समाचार

बाटुलेचाैरमा आज श्रीृृष्ण भजन प्रतियाेगिता हुँदै

पोखराको बाटुलेचौरमा आज राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुँदैछ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन आज राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना गर्न लागेको हो । पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धा गर्ने प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् । नाम दर्ताका लागि मंगलबार अपराह्न ५ बजेसम्मको समयसीमा तोकिएको थियो । भजन प्रतियाेगितामा महेश्वर खनाल भजन समुह तनहुँ, भद्रकाली खैंजडी भजन समुह धादिङ, हरिहर भजन कीर्तन समुह स्याङ्जासहित कास्कीका विभिन्न भजन टोली… पुरा पढौ

आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाँइदै

आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको… पुरा पढौ

दोस्रो पर्वतीय दौडको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन धावक कुसाङले प्रायोजन गर्ने

पोखरा अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् ।  पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो । उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको… पुरा पढौ

पोखरामा एमसिसीबिरुद्द नेकपाको जनप्रदर्शन

पोखरा, साउन ३० नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पोखरामा पनि शुक्रबार मिलिनियम च्यालेञ्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी)बिरुद्द जनप्रदर्शन गरेको छ । विप्लव नेतृत्वको नेकपाले अमेरिकन सहयोग परियोजना एमसीसीबिरुद्द पोखरामा नाराबाजीसहित जनप्रदर्शन गरेको हो । पोखराको मानवअधिकार चोकबाट महेन्द्रपुलको हुलाक अगाडिसम्म ¥यालीसमेत आयोजना गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, नो एमसीसी, वैदेशिक हस्तक्षेप अन्त्य गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,लगायतका नाराहरु लगाएका थिए । नेकपाकी पोलिट्ब्यूरो सदस्य तथा कास्की जिल्ला ईञ्चार्ज आस्था सीले एमसीसी विकासका नाममा सैन्य हस्तक्षेप गर्नका लागि आएको… पुरा पढौ

बाटुलेचौरमा हुने राष्ट्रिय कृष्ण भजन प्रतियोगिता भोलि, तयारी पूरा

पोखरा, साउन ३० पोखराको बाटुलेचौरमा भोलि राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुँदैछ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन भोलि शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना गर्न लागेको हो । पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धाका लागि नाम टिपाएको प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् । नाम दर्ताका लागि मंगलबार अपराह्न ५ बजेसम्मको समयसीमा तोकिएको थियो । जसमा महेश्वर खनाल भजन समुह तनहुँ, भद्रकाली खैंजडी भजन समुह धादिङ, हरिहर भजन कीर्तन समुह… पुरा पढौ

पोखरामा खुल्यो बिवाईडीको सोरुम, एसयूभी सिलायन-७ लञ्च

सन्देश श्रेष्ठपोखरा, साउन ३० पोखरामा बीवाईडीको सोरुम खुलेको छ । बीवाईडीले पोखराको बुद्दचोकमा सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो अवसरमा बीवाईडीको एसयूभी सिलायन–७ लञ्च गरिएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाल भित्राएको सो विद्युतीय (ईभी) गाडी शुक्रबार पोखरामा लञ्च गरिएको हो । योसँगै पोखरेली उपभोक्ताले पोखराबाटै एसयूभी सिलायन–७ सहित बीवाईडीका सम्पूर्ण गाडीहरु खरिद गर्न सक्ने भएका छन् । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित यो… पुरा पढौ

कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन

कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनका लागि निकायहरूमा पठाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । सभामुखले घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका हुन्। सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएको सभामुखको सचिवालयले जनाएको छ। कुलिङ पिरियडमा भएको छेडखानीबारे अध्ययन गर्न कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा… पुरा पढौ

पोखराको मुस्ताङचोक दुर्घटना अपडेट : गम्भीर घाइते गौतमको मृत्यु

पोखरा १७ स्थित मुस्ताङचोकमा आज बिहान दुर्घटना भएको छ । दुर्घटनापरि एकजना युवकको मृत्यु भएको छ भने अर्का युवकको उपचार जारी छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका पोखरा महानगरपालिका वडा नम्बर २१ घर भइै हाल ड्यामसाइड बस्ने २२ वर्षीय सुजन गौतमलाई गण्डकी मेडिकल कलेजले बिहान १०:५० बजे मृत घोषण गरेको हो । अर्का घाइते पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । बिहान करीब ६ बजे पोखराको मुस्ताङचोकमा पृथ्वीचोकबाट… पुरा पढौ

अर्डर गरेको खाना नआएपछि बन्यो पोखरामा ‘ह्यान्ग्रीजेन’ खोल्ने योजना, सार्कट्याङ्कले खोलिदियो राजधानी छिर्ने ढोका

सन्देश श्रेष्ठपोखरा, साउन ३० पोखरामा फुड डेलिभरी क्षेत्रमा स्थापित नाम हो ह्यान्ग्रीजेन । डेढ वर्ष अघि क्लाउड किचनका रुपमा सञ्चालनमा आएर छोटो समयमै पोखरेलीको मन जित्न सफल ह्यान्ग्रीजेनका सञ्चालक हुन् पोखरेली व्यवसायी लक्सन राज श्रेष्ठ र विनय शर्मा । पोखरामा फूड डेलिभरीमा स्थापित भएपछि उनीहरु राजधानी काठमाडौं छिर्न चाहन्थे । मास बिजनेसको जगजगी राजधानी छिर्ने हुटहुटी भए पनि लगानी अभावमा त्यो सम्भव भइरहेको थिएन । तर सार्कट्याङ्कले अहिले त्यसको ढोका खोलिदिएको छ । लगानीकर्ताको खोजी गर्दै सार्कट्याङ्कमा सहभागी उनीहरुलाई नेपालका… पुरा पढौ

सुन-चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ… पुरा पढौ