समाचार

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिबल प्रतियोगिता आयोजना हुने

पोखरा । पोखरामा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल प्रतियोगिता आयोजना हुने भएको छ। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ M को आयोजना तथा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिवल संघ, गण्डकी प्रदेश खेलकुद परिषद् तथा विभिन्न संघसंस्थाको सहकार्यमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल प्रतियोगिता आयोजना हुने भएको हो । पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा आगामी २०८२ बैशाख १८ गतेदेखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा पाकिस्तान भलिवल क्लब (इस्लामाबाद), नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिवल संघ, त्रिभुवन आर्मी क्लब,… पुरा पढौ

मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१/८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्योट भएको छ । गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फर्छ्योट भएको हो । मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गतवर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान देवानी मुद्दा मुस्ताङ अदालतबाट फर्छ्योट भएको हो । यस्तै,… पुरा पढौ

पोखराको शैक्षिक सान प्रतिभा एजुकेसनले एभरग्रीन एकेडेमी सञ्चालन गर्ने

पोखरा, चैत १३ पोखराको शैक्षिक सान प्रतिभा एजुकेशन फाउन्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने भएको छ । प्रतिभा एजुकेसनले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले हालसालैमात्र पोखरा–३ तेर्सापट्टीमा स्थापना गरेको एभरग्रीन एकेडेमी यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउन लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । निजि बिद्यालय भएपनी विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, पुस्तकालय राखिएको जनाइएको छ । तेस्तै विद्यालयमा तला चढ्न लिफ्ट पनि राखिएको छ । प्रतिभा एजुकेसन फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौधिक विकास र व्यक्तित्व निर्माणलाई सशक्त… पुरा पढौ

‘वाडा अटो शो’को तयारी पुरा, विहिबारदेखि शुरु भई ४ दिन चल्ने

पोखरा । पोखरामा पहिलो पटक हुन लागेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ को तयारी पुरा भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा गर्न लागेको नाडा प्रिजेन्ट्स ‘वाडा अटो सो २०२५’ को सम्पुर्ण तयारी पुरा भएको तथा बिहिबार विहान ११ बजेदेखि औपचारिक रुपमा शुरु हुने कार्यक्रम संयोजक एवम वाडाका उपाध्यक्ष निरन केसीले बताए । अमरसिंहचौरमा चैत्र १४ गते विहिबारबाट शुरु भइ ४ दिन सम्म चल्ने सोमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा… पुरा पढौ

पोखरामा ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा न्यूरोड हबको बिजयी शुरुवात

पोखरा, चैत १३ पोखरामा बुधबारदेखि शुरु भएको ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्यूरोड हबले बिजयी शुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यूरोड हबले लेखनाथ ईगल्सलाई ७ विकेटले हराएको हो । लेखनाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । लेखनाथ ईगल्सका लागि मार्सल बरालले २१ ब्लमा… पुरा पढौ

मणिपाल अस्पताल र जिल्ला प्रशासन कार्यालय कास्कीबीच स्वास्थ्य सेवा प्रदान सम्झौता

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्की, र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा प्रदान, प्रवर्द्धन तथा सरकारी स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सम्झौतामा हस्ताक्षर भएको छ।सम्झौताअनुसार मणिपाल अस्पतालले जिल्ला प्रशासन कार्यालय कास्की परिसरमै २३९ बर्ग फिटको “स्वास्थ्य परीक्षण कक्ष” निर्माण गरि जनस्वास्थ्य सेवाबारे जानकारी दिने, सचेतना प्रदान गर्ने र सेवाग्राही ज्येष्ठ नागरिक तथा अन्यले समेत आवश्यक आकस्मिक सेवा प्राप्त गर्नेछन् । मणिपाल शिक्षण अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठका अनुसार अस्पतालका स्वास्थ्य प्राबिधिकहरु रहनेछन् । अस्पतालका कर्मचारीहरूले सेवाग्राहीहरूलाई सरकारी स्वास्थ्य बीमा कार्यक्रममा… पुरा पढौ

म्याग्दीका ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ । बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक रु दुई करोड १५ लाखको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए। बाटो स्तरोन्नति गर्न ती वर्ष लागेको हो । सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली,… पुरा पढौ

आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यही चैत ५ गते चीनको सिचुवान प्रान्त छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै चीनका सहरमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । पहिलो उडानको साक्षी बन्दै छेन्दु पुगेका १२६ सदस्यीय टोलीले विभिन्न प्रवर्द्धनात्मक कार्यकम गरी मङ्गलबार फर्किएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं पोखरा महानगरपालिका,… पुरा पढौ

गण्डकी प्रदेशमा अपाङ्गता सम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

पोखरा । गण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा ७ जना सांसदले आफ्नो धारणा राखे । सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्य प्रदेश भन्दा पहिले नै आउन लागेको उल्लेख गरे । उनले अन्य प्रदेशहरूमा विधेयक सैद्धान्तिक छलफलमा समेत प्रवेश नगरेको अवस्थामा गण्डकी प्रदेशले यस… पुरा पढौ

‘खाद्यान्न र पशुपन्क्षीजन्य उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर सम्मुख छ’ : मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जि.सी श्रेष्ठले खाद्यान्न बाली र पशुपन्क्षीजन्य उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर सम्मुख रहेको बताएकी छन् । जनसंख्यालाई आवश्यक र उत्पादीत खाद्यान्न÷पशुपन्क्षीजन्य उत्पादनको वासलात हेर्दा प्रदेश आत्मनिर्भर सम्मुख देखिएको उनले बताईन् । प्रदेश सभामा विभिन्न मितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले भनिन्,‘खाद्यान्न वासलात हेर्ने हो भने , हाम्रो गण्डकी प्रदेश खाद्यान्न बालीमा आत्मर्निभर सम्मुख छ । तरकारी बाली र आलुमा पनि प्रदेश आत्मर्निभर सम्मुख रहेको जानकारी गराउँदछु । पशुजन्य पदार्थमा… पुरा पढौ