समाचार

एक्सन एड नेपालद्धारा पिपिई हस्तान्तरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक्सन एड नेपालले कोभिड–१९ को सङ्क्रमणको उपचारका लागि आवश्यक नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री पिपिई उपलब्ध गराएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले उक्त पिपिई असामग्री हस्तान्तरण गरेकी हुन । पिपिई रु एक करोड ६२ लाख ४३ हजार ३४३ बराबरको रहेको छ । कार्यक्रममास्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना सङ्क्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामग्रीले कोभिड–१९ का सङ्क्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सङ्क्रमणबाट जोगाउन… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु ४०० ले बढ्यो

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको… पुरा पढौ

सूर्योदय हेर्न दैनिक हजार पर्यटक मानहुँकोटमा

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट आइपुगेको जानकारी दिए । “बिहानको समयमा सूर्योदय र कुहिरोको दृश्यले मनै लोभ्याउँछ”, उनले भने, “मानहुँकोट साँच्चिकै मनमोहक रहेछ ।” पोखरा र चितवनको… पुरा पढौ

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक सहमति भए पनि अझै समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन् । मौखिक सहमति भएको दुई महिना बितिसक्दासमेत प्रक्रिया नटुगिङ्दा गहुँमा हाल्न मल अभाव हुने सम्भावना देखिएको जानकार बताउँछन् ।गहुँ लगाउने समयका लागि रासायनिक मल ल्याउने तयारी भए पनि अझै समय लाग्ने देखिएको… पुरा पढौ

बेनी अस्पतालको आइसियु उपयोगमा आउन सकेन

गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष उपयोगविहीन बनेको छ । गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष आइसियु जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । आइसियु कक्ष स्थापना गरिएको चार महिना भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका… पुरा पढौ

सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द

प्रतिनिधिसभाका सांसद एवं तत्कालीन पोखरा नगर पञ्चायतका निर्वाचित प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उनको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ । महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीको सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ । विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाइएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित रहेका उनले पोखराको विकासमा पु¥याएका योगदानलाई सदा स्मरण गरिने उल्लेख छ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका सांसद केसीको कात्तिक १७ गते राति १०… पुरा पढौ

आफ्नै खेतबारीमा रमाउँदै युवा

यहाँका केही युवाले वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशि भूमीमा जति पसिना बगाए पनि सीमित समयको लागि मात्रै भएको भन्दै उनीहरु पछिल्लो समय कृषिमा पेशा तर्फ आर्कषित हुन थालेका हुन् । गल्याङ नगरपालिका ९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थालेका छन । पाँच वर्ष विदेशमा विताएका उनि विदेशमा श्रम बढि गर्नुपर्ने तर श्रम अनुसारको पारिश्रमिक नपाएपछि स्वदेश फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवा खेतीको शुरुआत… पुरा पढौ

केसीको पार्थिव शरीरमा रानाभाटले पार्टीको झण्डा ओढाए

प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको मंगलबारै अन्येष्टी गरिएको छ । उनको पोखरा नयाबजारस्थित शान्तिघाटमा अन्त्येष्टी गरिएको हो । अन्येष्टीअघि केसी निवास पोखरा ७ एयरपोर्टबाट पृथ्वीचोकहुँदै शान्तिघाटसम्म शवयात्रा निकालिएको थियो । शव यात्रामा विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण घरमा बस्न बाध्य भएकाहरुपनि सहभागि भए । अन्त्येष्टीअघि पूर्व सभामुख तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले केसीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए । कोरोनाका कारण काठमाडौंबाट कांग्रेस शीर्ष नेताहरु आउन नसकेपछि रानाभाटले नै पार्टीको झण्डा ओढाएका… पुरा पढौ

पश्चिमी वायुको प्रभावः पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम रहने बताइएको छ ।मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौँ उपत्यकामा बुधबारसम्म केही समय घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने छ । हाल प्रदेश नं १, प्रदेश नं २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति पहाडी भूभागमा आंशिक बदली रही अन्य… पुरा पढौ

केसीको निधनमा महानगरमा विदा

पोखरा महानगरपालिकाले उद्योगपति तथा सांसद सूर्यबहादुर केसीको निधनमा कार्यालय बन्द गरेको छ । केसीको निधनको शोकमा महानगरले आज महानगर कार्यालयसहित आफू मातहतका सम्पूर्ण कार्यालय तथा वडा कार्यालयमा विदा दिएको हो । महानरले एक सूचना निकालेर आज आफू मातहतका सबै कार्यालय बन्द रहने जनाएको छ । स्वर्गिय केसी पोखरा नगरका तत्कालिन प्रधानपञ्च हुन् । उनी दुई पटक पोखरा नगरको प्रधानपञ्चमा निर्वाचित भएका थिए । केसीको गएराती १०ः३० बजे पोखरा एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको थियो । उनको आजै अन्त्येष्टी गरिएको छ… पुरा पढौ