समाचार

हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान

पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गरेको छ । महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उनले बताए ।। गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए । महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो । रासस पुरा पढौ

गण्डकी कोटिहोम महायज्ञका लागि भूमि पूजन गरियो

पोखरा महानगरपालिका वडा नं‍। १७ मा वैशाख १७ गतेदेखि जेठको २६ गते सम्म हुने श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञका लागि भूमि पूजन गरिएको छ । यसअघि पोखरा ६ लेकसाईडमा गर्ने भनिएको कोटिहोम महायज्ञ ठाउँ सरेर विरौटा लगिएपछि बुधबार भूमि पुजन गरिएको हो । पहिलेको ठाउँ परिवर्तन भएपछि पहिले गरेको भूमि पुजनले नहुने भएकाले विरौटामा पुनः भूमि पुजन गरिएको हो । बुधबार पूर्वाह्न ११ बजेर १ मिनेटमा दीप प्रज्वलनसहित भूमि पूजन गरिएको थियो । महायज्ञका लागि बुधबारदेखि… पुरा पढौ

४ करोडको आलुको कारोबार गर्दै सकियो आलु महोत्सव

पोखरा, ३ वैशाख। ४ करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ। गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म त्यहाँबाट ४१ लाखको आलु बिक्री भएको छ भने महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल सबैबाट गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए।त्यहाँ कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ । महोत्सवको… पुरा पढौ

ट्राफिक प्रहरी प्रमुखलाई पोखराका ट्याक्सी चालकहरुको प्रश्न : हामीलाई तँ भनेर किन हेपिन्छ ?

पोखरा, चैत ३ पोखराका ट्याक्सी चालकहरुले आफूहरुलाई ट्राफिक प्रहरीहरुले हेपेर बोल्ने गरेको भन्दै गुनासो गरेका छन् । एवान ग्रेटर नेपाल यातायात प्रालिले बुधबार पोखरामा आयोजना गरेको नया वर्षको शुभकामना आदानप्रदान, ट्राफिक सचेतना एवम् क्यालेण्डर विमोचन कार्यक्रमको खुल्ला छलफलमा बोल्दै ट्याक्सी ड्राइभरहरुले आफूहरुलाई ट्राफिक चेकिङमा बसेका ट्राफिक प्रहरीहरुले बिना कारण तँ भनेर हेप्ने, दुव्र्यवहार गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डे समक्ष गुनासो गरेका हुन् । कार्यक्रमको शुरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख पाण्डेले ट्राफिक… पुरा पढौ

शक्षकको आन्दोलनप्रति कास्की काँग्रेसको पूर्ण ऐक्यवद्वता

पोखरा । नेपाली काँग्रेस कास्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी शिक्षक आन्दोलन प्रति पूर्ण ऐक्यवद्वता जनाएको छ । कास्की काँग्रेसका सभापति किशोरदक्त बरालले विज्ञप्ति प्रकाशित गरी नेपाल शिक्षक महासंघको अगुवाइमा १४ दिन देखि जारी आन्दोलन प्रति ऐक्यवद्वता जनाउनुभएको हो । शिक्षक समुदायले उठाएका मागहरु शिक्षाको गुणस्तर अभिवृद्वि, पेशागत सम्मान र स्थायित्व व्यवस्थापनसँग सम्वन्धित भएको उल्लेख छ । मागहरु अत्यन्तै जायज र सुसंगत छन् विज्ञप्ति भनिएको छ । विज्ञप्तिमा मागहरु प्रति राज्यको बेवास्ता र प्रधानमन्त्रीज्यूको सार्वजनिक अभिव्यक्तिमा देखिएको शिक्षकप्रतिको अपमानपूर्ण भाषा राष्ट्रको… पुरा पढौ

नेप्से परिसूचक सात अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूहको उपसूचक शून्य दशमलव ६७, होटल तथा पर्यटन समूह शून्य… पुरा पढौ

