समाचार

अन्तर प्रदेश पर्यटन प्रवद्र्धन गर्दै नाट्टा गण्डकी

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि आजदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा लगायत क्षेत्रमा पर्यटन सम्बद्ध अधिकारी एवम् व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया सहित प्रवद्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो । आज पोखरादेखि त्यसतर्फ लागेको टोलीले १९ गते नेपालगञ्ज र २० गते भैरहवामा त्यहाँका पर्यटन सम्वद्ध अधिकारी र व्यवसायीसँग पर्यटकीय साझेदारी अभिबृद्धि लगायतका… पुरा पढौ

तनहुँको दमौलीमा २ स्कुटर ठोक्किंदा एक जनाको मृत्यु, पोखराका अर्का युवक घाइते

तनहुँमा दुई स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा मंगलबार राति स्कुटर एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा म्याग्दे गाउँपालिका-७ का ३२ वर्षीय विजय थापाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए । गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका-१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनलाई उपचारार्थ… पुरा पढौ

पोखरा ९ नयाँबजारबाट हराएका एक बालक दुई सातासम्म भेटिएनन

पोखरा ९ नयाँबजार बाट हराएका एक बालक दुई सातासम्म भेटिएका छैनन् । मकवानपुर हेटौडा स्थायी घर भई हाल पोखरा ९ नयाँबजार बाट हराएका १३ वर्षीय कुशाङ लामा यहि भदौ ५ गते देखि बेपत्ता छन । स्कुलबाट आएर साथीको बर्थडेमा जान्छु भनि घरमा कोही कसैलाई नसोधि आफुखुशी घरबाट हिडेको र हालसम्म घर नआएको हुँदा कसैले देखेको भए वा फेला पार्नु हुने महानुभावहरुले आफन्तको फोन न ९८२४१५४०५७ मा जानकारी गराईदिन हुन अनुरोध गरिन्छ । प्रहरीले भने उनको खोजी भइरहेको जनाएको छ ।… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्दै २ लाख ८ हजार रुपैयाँ नजिक पुगेको हो । जसअनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ७ हजार ९०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैबीच बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार… पुरा पढौ

लालपुर्जा वितरणमा भइरहेको ढिलाईप्रति आयोग सचेत छः सदस्य दवाडी

भुमिहिन सुकुम्बासी, भुमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको लालपुर्जा वितरणमा भइरहेको ढिलाईप्रति आयोग सचेत रहेको भुमि समस्या समाधान आयोग कास्कीका सदस्य कृष्ण कुमारी दवाडीले बताउनुभयो । पुलचोक टोल सुधार समिति पोखरा–१७ को आयोजनामा छोरेपाटन दक्षिणमा मंगलबार भुमि सम्बन्धी समस्याका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले महानगरबाट पाउनुपर्ने आवेदन फर्म आयोग माझ नआइपुगेको हुँदा प्रक्रियामा जान ढिलाई भएको जानकारी दिनुभयो । उहाँले वास्तविक सुकुम्बासीको पहिचानमा स्थानीय जनताबाट सत्यतथ्य जानकारी प्रदान गर्नुपर्ने बताउनुहुदै पछि हुन सक्ने कार्वाहीबाट… पुरा पढौ

दुग्ध प्रशोधन कारखाना पोखरामा खोल्ने डिडिसीको निर्णयमा पोखरा उद्योग वाणिज्य संघको विरोध

सन्देश श्रेष्ठपोखरा, भदौ १७ पोखरा उद्योग वाणिज्य संघले दुग्ध विकास संस्थान (डिडिसी) ले पोखरामा नया दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने भनेर गरेको निर्णयमा विरोध जनाएको छ । संघका महासचिव शोभा गौतमले मंगलबार एक विज्ञप्ती निकालेर विरोध जनाएको हो । विज्ञप्तीमा डिडिसीले पोखरामा नया दुग्ध प्रशोधन केन्द्र खोल्ने भनेर गरेको निर्णयले संघलाई आश्चर्यचकित र स्तब्ध बनाएको उल्लेख छ । संघले पोखरामा नया दुग्ध प्रशोधन केन्द्र खोल्ने डिडिसीको निर्णयमा तत्काल पुर्नविचार गर्न माग गरेको छ । डिडिसीको सो निर्णय सरकारले अंगीकार गरेको… पुरा पढौ

परिवार नियोजन संघद्वारा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान शुरु

पोखरा, १७ भदौं । नेपाल परिवार नियोजन संघ कास्की शाखाले मंगलबार देखि किशोर किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान शुरु गरेको छ । पोखरा महानगरपालिका वडा नं. २५ कार्यालय हेमजाको सहयोग तथा समन्वयमा हेमजास्थित गौरीशंकर माध्यामिक विद्यालयबाट यो अभिायन शुरु गरेको हो । अभियान कास्कीका ४ वटा गाउँपालिका २÷२ विद्यालय तथा कलेज गरी ८ र महानगरका १६ गरी २४ वटा विद्यालय तथा कलेजमा यो अभिायन सञ्चालन गरिने नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलले जानकारी दिए… पुरा पढौ

पोखरामा दोस्रो नेपाल खुल्ला स्नुकर प्रतियोगिता शुरु

सन्देश श्रेष्ठपोखरा, भदौ १७ नेपाल खुल्ला स्नुकर प्रतियोगिता पोखरामा शुरु भएको छ । फाइनल स्कोर स्पोर्टस् बार प्रालि पोखराको आयोजना तथा कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा आजदेखि पोखरामा नेपाल खुल्ला स्नुकर प्रतियोगिता–२०८२ को दोस्रो संस्करण शुरु भएको हो । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोर्टस् एण्ड बारमा भदौ २८ गतेसम्म हुने प्रतियोगिताको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भए । उद्घाटन खेलमा हटौंडाका जेनिस श्रेष्ठले पोखराका प्रताप गुरुङ,… पुरा पढौ

लायन्स पोखरा फिस्टेल सिटि स्टारको सहारा विद्यालयमा सहयोग

पोखरा ९ बसपर्क शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयमा लायन्स क्लब पोखरा फिस्टेल सिटि स्टारले १ थान सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । विद्यालयका निवर्तमान संयोजक तथा वडा नं ९ का जनप्रतिनिधि नन्दराम गिरिको समन्वयमा लायन ठाकुर प्रसाद अधिकारीमार्फत उक्त कार्यक्रम आयोजना भएको थियो । सोहि क्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रतिवद्दता गरेअनुसार विद्यालयलाई रु।१ लाख रुपैँयाको आफ्नो स्वर्गीय छोरा देवेन्द्र थापाको स्मृतिमा अक्षयकोष मार्फत छात्रबृत्ति प्रयोजनका लागि चेक प्राप्‍त भएको विद्यालयका… पुरा पढौ

पोखरा – ३३ भरतपोखरीमा बाघमारा महोत्सव

कास्कीको दक्षिण भेग स्थित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुकार कार्कीैले स्वागत गर्दै महोत्सवका वारेमा वताएका थिए कल्बका सचिव स्वागत भुसालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रको कला, संस्कृति र पर्यटनलाई प्रोत्साहन… पुरा पढौ