समाचार

यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीका कर्मचारीमा कोरोना संक्रमण, सेवा अबरुद्ध

यातायात ब्यवस्था कार्यालय सवारी, कास्कीमा कार्यरत एक जना कर्मचारीलाई विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) भएपछि शुक्रबार कार्यालयको काम प्रभावित भएको छ । पोखराको पृथ्वीचोकस्थित कार्यालयले एक सूचना निकाल्दै शुक्रबार कार्यालय बन्द गरेको जनाएको हो । सूचनामा आईतबार कार्यालय खुल्ने वा नखुल्नेबारे प्रष्ट पारिएको छैन । सूचनामा भनिएको छ,‘आउँदो आईतबार अर्को सूचना प्रकाशित हुने गरी आज शुक्रबार नामसारी सम्बन्धि कार्य बन्द गरिएको सरोकारवाला सबैमा जानकारीका लागि हार्दिक अनुरोध छ ।’ पुरा पढौ

तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाल तरुण दलले आफनो ६८औँ स्थापना दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज एक कार्यक्रम गरी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले शिक्षण अस्पतालमा गई चार हजार थान मास्क, ३० थान पिपिई र ५२ थान फेस शिल्डलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए । तरुण दलले स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग पु¥याउने नेपाली… पुरा पढौ

कोरोना सङ्क्रमितको मृत्यु

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरीएको विज्ञप्तिमा कात्तिक १ गते कोरोना सङ्क्रमण भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको जनाइएको छ । कात्तिक १ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा स्वास्थ्य जाँच गराउन पुगेका उनलाई कोरोना पुष्टि भएलगत्तै कोरोना विशेष अस्पताल पठाइएको थियो । कोरोना विशेष… पुरा पढौ

गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

सामाजिक सञ्जालमार्फत् पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गाली बेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष थापाको तस्बीरमा कालो पोती काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए । कोषाध्यक्ष थापाले कात्तिक ४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा भण्डारीले साइबर… पुरा पढौ

मुख्यमन्त्री र अर्थमन्त्रीबीच भेट, सशर्त आयोजनाका लागि मागे बजेट

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेटेर विभिन्न आयोजनाहरुका लागि बजेट माग गरेका छन् । केहि दिनदेखि काठमाडौंमा रहेका मुख्यमन्त्री गुरुङले शुक्रबार अर्थमन्त्रीलाई भेटेर संघ सरकारले प्रदेशलाई हस्तान्तरण गरेका विभिन्न आयोजना तथा योजनाहरु निर्माणका लागि आवश्यक बजेट निकासाका लागि अनुरोध गरेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सामाजिक सञ्जाल फेसवुकमा स्टाटसमा उल्लेख छ । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारलाई संघले हस्तान्तरण गरेका ३२ वटा सडकका लागि २ अर्ब ८६ करोड रुपैया बजेट निकासाका लागि आग्रह गरे । त्यस्तै,… पुरा पढौ

गण्डकीमा फेरि थपिए ४१ नयाँ संक्रमित

कार्तिक १४ पोखरा । कास्की सहित गण्डकीका ५ जिल्लाका थप ४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउँसो १ः १५ बजे एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएको हो । थपिनेमा कास्कीका ३५ जना, स्याङ्जा र तनहुँका २–२ जना, बाग्लुङ र म्याग्दीका १–१ जना छन् ।कास्कीका संक्रमित सबै पोखरा महानगरका हुन् । यस्तै स्याङ्जाको भिरकोट र वालिङका १–१ जना, तनहुँको शुक्लागण्डकीका एक जना र अर्का एक जनाको पालिका खुल्न सकेको छैन । भने बाग्लुङ नगरपालिकाका एक… पुरा पढौ

पोखरामा होम आइसोलेसनमा बसेका पुरुषसहित २ को मृत्यू, प्रदेशमा मृतकको संख्या ७५ पुग्यो

पोखरामा होम आइसोलेसनमा बसेका एक बृद्धको मृत्यू भएको छ । नोभल कोरोना भाईरसको संत्रमण भएर घरमै होम आइसोलेसनमा बसेका पोखरा महानगरपालिका वडा नम्बर १५ का ८१ वर्षिय पुरुषको शुक्रबार विहान मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक १२ गते कोरोना पुष्टी भएको थियो ।यसैगरी, स्याङ्जा जिल्ला, वालिङ नगरपालिका वडा नम्बर ५ का ७० बर्षीय महिलाको पनि कोरोनाले मृत्यू भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सि.यु.मा उपचाररत उनको उपचारकै क्रममा मृत्यू भएको… पुरा पढौ

दशैँका यात्रुलाई महामारीको त्रास ः उपत्यका भित्रिने र छाड्ने घटे

कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोड÷घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपाली भने एक लाखको हाराहारीमा रहेको बताएका छन् । गत वर्ष कूल ३० लाखले उपत्यका छाडेका… पुरा पढौ

कोरोना संक्रमणबाट पोखरामा थप २ को मृत्यु

कार्तिक १४ पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणका कारण पोखरा महानगरपालिका –१५ का ८१ वर्षिय पुरुषको आज मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गत कार्तिक १२ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बस्दै आएका उनको आज मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । यस्तै, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत स्याङजाको वालिङ् ५ का ७० वर्षीय संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।कार्तिक… पुरा पढौ

बागलुङ नगरका सडक धमाधम कालोपत्रे

बागलुङ नगरपालिकाका सडक धमाधम कालोपत्रे भइरहेका छन् । बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालिमाटी जाने सडकअन्र्तगत ६५० मिटर सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै बागलुङ बजारका मुख्य चोक तथा गल्लीमा सडक मर्मत तथा कालोपत्रे गर्ने कार्यले तिब्रता पाएको छ । यस्तै बलेवा पुग्ने सडकमा समेत कालोपत्रेको तयारी थालिएको छ भने केही स्थानमा कालोपत्रेका लागि पूर्वाधार निर्माण भईरहेको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्र्तगत भलाटाकुरा–काभ्रे हुँदै कालिमाटी जाने सडक खण्डको कालोपत्रेका लागि रु एक करोड बनियोजित भएको थियो… पुरा पढौ