समाचार

गण्डकी प्रदेशमा ३७ संक्रमित थपिए, थप १ को मृत्यु

गण्डकी प्रदेशमा  आज मात्र ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालय पोखराले आज पहिलो बिज्ञप्तिमा २२ र दोश्रो बिज्ञप्तिमा १५ जनामा संक्रमण भएको पुष्टि गरेको हो।यो संगै गण्डकी प्रदेशमै कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ |  निजि क्षेत्रबाट संचालित लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरामा गरिएको परिक्षणमा थप नयाँ १५ जनासंक्रमितहरु  थपिएका हुन् ।  तनहुँ जिल्ला, ब्यास-१ का ६८ बर्षीय कोरोना संक्रमित महिलाको मिति बुधबार साँझ ६:३० बजे  गण्डकी मेडिकल कलेज पोखरामानिधन भएको जानकारी स्वास्थ्य कार्यालय, कास्कीले जानकारी दिएको छ | यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्युहुनेको संख्या ५८ पुगेको छ | पुरा पढौ

राजतन्त्रकालिन सुविधा र भत्ता खारेज गर्ने कानून बनाऔं

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले विभिन्न चाँडपर्वका नाममा वितरण हुने सुविधा र भत्ता खारेज गर्ने कानून बनाउनुपर्ने बताएका छन् । सरकारमा रहेका उच्च पदस्थ पदाधिकारी तथा सांसदहरुले दशैं भत्ता लिएकोप्रति सर्वसाधारणले विरोध जनाएपछि नेकपा नेतासमेत रहेका सांसद बरालले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै त्यस्ता सुविधा तथा भत्ता खारेज गर्ने कानून बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन् । अनेक प्रकारका सेवा सुविधा तथा भत्ता राजतन्त्रकालिन् नै छन्,‘फेसवुक स्टाटसमा उनले लेखेका छन्,‘ऐन कानून बनाउनेदेखि राज्यको तलब लिनेहरु सबैलाई पारिश्रमिक बाहेक सबै नामका सेवा… पुरा पढौ

बरिष्ठ हास्य कलाकार हरिवंश र उनकी श्रीमती कोरोना मुक्त

बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य दम्पती कोरोना मुक्त भएका छन् । आचार्यसहित उनकी श्रीमती रमिला आचार्य कोरोना मुक्त भएका हुन् । आज विहान आएको रिपोर्ट अनुसार आफूहरु कोरोना मुक्त भएको कलाकार हरिवंश आचार्यले विहीबार विहान सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी दिएका हुन् । फेसवुकमा उनले लेखेका छन्,‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’ साथै आचार्यले यसपाली आफ्नै घरमा परिवारसँग मात्र दशैं मनाई कोरोनाबाट बचेर शुभकामना आदानप्रदान गर्दै खुसीयाली साट्न अपिल पनि गरेका छन् । पुरा पढौ

सुलभ सहकारीको नयाँ उपहार योजना

पोखराको  जरेबरस्थित सुलभ डिपार्टमेन्टल स्टोर्सले दशैं तिहारको अवसरमा ग्राहकहरुलाई लक्षित गरी नयाँ योजना ल्याएको छ ।  प्रत्येक एक हजारको खरिदमा ग्राहकहरुलाई एउटा उपहार कुपन प्रदान गरिने स्टोर्सले बताएको छ । उपहार कार्यक्रमको नतिजाको घोषणा आउँदो माघको १ गते औपचारीक कार्यक्रमबीच सार्वजनिक गर्ने बताइएको छ। प्रथम पुरस्कारमा टिभिएसको स्कुटर, द्धितिय पुरस्कार एलसिको वासिङ मेसिन, तेस्रो पुरस्कार फ्रिज, चौथो पुरस्कार एलइडी टेलिभिजन, पाँचौ पुरस्कार माईक्रो वेभन र धेरै मात्रामा सान्त्वना पुरस्कार रहेको छ। १० वर्ष अगाडीबाट पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना… पुरा पढौ

नेकपा सचेतक गुरुङ र पार्टी सचिव बखानसिंहमा कोरोना संक्रमण

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलका सचेतक गायत्री गुरुङ र नेकपा कास्कीका सचिव बखानसिँह गुरुङ ‘आभास’ दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको समाचार छ । मंगलबार, दुबै जनाले नमूना परीक्षण दिएका थिए । हिजो (बुधबार) साँझ दुबै जनाको रिपोर्टमा पोजिटिभ आएको हो। दुबै जना अहिले होम आइसोलेसनमा बसेका छन्। पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७३ जना पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७३ जना पुगेको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार दिउँसो साढे ३ बजे अध्यावधी गरेको विवरणमा उक्त संख्या खुलेको हो। योसँगै गण्डकी प्रदेशको ४ जिल्लामा बुधबार एकैदिन ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। गोरखा, कास्की, लमजुङ र पर्वत जिल्लामा कोरोना संक्रमित भेटिएको हो। निर्देशनालयले जनाएअनुसार बुधबार सबैभन्दा बढी गोरखा जिल्लामा २२ जनामा कोरोना संक्रमित पुष्टि भएको हो। ती सबै संक्रमित गण्डकी र लखन थापा गाउँपालिकाको रहेको निर्देशनालयले जनाएको छ।त्यस्तै, बुधबार कास्कीको… पुरा पढौ

पोखरा-१७ को सेवा अनिश्चित कालका लागि बन्द

पोखरा महानगरपालिका वडा नम्बर १७ ले सेवा बन्द गरेको छ। वडाका कर्मचारी नोभल कोरोना भाइरस (कोभिड १९) का बिरामीसँग कन्ट्याक्ट ट्रेसिङमा परेकाले बुधबारदेखि अनिश्चित कालका सेवा लागि बन्द गरिएको वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए। आकस्मिक सेवा भने खुल्ला हुने अधिकारीले सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी दिएका छन्। पुरा पढौ

पिगपार्कबाट निस्कने हजारौं बंगुरको मलमुत्र सिधै सेती नदीमा, रोक्ने कसले ?

पोखराको मध्य भाग भएर बग्ने सेती नदी धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । एकातिर धार्मिक दृष्टिकोणले हेर्दा सेती नदीमा नुहायो भनेपनि धर्म मिल्छ भन्ने धार्मिक विश्वास रहि आएको छ । अर्कोतिर पर्यटकीय हिसाबले सेती नदी पोखराको फेवाताल जत्तिकै महत्वपूर्ण मानिन्छ । धार्मिक महत्वकै कारण आम सर्वसाधारण माघे सक्रान्ति, ठूली एकादशीलगायतका चाँडपर्वमा सेती नदीमा आएर नुहाउँछन् । त्यतिमात्र होईन, कास्कीका अधिकांश तथा नजिकका तनहुँ, पर्वत, स्याङ्जाबाटसमेत सेतीमा दाहसंस्कारका लागि शव लिएर आउने गर्छन् । सेती नदी जति धार्मिक दृष्टिकोणले महत्वपूर्ण… पुरा पढौ

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् ।शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् । हाल माइती नेपालको पुनस्र्थापनागृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावकको जिम्मा लगाइने… पुरा पढौ

जननेता स्व भण्डारीको घर लिपपोत गर्दै

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पर्ने ढुङ्गेसाँघुमा अवस्थित जननेता मदन भण्डारीको जन्मघरमा लिपपोत र सरसफाई गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थी । तस्बिर सौजन्य ः हेमराज निरौला÷रासस पुरा पढौ