समाचार

करेण्ट लागेर मृत्यु

यहाँ करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । राइनास नगरपालिका –९ मोहोरियाकोटका २८ वर्षीय रवीन्द्र पराजुलीको खम्बा गाड्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सोही वडामा सौर्यबत्तीका लागि नयाँ खम्बा गाड्ने क्रममा नाङ्गो तारमा छुन पुग्दा उहाँलाई करेण्ट लागेको थियो । उहाँलाई नगरपालिकाको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लैजाँदा बाटामा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । शव परीक्षणका लागि बेँसीशहर नगरपालिका –८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ… पुरा पढौ

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताउनुभएको छ । रासससँगको कुराकानीमा उहाँले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको परीक्षण र उपचार निःशुल्क भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्वेच्छाले नमूना सङ्कलन गराई जाँच गर्न चाहने कसैले शुल्क दिन चाहेमा लिन सकिन्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कोरोना परीक्षणको शुल्क दिन सक्नेबाट लिने र दिन नसक्नेको हकमा निःशुल्क गर्ने भनी पत्राचार भएको जनाइएको छ । मन्त्रालयको पत्राचारसँगै अस्पताल तथा प्रयोगशालामा कोरोनाको… पुरा पढौ

अक्सिजन उत्पादन शुरु

पर्वत जिल्ला अस्पतालमा उपकरणको सहायताबाट अक्सिजन प्लान्ट बनाइ अक्सिजन उत्पादन गर्न थालिएको छ । बुधवारदेखि अक्सिजन उत्पादन गर्न थालिएकाले अक्सिजनको अभावमा अस्पतालबाट बिरामीलाई अन्यत्र सिफारिस गरेर पठाउनुपर्र्ने समस्या अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त रू।६० लाखको लागतमा सो प्लान्ट जडान गरिएको हो । “अब जिल्ला अस्पतालले अक्सिजनको अभावमा पोखरा वा काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।” उक्त अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीले भन्नुभयो, “१५ शैयाको यस अस्पताललाई आवश्यक पर्नेजति र माग भएर आएमा थप अक्सिजन उत्पादन गर्न… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भन्यो : कोरोनाको पैसा विरामी आफैले तिर्नुपर्छ

गण्डकी प्रदेशमा पनि कोरोनाको उपचार खर्च विरामी आफैले बेहोर्नुपर्ने भएको छ । कोरोनाको उपचार गरिरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले कोरोनाको उपचारको खर्च विरामी आफैले बेहोर्नुपर्ने भन्दै सूचना निकालेको हो । संघ सरकारले कोरोनाको उपचार खर्च गर्न नसक्ने बताएपनि गण्डकी प्रदेश सरकारले बेहोर्ने बताएको थियो । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोनाको उपचार खर्च प्रदेश सरकारले बेहोरिरहेको बताएका थिए । तर अस्पतालका निर्देशक अर्जुन आचार्यले विहीबार सूचना निकाल्दै कोरोनाको उपचार खर्च विरामी आफैले बेहोर्नुपर्ने जनाएका हुन्… पुरा पढौ

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ ।यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट… पुरा पढौ

जनप्रतिनिधिको दशैं भत्ता कोभिड कोषमा

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने दशैं भत्ता बापतको रु ३० हजार व्यास नगरपालिकाकाको कोभिड कोषमा जम्मा हुने गरी प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तान्तरण गर्दै । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, रासस पुरा पढौ

सडक फराकिलो बनाइंदै

तनहुँको व्यास नगरपालिका–३ बन्दीपुर देउराली नगर जोड्ने सडक मार्ग फराकिलो बनाइंदै । उक्त मार्ग हुँदै सवारी गुड्न थालेपछि सडक बिस्तार गरिएको हो । तस्वीर ः सानेबहादुर नेपाली, रासस पुरा पढौ

पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका ती फर्मलाई कारबाही गरिएको जानकारी दिनुभयो । तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६०… पुरा पढौ

राष्ट्रिय गीत ‘जंगे पिल्लर’ सार्वजनिक

राष्ट्रिय भावनाको गीत ’जंगे पिल्लर’ सार्वजनिक भएको छ । गीतकार श्रीराम थापाको शब्द रहेको गीतमा गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको छ। गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ। गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठले अभिनय गरेका छन्। भिडियोको फराज अर्पणले छायाँकन र सम्पादन गरेका हुन्। पुरा पढौ

‘रअ’ प्रमुखसँग भेटेको समाचार झूट’ – प्रचण्ड सचिवालय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेको भन्ने समाचार उनको सचिवालयले खण्डन गरेको छ। प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले ‘रअ’ प्रमुखसँग अध्यक्ष प्रचण्डको कुनै भेटघाट नभएको स्पष्ट गरेका हुन्। ‘जुगल’ ले विज्ञप्ति जारी गर्दै ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा केही अनलाइनहरूले प्रकाशित गरेको समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। सापकोटाले विज्ञप्तिमा भनेका छन्, ‘संवेदनशील विषयमा झूट, कपोलकल्पित र भ्रामक… पुरा पढौ