्दै आएको भन्दै उनले यो सरकारको स्वास्थ्य क्षेत्रप्रतिको उदासिनता हो भने । प्रतिनिधिसभा सदस्य एवं काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीको स्वर्गारोहणको आज १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधनमा बोल्दै डा. महतले सो कुरा बताएका हुन् । उनले लकडाउनले आर्थिक, सामाजिक, पर्यटन क्षेत्रलगायत समग्र क्षेत्र धरासयी… पुरा पढौ

नेकपामा उत्पन्न विवाद प्राविधिक मात्र भनियो भने ठूलो भूल हुने नेता बरालको चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य रामजीप्रसाद बरालले पार्टीभित्र हाल उत्पन्न विवादलाई प्राविधिक विषयमात्र भनियो भने त्यो ठूलो भूल हुने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसवुकमा शनिबार विहान लामो स्टाटस लेख्दै उनले पार्टीमा हाल देखिएको विवाद प्राविधिक मात्र मान्न नसकिने भन्दै यदि त्यसलाई प्राविधिक विषय मात्र ठानियो भने त्यो महाभूल हुने चेतावनी दिएका हुन् । ओली प्रवृत्तितर्फ ईंगित गर्दै उनले यो भ्रष्टीकरण र केशरजंग प्रवृत्तिकै निरन्तरता भएको टिप्पणी गर्दै उनले भनेका… पुरा पढौ

दम र मुटुको समस्या भएकी ८५ वर्षिया वृद्धाले जितिन् कोरोना

८५ वर्षिया वृद्धालेपनि कोरोना जितेकी छन् । दम र मुटु सम्बन्धी समस्या भएकी पोखरा १० नयाबजारकी वृद्धा जुमकुमारी गुरुङले कोरोनालाई जितेकी हुन् । बृद्धा आमाकी छोरा नेकपा कास्कीका सचिव बखानसिंह गुरुङले आमाले २२ औं दिनमा कोरोना जितेको जानकारी दिए । आमालाई १० वर्षदेखि दम र मुटुको समस्या थियो,‘उनले भने,‘तर आज कोरोनालाई परास्त गर्न सफल हुनुभएको छ, हामी धेरै खुशी छौं ।’ आफूपनि संक्रमित भएपछि आमासँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–अस्पतालमा उपचाररत उनले आमाको स्याहार आफूले नर्सले जस्तै गरेको बताए ।… पुरा पढौ

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज (शनिबार) १ सय १२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो। दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो। नेपाली साहित्यमा देवकोटा… पुरा पढौ

अमेरिकी राष्ट्रपतीय निर्वाचनः जो बाइडेन एरिजोना राज्यमा पनि विजयी

अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन्। यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसकेका बाइडेनको वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो बनेको छ। एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) सहित बाइडेनले अब २ सय ९० इलेक्टोरल कलेज मत प्राप्त गरेका छन्। अमेरिकामा कूल ५ सय ३७ मध्ये २ सय ७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन्। एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त… पुरा पढौ

मंसीरमा भाइटीका लगाउन हुन्छ, हल्लाका पछि नलागौँ – पञ्चाङ्ग निर्णायक समिति

नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसीर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउन हुने दाबी गरेको छ । मंसीरमा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउत हुँदैन भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको समितिले जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गरी मंसीर १५ गतेसम्म चन्द्रमास अनुसार कार्तिक शुक्लपक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेका छन्। वैदिक सनातन हिन्दू धर्मावलम्बीले चन्द्रमास अनुसार नै चाडपर्व मनाउने गर्छन्। मंसीर १५ गतेसम्म कार्तिक शुक्लपक्ष भएकैले विवाहको लग्न… पुरा पढौ

चिल्ड्रेन–नेपालको २४ औं साधारण सभा

चिल्ड्रेन नेपालको २४ औ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्वस्थ्य मन्त्रालयबाट जारी स्वस्थय मापदण्ड अपनाएर आयोजना गरिएको कार्यक्रममा कोषाध्यक्ष शान्त पौडेलले आर्थिक बर्ष ०७६/०७७ को आर्थिक प्रगती प्रतिबेदन प्रस्तुत गरे । त्यसैगरि, संस्थाका कार्यकारी निर्देशक एवं संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले आर्थिक बर्ष ०७६/०७७ को कार्य प्रगति तथा प्रस्ताबित कार्यक्रमहरु प्रस्तुत गरे । कार्यक्रममा कार्यकारी निर्देशक एबं संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले संस्थाका अध्यक्ष भिमलाल गुरुङलाई नेपाल सरकार राष्ट्रिय बाल अधिकार परिषदको सदस्य… पुरा पढौ

संचार मन्त्री गुरुङ भन्छन्, ‘सरकारले कोरोना संक्रमित पत्रकारको निःशुल्क उपचार गर्छ’

संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका संचारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्दै उनले यस्तो बताएको आजको गोरखापत्र दैनिकमा खबर छ। कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उनले बताए । श्रमजीवी पत्रकार र संचारगृहबीच केही माग रहेको उल्लेख गर्दै उनले ती माग पूरा गराउन मन्त्रालयले पहल… पुरा पढौ

पाकिस्तानी सेनाको आक्रमण हुँदा भारतीय ११ जनाको मृत्यु

पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनासँगै बीएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो। जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ। बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परेर बीएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको हो। सो क्षेत्रमा अन्य २ जना जवानको पनि मृत्यु भएको छ। अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका दैनिक… पुरा पढौ

युनाईटेड क्लवद्धारा वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान

युनाईटेड क्लव पोखराले वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले आफ्नो सामाजिक काम अन्तर्गत वडा प्रहरी कार्यालय रामबजारलाई मास्क, सेनिटाइजर, पन्जा, डिसइन्फेक्टेड सोलुसन लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो । युनाईटेड क्लवका पदाधिकारी सहितको टोलीले वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापालाई हस्तान्तरण गरेको हो । सो अवसरमा वोल्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रकाश थापाले युनाईटेड क्लवले सामाजिक काम मार्फत आफुलाई अगाडि वढाउदै आएको र अहिलेको विशम… पुरा पढौ