समाचार

चर्चित सञ्चारकर्मी लामिछाने दम्पतीलाई कोरोना संक्रमण

नेपाली सञ्चारकर्मका चर्चित सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई नै कोरोना संत्रमण भएको छ । लामिछानेले विहीबार विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू र आफ्नी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । लामिछानेकी श्रीमती नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष हुन् । लामिछानेले केहि आफ्नै लापरवाही र केहि पेशागत क्रियाकलापमा खटिदा समंक्रमण भएको हुनसक्ने बताएका छन् । उनले मंगलबार रातीदेखि हल्का ज्वरो आएपछि बुधबार पिसीआर टेस्ट गर्दा विहीबार विहान रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका छन् । उनले… पुरा पढौ

कोरोना महामारीबीच भारतको बिहारमा निर्वाचन सम्पन्न, ७१ पदका लागि १०६६ उम्मेदवार

कोरोना महामारीबीच भारतको बिहारमा विधानसभाका लागि हिँजो (बुधबार) पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । बिहारमा ३ चरणको चुनावमध्ये पहिलो चरणमा ७१ पदका लागि १ हजार ६६ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । तीमध्ये ९ सय ५२ जना पुरुष र १ सय ५५ जना महिला छन् । बिहानैदेखि भइरहेको मतदानमा कोरोना भाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्डहरु अपनाउन आह्वान गरिएको छ । बुधबार मतदान भइरहेको क्षेत्रमा कुल २ करोड १४ लाख ८४ हजार ७८७ जना बैध मतदाता… पुरा पढौ

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख ७० हजार

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख ७० हजार बढी पुगेको छ । विश्वभर कोरोनाभाइरस संक्रमित थपिदै जाँदा बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख ७० हजारको हाराहारीमा पुगेको हो । वल्र्डाे मिटर्सको तथ्यांकमा जनाइएअनुसार हालसम्म विश्वमा ११ लाख ७३ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म ३ करोड २५ लाख २० हजारको हाराहारीमा संक्रमित निको भएको वल्र्डो मिटरले जनाएको छ । विश्वमा अझैपनि १ करोड ६७ लाखको हाराहारीमा सक्रिय संक्रमित रहेको वल्र्डो… पुरा पढौ

पोखरा महानगरपालिका कार्यलय आज (बिहीबार)देखि खुल्दै

पोखरा महानगरपालिकाको कार्यालय आज (बिहीबार)देखि खुल्ने भएको छ । पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको हिँजो (बुधबार) बसेको बैठकले स्वास्थ्य सुरक्षाका संपूर्ण मापदण्ड पालना गर्ने गरेर महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु आज (बिहीबार)बाट संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालद्वारा जारी सूचनामा जनाइएको छ । पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द थियो । पुरा पढौ

कोरोना रोकथामका लागि खटिएका पोखरा महानगरका स्वास्थ्य अधिकृत आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण

कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रण्टलाईनमा बसेर खटिदै आएका पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्य दम्पतीलाई नै कोरोना संक्रमण भएको छ । महानगरपालिका भित्र कोरोना नियन्त्रणका लागि दिनरात खटिदै आएका आचार्य र उनकी श्रीमती तीलकुमारी आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । आचार्यले सामाजिक सञ्जाल फेसवुकमा बुधबार बेलुका स्टाटस लेख्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना संक्रमण भएको पुष्टी भएको जनाएका छन् । फेसवुक स्टाटसमा उनले कोभिड–१९ बिरुद्धको विगत ८ महिनादेखिको संघर्षपूर्ण मोर्चामा सावधानी र सचेतताका साथ सहभागि हुँदाहुँदैपनि अनपेक्षित रुपमा… पुरा पढौ

पोखरा महानगरको कार्यालय २ हप्तापछि आजदेखि खुल्दै

पोखरा महानगरपालिकाको कार्यालय आजदेखि सञ्चालनमा आउँदैछ । पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द रहेकोमा आजदेखि महानगरले नियमित सेवा सञ्चालन गर्न लागेको हो । पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको बुधबार बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गते बिहीबारबाट संचालन गर्ने निर्णय गरेको थियो । पुरा पढौ

कस्तो होला बिहीबारको मौषम ?

कार्तिक १२ पोखरा । बिहीबार देशका पहाडी भू–भागमा आंशिक बदलीको संभावना रहेको जल तथा मौषम विज्ञान विभागको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी शुक्रबार सम्मको लागि मौषमी बुलेटिन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार भोली पहाडी क्षेत्र बाहेकका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । यस्तै भोली राती प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहे पनि अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जनाइएको छ । यस्तै शुक्रबार दिउँसो… पुरा पढौ

अब हप्ताको दुई दिनमात्र ‘कोभिड–१९ प्रेस ब्रिफिङ’

कार्तिक १२ पोखरा । स्वास्थ्य मन्त्रालयले गर्दै आएको नियमित कोभिड–१९ प्रेस ब्रिफिङ भोलीबाट नहुने भएको छ । मन्त्रालयले गर्दै आएका नियमित प्रेस ब्रिफिङ अब प्रत्येक आइतबार र बुधबार गरिनेमन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । अरु सुचना भने मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जाल मार्फत दिइने उनले बताए । पुरा पढौ

चरम लापरबाही ! स्वाब दिएका जनप्रतिनिधि दिनहुँ वडा कार्यालयमा, ९ दिनपछि कोरोना पुष्टी

पोखरा २७ का एक जना जनप्रतिनिधिलाई कात्तिक शुरु भएलगत्तदेखि रुघाखोकीले सतायो । ज्वरोसँगै सामान्य ढाड दुखाईपनि भइईरहेको थियो । ती जनप्रतिनिधिलाई भन्दापनि उनकी श्रीमती र बुहारीलाई कोरोनासँग मिल्दो लक्षण थियो । शुरुमा त केहि होईन होला भन्दै जँचाएनन्, पछि च्याप्दै गएपछि कोरोना परीक्षणका लागि कात्तिक ४ गते मंगलबार पिसीआर टेस्टका लागि स्वाब दिए । स्वाब दिएलगत्तै दशैंले छोप्यो, दशैंसँगै ल्यावका डाक्टरदेखि कर्मचारीपनि बिदामा बसे । डाक्टर र कर्मचारी नै नभएपछि पिसीआर परीक्षणको दर घटाइयो । परिणाम स्वरुप कात्तिक ४ गते… पुरा पढौ

पोखरामा कुटपिटबाट एकको अवस्था गम्भीर

कार्तिक १२ पोखरा । पोखरामा दुई जनाविचको झगडा एक्कासी कुटाकुटमा परिणत भएपछि एक जना गम्भीर घाइते भएका छन् । मंगलबार राती ११ः४५ बजे पोखरा महानगरपालिका–९ शिवटोलका वर्ष ३० का अमित गुरुङ र वर्ष १८ का निखिल खड्का विच आपसमा झै–झगडाका क्रममा निखिलले अमितलाई नाम नखुलेको बस्तुले टाउकोमा प्रहार गर्दा अमित घाइते भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । घाइते अमितको टाउँको र घाँटीमा चोट लागेको छ । उनलाई गम्भीर अवस्थामा उपचारका लागि पोखराको मणिपाल अस्पताल पठाइएको प्रहरीले जनाएको छ… पुरा पढौ