समाचार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर सङ्कटमा पर्नुका साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ । धवलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको मालिका गाउँपालिका–६ कमेरेस्थित अडित नम्बर २ मा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्किएको ढुङ्गा, माटो नीतिगत व्यवस्थाविपरीत धार नै परिवर्तन हुने गरेर म्याग्दी नदी र किनारमा फालेको हो । खोलामा मकिङ फाल्न थालेपछि म्याग्दी नदीमा माछालगायत जलचर पाइन छाडेको र… पुरा पढौ

दैनिक दुई सय लिटर दूध बेच्ने किसान पुरस्कृत

डुम्रे । तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका छन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए । पाँच वर्ष अघिदेखि कृषि पेशामा लाग्नुभएका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका छन् । उनले कोभिड १९ का बेला लामो समयसम्म बन्दाबन्दी ९लकडाउन० भएपछि गाउँ फर्किएर पशुपालन सुरु गरेका थिए ।… पुरा पढौ

उपल्लो मुस्ताङमा दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन सुरु भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासका क्षेत्रमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट माथिको डाँडाआसपास क्षेत्रमा दुईवटा र लोमान्थाङ बजारमाथिको क्षेत्रमा एउटा क्यामेरा अनुगमनका निम्ति जडान गरिएको छ । तीन स्थानमा हिउँ चितुवाको वर्तमान स्थिति र अवस्था पत्ता लगाउने र… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसमा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि संझौता

पोखरा । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा जनप्रिय बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटबीच चिनियाँ भाषा कक्षा सञ्चालनसम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । संझौतापत्रमा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाल पक्षका कार्यवाहक निर्देशक डा. बलराम दुवाल र जनप्रिय बहुमुखी क्याम्पस प्रमुख कृष्णबाबु बरालले ब्याचलर इन माउन्टेन टुरिज्म म्यानेजमेन्ट कार्यक्रममा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि हस्ताक्षर गरेका हुन् । नेपालमा चिनियाँ भाषा शिक्षाको बढ्दो महत्व, पर्यटन, व्यापार र साँस्कृतिक आदानप्रदानका क्षेत्रमा यसको प्रभावबारे चर्चा गदै नेपाल–चीन शैक्षिक तथा… पुरा पढौ

गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित

पोखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडक गरी सडकको दायाँबायाँको मापदण्ड तय गरेको छ । तराई क्षेत्रमा प्रदेश लोकमार्गको सडकको केन्द्रबाट दुवैतर्फ १२.५ मिटर, प्रादेशिक सडक १० मिटर, पहाडी क्षेत्रमा प्रदेश लोकमार्ग १० मिटर, प्रादेशिक सडक ७ मिटर र हिमाली क्षेत्रमा प्रदेश लोकमार्ग ७.५ मिटर, प्रादेशिक… पुरा पढौ

नेपाल अडिटर्स एसोसियसनमा पाण्डे

लेखनाथ । नेपाल अडिटर्स एसोसियसन (अडान) कास्की जिल्ला समितिको सातौ अबिधेसनले अगामी कार्यकालका लागि गुणानिधी पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा मधुुुुुुुुुुमान कतिला,सचिवमा कृष्ण प्रसाद ढुगाना,सह सचिवमा छविलाल शर्मा तिमिल्सीना र कोषाध्यक्षमा भलकनाथ पौडेल रहेका छन् भने समितिको सदस्यहरुमा नारायण प्रसाद द्धा,भगवान अधिकारी,गोपाल तिमिल्सीना,प्रेमलाल पाण्डे,बन्धुराज रेग्मी,रामप्रसाद तिवारी र दिपेन्द्र तिमिल्सीना रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै नेपाल अडिटर्स एसोसियसनका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलले हिसाव,पिसाव र निसाव चुस्त र दुरुस्त हुनुपर्ने… पुरा पढौ

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक (पाक शिक्षा) तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ। तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार एक समारोहबीच गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेश सरकार युवाहरूलाई दक्ष जनशक्ति बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य

पोखरा, चैत १२ कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । आचार्य निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । संघको बरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरीप्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे यसअघि नै सर्वसम्मत निर्वाचित भईसकेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए… पुरा पढौ

बिरासत जोगाउँदै पृथ्वीनारायण क्याम्पसकाे स्ववियु अध्यक्षमा अनेरास्विववियुका विष्णु पोखरेल बिजयी

पृथ्वीनारायण क्याम्पस पोखराको ल स्ववियु अध्यक्षमा नेकपा एमाले निकट अनेरास्ववियुका बिष्णु पोखरेल बिजयी भएका छन् । पोखरेलले निकटतम प्रतिस्पर्धी नेपाल बिध्यार्थी संघका सुशील न्याैपानेलाई दाेब्बर मतान्तरले हराउँदै विजयी भएका हुन् । पोखरेलले एक हजार एक सय पाँच मत ल्याएर बिजयी भए ।उनका निकटतम प्रत्याशी नेपाल विद्यार्थी संघका सुशिल न्यौपानेले पाँच सय तीन मत प्राप्त गरे ।स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले चार सय ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा रामचन्द्र पोखरेलले जानकारी दिए । यसैगरी अखिल क्रान्तिकारीका नवीन अधिकारीले दुई सय… पुरा पढौ

मणिपाल मेडिकल कलेजले भित्रायो एडभान्स ह्यूमन डिसेक्सन टेबल ‘क्याडाविज’

पोखरा, चैत १० पोखरामा रहेको नेपालकै चर्चित मणिपाल मेडिकल कलेजले एडभान्स ह्यूमन डिसेक्सन टेबल ‘क्याडाविज’ भित्राएको छ । चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई अध्ययनमा सहजता मिलोस् भन्ने उद्देश्यले कलेजले मानिसको शरिरका अंगहरु काटेर हेर्न मिल्ने थ्री डी ईम्याजिनेसनमा आधारित ‘क्याडाविज’ भित्राएको हो । यस्तो मेसिन नेपालमै पहिलोपटक मेडिकल कलेजले भित्राएको मणिपाल शिक्षण अस्पतालका अध्यक्ष आनन्दराज बतासले दाबी गरे । यो मेसिन भित्रिएपछि चिकित्सा शिक्षा अध्ययन गरिरहेका एमबिबिएस, नर्सिङ, पारा मेडिकल, बिएससी एमएमटी, बिएससी एमआईटीलगायतका विद्यार्थी लाभान्वित हुने कलेजकी एन्टोनोमी विभाग… पुरा पढौ