समाचार

गण्डकी प्रदेशमा नसर्ने रोगको ‘स्क्रिनिङ’ अभियान सुरू

गण्डकी प्रदेश सरकार र यहाँका स्थानीय तहले नसर्ने रोगको ‘स्क्रिनिङ’ अभियान सुरूआत गरेका छन् । रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि समुदायस्तरमा ‘स्क्रिनिङ’ अभियान सञ्चालन गरिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार लमजुङ, गोरखा र मनाङ बाहेक प्रदेशका सबै जिल्लामा पहिलो चरणको ‘स्क्रिनिङ’ शिविर सम्पन्न भइसकेको छ । “स्वास्थ्य मन्त्रालयले नमुना कार्यक्रमका रूपमा जिल्लाको कुनै एउटा स्थानीय तह छनोट गरेर यो अभियान सञ्चालन गरिरहेको छ”, उनले भने, “स्थानीय तहले आफ्नै स्रोतसाधन खर्चेर पनि नसर्ने रोगको… पुरा पढौ

गोरखाको चुमनुब्रीमा १४ सयको निःशुल्क आँखा जाँच

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा मोतियाविन्दु भएका ६५ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिका, तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्र, सेराङ गुम्बा र देलेक फाउण्डेशनको संयुक्त आयोजनामा वडा नं ५ स्थित बिही स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको हो । दुई दिनसम्म सञ्चालित शिविरमा पालिकाभित्रका एक हजार चार सय जनाले आँखाको जाँच गराएका गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिइन । “शिविरमा १४ सय जना स्थानीयले आँखाको निःशुल्क जाँच गराएका छन् । साथै आँखा जाँच गराउँदा मोतियाविन्दु भएकाको तत्कालै… पुरा पढौ

नेप्से परिसूचक २६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ । साताको अन्तिम कारोबार दिन आज बजारसँगै कारोबार रकम पनि बढेको हो । आज एक सय ८७ कम्पनीको सेयर मूल्य बढ्दा… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि२०ः फाइनलमा खेलाडीहरुको हौसला बढाउन सभामुख घिमिरे पोखरा आउँदै

पोखरा । केपी ओली कप राष्ट्रिय टि२० पुरूष क्रिकेटको फाइनल खेल भोली ५ गते (शुक्रबार) हुँदैछ । ‘‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सो प्रतियोगिता गत चैत्र २३ गतेबाट पोखरा रंगशालामा सुरू भएको हो । फाइनल खेल संगै समापन कार्यक्रमको प्रमुख आतिथ्यताका लागि प्रतिनिधि सभाका सम्माननिय सभामुख देवराज घिमिरे पोखरा आउने तय भएको एकेडेमीका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् । ‘ भोली भब्य कार्यक्रमका बीच फाइनल खेल संगै समापन कार्यक्रम तय गरेका छौं… पुरा पढौ

म्याग्दीको मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा

म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो । गरिब तथा विपन्न, दलित र महिला स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तु कार्कीले जानकारी दिए । “आठ सय ५७ विपन्न परिवार पहिचान भएका मध्य हालसम्म चार सय ८७ घरपरिवारले स्वास्थ्य बिमामा आवद्ध भएका छन्,” उनले भने “सात… पुरा पढौ

तनहुँको शुक्लागण्डकीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–३ का १९ वर्षीय रोमन लम्सालको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको लु २४ प २२४७ नम्बरको मोटरसाइकल र खैरेनीटारबाट दुलेगौँडा जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल ठोक्किँदा लु प्र ०१००१ प ५६६८ नम्बरका चालक लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक… पुरा पढौ

नगरउपप्रमुख खड्काको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्चिएछन छन । । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर उनले तलबभत्ता खर्चंदै आएका छन । खड्काले चार विद्यालयमा कोष स्थापना गर्नुभएको छभने गरिब तथा सहिद परिवारलाई खाद्यान्न प्रदान गर्दै आएका छ । उपप्रमुखका लागि प्राप्त सेवासुविधाबापतको रकम सामाजिक काममा क्रमशः लगाउँदै जाने उनले बताए । जनप्रतिनिधिलाई प्राप्त सेवासुविधा सामाजिक क्षेत्रमा खर्चिने गरी घोषणाअन्तर्गत क्रमशः कार्यान्वयनमा गएको खड्काले जानकारी दिए । उनले बागलुङबाट विपन्न विद्यार्थीले अध्ययन गर्ने सामुदायिक विद्यालयमा आर्थिक सहयोग गरिरहेको… पुरा पढौ

हुम्लामा बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् । भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले जानकारी दिए । उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ । एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका… पुरा पढौ

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ । सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ… पुरा पढौ

सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको… पुरा पढौ