समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, जेनजी विद्रोहलाई शङ्काका रूपमा हेर्नु हुँदैनः केन्द्रीय सदस्य पौडेल

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बसिरहेको छ। पार्टी कार्यालय सानेपामा गत असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राखिरहेका छन् ।बैठकमा कांग्रेसका नेता वीरबहादुर बलायरले महामन्त्री गगन थापालाई सभापति शेरबहादुर देउवाले कहिले नियमित महाधिवेशन हुँदैन भनेर भनेका थिए भन्दै प्रश्न गरेका छन् । पार्टीका सुदूरपश्चिम प्रदेश सभापति बलायरले एजेन्डा प्रस्तुत गर्दा मङ्सिरभित्रै महाधिवेशन भनेको विषयमा प्रश्न गर्दै कसले रोकेको छ भनेर प्रश्न उठाएका हुन् । उनले मङ्सिरमा महाधिवेशन गर्न महामन्त्री थापालाई कसले रोक्यो भन्दै… पुरा पढौ

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन् । आज काठमाण्डौंमा आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उनले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका हुन् । गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप मजबुद बनाउन गृह मन्त्रालयको प्रमुख दायित्व रहेकाले सोहीअनुसार काम गरिरहेको उल्लेख गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्रोतसाधनको अभाव हुन नदिन सरकार… पुरा पढौ

एमाले केन्द्रीय कमिटी बैठक जारी,अध्यक्ष ओलीले राजिनामा दिनुपर्छ– गैरे

नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक आज पनि जारी छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राखेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एकजनाको महत्वाकांक्षाका लागि सिङ्गो पार्टी कमिटीलाई विनाशतिर लग्न नहुने बताएकी छिन् । उनले एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन नमिल्ने बताएकी छन् । तिमल्सेनाले… पुरा पढौ

स्वास्थ्य बीमा बोर्डको थप शुल्क लगाउने व्यवस्था स्थगित

स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लगाउने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ। बोर्डले बिहीबार निर्णय गर्दै विगतमा स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अर्को सूचना नभएसम्म यो व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी र दर्ता अधिकारीलाई निर्देशन दिएको छ। यसअघि बोर्डले भदौ ११ सुचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले असोज मसान्तसम्म बीमालेखा नवीकरण नगरेमा थप शुल्क लाग्ने उल्लेख गरेको थियो । सुचनाअनुसार म्याद कटेको तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकमको १० प्रतिशत, ६ महिनाभित्र… पुरा पढौ

नेपालले उपाधिका लागि सामोआसँग खेल्दै

नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो । नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा छ । सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि नेपाल छनोट भइसकेको छ । नेपालले आजको खेलमा सामोआलाई पराजित गरे प्रतियोगिताको उपाधि जित्ने… पुरा पढौ

तनहुँमा एक हजार छ सय रोपनीमा ‘बृहत बैरेनी जग्गा एकीकरण’

तनहुँको व्यास नगरपालिकाले वडा नं १० स्थित बैरेनीमा बृहत् ‘बैरेनी जग्गा एकीकरण आयोजना’ सञ्चालन गरेको छ । दमौली बजार क्षेत्रमा अव्यवस्थित बसोबास बढ्दै गएपछि व्यवस्थित बस्ती विकास गर्ने योेजनाअनुरुप आयोजना सञ्चालन गर्न लागिएको हो । नेपाल सरकारबाट अध्ययन अवलोकनका लागि प्रक्रिया अघि बढाइसकेको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले बताए । उनले भने, “बाटो र पूर्वाधार भएकाहरुको हकमा ६ प्रतिशत र नभएकाहरुको हकमा ३० प्रतिशत कट्टा गरी जग्गाधनीलाई जग्गा फिर्ता गरिने छ, जग्गा घटे पनि जग्गाधनीले तीनगुणा बढी मुनाफा पाउने छन्… पुरा पढौ

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् । टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह ९गरिमा०पनि सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्ने छन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू… पुरा पढौ

बेनीमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य

बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ । आर्थिक वर्ष २०७८र७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने भएकाले पालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिएको हो । प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार तेस्रो वर्ष शून्य बनाइएको नगरप्रमुख सुरत केसीले बताए । ‘बेनी… पुरा पढौ

देशभर मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रासस पुरा पढौ

जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह : निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्नूूस्

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उनले सो कुरा बताएका हुन् ।उनले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको उल्लेख गर्दै यो चुनावलाई सामान्य रुपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रुपमा प्रतिष्ठाको विषय बनाएर… पुरा पढौ