पर्यटकको सेवा सुविधालाई लक्षित गरी क्याम्पिङ साइटको सुरूआत

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ र माछापुच्छ्रे गाउँपालिका–२ को सङ्गमस्थल ताराहिल टप क्षेत्रमा पर्यटकको सेवा सुविधालाई लक्षित गरी क्याम्पिङ साइटको सुरूआत गरिएको छ । नेपालकै पहिलो पर्यापर्यटन पदमार्गको रूपमा परिचित घलेखर्क सिक्लेसको ताराहिल टप क्याम्पिङ विसं २०५१ सालदेखि २०५९ सालसम्म अति व्यस्त रहेकोमा पछिल्लो समयमा सुस्ताउन थालेपछि यसको पुनःसञ्चालन गरी पर्यटकलाई आकर्षित गर्ने अभियान थालिएको हो । अभियान स्वरुप नयाँ वर्षको अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना९एक्याप०भित्र पर्ने यस क्षेत्रका वडाध्यक्षद्वय देवीजंग गुरुङ र गणेश आचार्यको उपस्थितिमा एक्याप प्रधान कार्यालयबाट ताराहिल… पुरा पढौ

कवितालाई पढ्नै सकस

गोरखा । बालबालिका माथिल्लो कक्षामा पढ्ने उमङ्गका साथ नतिजाका पर्खाइमा छन् । शिक्षक आन्दोलनले ढिलाइ भए पनि छिट्टै नतिजा आउला र नयाँ पा्ययपुस्तक बोकेर माथिल्लो कक्षामा पढ्न जाऔँला भन्ने उत्साह बोकेर गाउँघरतिरै खेलिरहेका छन् । गण्डकी गाउँपालिका–६ बनटारकी कविता चेपाङ पनि समय मिलाएर तिनै साथीहरूसँग हाँसखेल गरिरहेकी छिन्, तर उनमा न नतिजाको पर्खाइ छ, न उपल्लो कक्षामा पढ्न जाने जोश । बिदा मनाइरहेका साथीसङ्गीसँग खेल्न पाउँदा मुहारमा घाम उदाए पनि विद्यालय, पठनपाठन सम्झेपछि उनको मुहारमा अँध्यारो बादल छाउँछ । तेह्र… पुरा पढौ

राजमार्ग छेउछाउमा ऐँसेलु किनमेल

गण्डकी । कुनैताका वनपाखा चहारेर खाइने ऐँसेलु हिजोआज राजमार्ग छेउछाउ किनमेल भइरहेको भेटिन्छ । स्वादिष्ट र गुणकारी फल ऐँसेुल कपितयका लागि आयआर्जनको स्रोत बनेको छ । पाखापखेराबाट दुःखजिलो गरी टिपेर ल्याएको एँसेलु बेच्नेमा महिला र बालबालिका बढी हुन्छन् । वसन्त याममा मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेमा ऐँसेलु बेच्नेको लर्को देखिन्छ । पहाडी भेगका अन्य सडकमार्गमा पनि ऐँसेलुको किनबेच हुने गर्छ । हिउँदको फुर्सदिलो समयमा ऐँसेलु टिप्नु र बेच्नु स्थानीयवासीको दैनिकी जस्तै बन्ने गरेको छ । काँडेकी मनमाया विकले वनपाखा… पुरा पढौ

छत्तीस करोड लागतमा फोहर व्यवस्थापन गर्दै बागलुङ

गलकोट । बागलुङ नगरपालिकाले नगरभित्रको फोहरलाई स्रोतबाटै सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रोशोधन गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहरलाई पुनः प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्नेगरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ । आधा दशकदेखिको फोहर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाले फोहर प्रशोधनको जिम्मा समानता अभियान नेपाललाई दिएको हो । फोहर व्यवस्थापनमा चुनौती व्यहोरिरहेको नगरले समानता अभियान नेपालसँग फोहर व्यवस्थापनको सम्झौता गरेको नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनका अनुसार स्रोतबाटै फोहर… पुरा पढौ