समाचार

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको आन्तरिक आयस्रोतको दरिलो आधारसमेत बन्न पुगेको छ । पुनहिलको फेदीमा रहेको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको पर्यटन विकास र… पुरा पढौ

बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पुर्याइयो

दमौलीको शुक्लागण्डकी नगरपालिका–४ मा जिपको ठक्करबाट घाइते एक बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पोखरा लगिएको छ । जिपको ठक्करबाट घाइते नामथर वतन नखुलेका उनलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् बिहीबार हेम्जास्थित मानव सेवा आश्रम लगिएको हो । शुक्लागण्डकीका युवा अभियान्ता शङ्कर पन्तको समन्वयमा उनलाई आश्रम लगिएको छ । जिपको ठक्करबाट बुधबार साँझ घाइते ती व्यक्तिलाई बुधबार नै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको थियो । बेबारिसे अवस्थामा सडकमा हिँडिरहने उनलाई आश्रम पुर्याइएको पन्तले जानकारी दिए ।… पुरा पढौ

आज विश्व मानसिक स्वास्थ्य दिवस

मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ । राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य… पुरा पढौ

पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको रकम हिनामिना भएको अनेरास्ववियू क्रान्तिकारीको आरोप

सन्देश श्रेष्ठपोखरा, असोज २३ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसमा आर्थिक अनियमितता भएको आरोप लगाएको छ । अखिल क्रान्तिकारी विन्दुवासिनी क्याम्पस शाखाले आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली अन्य केहि प्राध्यापकहरुले क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको लाखौं रकम हिनामिना गरेको विहीबार विज्ञप्ती निकालेर जनाएको छ । आर्थिक शाखा प्रमुख पराजुलीले आन्तरिक लेखा परीक्षणलाई समेत प्रभावमा पारेर वर्षौंदेखि आर्थिक अनियमितता गर्दै आएको पूर्व क्याम्पस प्रमुखहरुले बताएको पनि विज्ञप्तीमा उल्लेख छ । अखिल क्रान्तिकारीले… पुरा पढौ

जेनजी आन्दोलनमा जलेका गाडी बनाउने जिम्मा गण्डकी अटोमेकानिकल वर्क्स एशोसियसन लिन तयार

सन्देश श्रेष्ठपोखरा, असोज २३ गण्डकी अटोमेकानिकल वक्र्स एशोसियसन पोखराले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका सवारी साधन बनाउने जिम्मा दिन माग गरेको छ । एशोसियसनले विहीबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई जलेका सबै सवारी साधन बनाउने जिम्मा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । भ्रष्टाचारको अन्त्य, सुशासनलगायतको माग राखेर गत भदौ २३ गतेदेखि जेनजी पुस्ताले थालेको आन्दोलनको दोस्रो दिन भदौ २४ गते देशभरका सार्वजनिक कार्यालय तथा सरकारी सवारी साधनमा तोडफोड तथा आगजनी भएका थिए । सो क्रममा गण्डकीमा मात्रै… पुरा पढौ

पोखराको नदीपुरमा सिमागृह निर्माण

शिशिर उजाडपोखरा पोखरा ३ नदीपुरमा रहेको धर्मशीला बुद्ध बिहारभित्र सिमागृह निर्माण गरिएको छ । दानवीर धर्मनदीका आफन्तहरु कायस्थ परिवारले आफ्नो संयुक्त लगानीमा सिमागृह निर्माण गरिदिएका हुन् ।यो सिमागृह निर्माण पश्चात पोखरामा नै बौद्ध भिक्षु बन्न सकिने बताईएको छ ।यही असोज २९ गते निर्माण सम्पन्न भएको सिमागृह, बुद्ध बिहारलाई हस्तान्तरण गरिने रविन्द्र माकाजुले जानकारी दिए। यस अघि यस्तो सुबिधा पोखरामा नभएको धर्मशीला बुद्धबिहारका भन्ते धजवन्त्तले बताए। “धर्मशीला गुरुआमाले १९९७ पुर्व भारतको कुशीनगरमा गएर भिक्षुणी बनेकी थिइन्“ भन्ते धजवन्तेले भने । वि.स.… पुरा पढौ

प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा आज गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरुको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताउनुभयो । “यतिबेला राष्ट्रलाई एकता र स्थिरता चाहिएको छ । लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आएर शान्ति सुव्यवस्था कायम… पुरा पढौ

मालपोत कार्यालयको श्रेस्ता सम्बन्धी सूचना अव्यवहारिक भएको पोखरा उद्योग वाणिज्य संघको ठहर

जिल्ला मालपोत कार्यालय कास्कीले हिजो जारी गरेको सूचना अव्यवहारिक भएको भन्दै पोखरा उद्योग वाणिज्य संघले सच्याउन माग गरेको छ। संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको प्रतिनिधिमण्डलले मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जारी सुचना सच्याउन आग्रह गरेको हो । बुधबार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो… पुरा पढौ

पोखरा सडक महोत्सवको संयोजकमा गौतम चयन

रेस्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको कार्यसमिति बैठकले आगामी २७ औं पोखरा सडक महोत्सवका लागि संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतमलाई चयन गरेको छ । समितिको आज बसेको बैठकले आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने महोत्सवको संयोजक मण्डल र स्टेरिङ कमिटी गठन गरेको हो । त्यस्तै कार्यसमिति सदस्य सुनिलबहादुर भट्टराई र सुमन भट्टराईलाई सह–संयोजकका रूपमा जिम्मेवारी दिइएको छ । महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव… पुरा पढौ

हस्ताक्षर संकलनले पार्टी विभाजन हुने खतरा बढ्छः कांग्रेस नेता कृष्ण सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन माग्दै भइरहेको हस्ताक्षर संकलनले पार्टी विभाजन हुने खतरा बढेको संकेत गरेका छन् । बिहीबार विहान आफ्नै निवासमा पुगेका उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरुसँग उनले पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चलाइरहेको हस्ताक्षर अभियानले पाटीलार्ई विभाजनतिर जाने उनको जिकिर छ।‘अहिले दुईजना महामन्त्रीले हस्ताक्षर अभियान पनि चलाइरहेका छन्, यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्नेस्थितिसम्म पु¥याइदिन सक्छ,’ सिटौलाको भनाइ छ, ‘जहाँ हस्ताक्षर अभियान गर्ने र नगर्ने भइसकेपछि त गर्ने एकातिर, नगर्ने अर्काेतिर हुन्छ। यसैपनि… पुरा पढौ