समाचार

वडा सदस्यलाई कोरोना भएपछि वडा नम्बर २७ को कार्यालय बन्द

पोखरा महानगरपालिका वडा नम्बर २७ को कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ । एकजना वडा सदस्यलाई कोरोना संक्रमण भएपछि वडा कार्यालय अनिश्चित कालका लागि बन्द गरिएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए । उनका अनुसार संक्रमित जनप्रतिनिधिलाई पहिले स्वास्थ्यमा सामान्य समस्या भएपनि अहिले ठीक भइसकेको छ । आकस्मिकबाहेक सबै काम बन्द रहने र अर्को सूचना आएपछि मात्र खुल्ने उनले जानकारी दिए । पुरा पढौ

गण्डकी प्रदेशमा कोरोनाले १९ वर्षिया युवतीसहित २ को मृत्यू

गण्डकी प्रदेशमा कोरोनाले १९ वर्षिया युवतीको मृत्यू भएको छ । चितवनको भरतपुर अस्पतालको आईसियुमा उपचाररत गोरखा जिल्ला बारपाक सुलिकोट १ घर भएकी युवतीको उपचारका क्रममा बुधबार दिउँसो पौने ४ बजे मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी नवलपुर जिल्ला गैंडाकोट २ का ५४ वर्षिय कोरोना संक्रमित पुरुषको पनि मृत्यू भएको छ । उनकोपनि चितवन मेडकल कलेजको आईसियमा उपचारको क्रममा मृत्यू भएको निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए… पुरा पढौ

गण्डकीमा बुधबार एकैदिन १५५ जनामा कोरोना पुष्टि

कार्तिक १२ पोखारा । बुधबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका १ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेजमा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज पुष्टि हुनेमध्य सबैभन्दा धेरै कास्कीको पोखरा महानगरपालिकाका ९८ जना छन् । यस्तै नवलपुरमा १६, तनहँुका १४, स्याङ्जाका १३, गोरखाका ११, बाग्लुङका २ र मुस्ताङका एक जनामा कोरोना संक्रमण भएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यो… पुरा पढौ

नेपालमा झण्डै २ हजार जनामा कोरोना पुष्टि

कार्तिक १२ काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ६२ हजार नाघेको छ ।बुधबार देशभरका प्रयोशालामा गरिएको ८ हजार २ सय ४८ नमुना परीक्षणमा १९ सय ५४ सय जनामा कोरोना पुष्टि भएुसंगै संक्रमितको संख्या बढेको हो ।यो संगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ । यस्तै आज देशभर २९ सय ८१ सय जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै… पुरा पढौ

लागुऔषधसहित दुई युवक पक्राउ

सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात गाउँपालिका–९ बस्ने असिम भूजेल र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका बस्ने मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताउनुभयो । दुवै जना भारत बिहारको भिठ्ठामोड शहरबाट प्लास्टिकको कालो झोलामा एक हजार ५०० पिस प्रतिबन्धित लागुऔषध नाइट्राभेट बोकेर नेपाल प्रवेश गरेपछि जलेश्वर नगरपालिका–३ स्थित सडकमा सशस्त्र प्रहरीले शङ्का लागि चेक गर्दा दुवै जना पक्राउ परेका हुन्… पुरा पढौ

म्याग्दे गाउँपालिकाको सेवा तीन दिन बन्द

तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि शुक्रबारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो ।सङ्क्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्न गाउँपालिकाको कार्यालय र सात वटै वडा कार्यालय यही कात्तिक १४ गतेसम्म बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । सो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सेवा पूर्ण रुपमा बन्द रहनेछन् ।रासस पुरा पढौ

पोखरा महानगरको कार्यालय बिहीबारदेखि सञ्चालनमा आउने

पोखरा महानगरपालिकाको कार्यालय बिहीबारदेखि खुल्ने भएको छ । पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द रहेकोमा कात्तिक १३ गते बिहीबारदेखि सञ्चालन हुने भएको हो । पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको आज बुधबार बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गते बिहीबारबाट संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जारी गरेको सूचनामा उल्लेख छ… पुरा पढौ

मन्त्री चुमान

तनहुँको बन्दीपुर गाउँपालिका–४ जुमडाँडा झप्री नमुना सामुदायिक वनमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान लगायत । तस्बिर ः कृष्ण न्यौपाने÷ रासस पुरा पढौ

दुई फरार प्रतिवादी पक्राउ

कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ का गणेश आचार्य र गलकोट नगरपालिका–८ का राजु परियार छन् । अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयन हुन बाँकी रहेका आचार्य र परियारलाई घरमै लुकिछिपी बसेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ । ३६ वर्षीय आचार्यलाई कूटपिटको मुद्दामा अदालतले विसं २०७१ वैशाख १३ मा आठ महिना कैद र रु चार हजार जरिवानाको… पुरा पढौ

महादेव मूर्ति निर्माण गर्दै

पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा ५१ फिट उचाइको निर्माणाधीन विशाल महादेव मूर्ति । रु ४० करोड लागतमा सो स्थलमा महादेव मूर्तिसहितको संरचना निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ । तस्बिर ः कृष्ण दवाडी÷रासस पुरा पढौ