समाचार

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू दुई हजार ४० कायम भएको छ । रासस पुरा पढौ

लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो । उपल्लो मुस्ताङका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने गरी आर्थिक वर्ष २०७८÷७९ मा पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकूल मौसमलगायतका कारण तोकिएको समय सम्पन्न हुन सकेको थिएन । ठेक्का सम्झौताअनुसार उक्त… पुरा पढौ

पर्यटनमन्त्री बस्याल र सिटिएस प्रमुख यानविच भेटवार्ता, पोखरा-छेन्दु उडान: पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी

पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स (CTS) प्रमुख जुन यान (Jun Yan) र  उनकी सेक्रेटरी ली शिन (Li Xin) बीच पोखरामा भेटवार्ता भएको छ। भेटमा सिचुवान एयरलाइन्स (CTS) ले हालै सुरु गरेकाे पोखरा-छेन्दु चार्टर हवाई उडानले पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी भएकाे सम्वन्धमा कुराकानी भएकाे छ । यसका साथै चीन सरकारले यस उडानलाई विशेष प्राथमिकता दिएको हुँदा यसको दीर्घकालीन सञ्चालनबारे गहन छलफल गरिएको थियो। गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरा-छेन्दु चार्टर… पुरा पढौ

सङ्घीय संसद्को आज दुवै सदनको बैठक बस्ने

सङ्घीय संसद्को दुवै सदनको आज बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्य तालिका रहेको छ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड़काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुन कार्यतालिका छ… पुरा पढौ

आजको मौसम: पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको… पुरा पढौ

पोखरा १६ मा मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका समाजिक विकास महाशाखाको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरा महानगरपालिका–१६, दिपमा मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले मानव अधिकार हरेक नागरिकका लागि जान्नुपर्ने विषय भएको उल्लेख गर्दै अधिकारबारे जानकारी नहुँदा त्यसको उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने बताए। उनले अधिकारसँगै कर्तव्य पालनाको महत्त्वलाई जोड दिँदै कर्तव्य नबुझ्दा नै मानव अधिकार हनन हुने अवस्था आउने बताए। वडाध्यक्ष तिमिल्सिनाले नागरिकलाई अधिकार र… पुरा पढौ

‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ ईगल्सको पहिलो जित

पोखरा, चैत १४ पोखरामा जारी ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ ईगल्सले पहिलो जित निकालेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा भइरहेको प्रतियोगिताको दोस्रो खेलमा लेखनाथ ईगल्सले लेकसाईड फाल्कोनलाई ५६ रनले पराजित गरेको हो । यसअघि बुधबार भएको उद्घाटन खेलमा लेखनाथ ईगल्स न्यूरोड हबसँग ७ विकेटले पराजित भएको थियो । लेखनाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट… पुरा पढौ

राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रम गरेर मनाईदै

पोखरा, चैत १४ राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रम गरेर मनाईने भएको छ । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ कास्कीमापनि ६८ औं राष्ट्रिय सहकारी दिवस साप्ताहिक कार्यक्रम गरेर मनाईन लागेको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सहकारी दिवसको अवसरमा चैत १४ गते विहीबार पत्रकार भेटघाट कार्यक्रम गरिएको छ भने चैत १५ र १६ गते पोखरा पार्टी प्यालेसमा बुद्धिचाल प्रतियोगिता, चैत १६ गते नै पोखरा पार्टी प्यालेसमै बुद्धिचाल प्रतियोगिता, चैत १६ गते जनप्रिय माविमा निबन्ध… पुरा पढौ

कास्की कांग्रेस सभापति किशोरदत्त बराललाई कारवाही गर्न माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरुले दिए पार्टीमा उजुरी

पोखरा, चैत १४ नेपाल विद्यार्थी संघ (नेविसंघ)को कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारवाही गर्न माग गर्दै पार्टीमा उजुरी दिएका छन् । कास्कीबाट प्रतिनिधित्व गर्ने नेविसंघका ११ जना केन्द्रीय सदस्यहरुले सभापती बराल नालायक भएको भन्दै कारवाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष उजुरी दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्यहरु राजेन्द्र बराल, नसिब गुरुङ, अञ्जान थापा, संस्कार कोईराला, विक्रम आदित्य सिंह गिरी, महादेव गिरी, राजिव बास्तोला, कविराज पहारी, यामकृष्ण पौडेल, सुजी मगर र गंगा गिरीले विहीबार पोखरामा… पुरा पढौ

गण्डकी प्रदेश सभामा भवन निर्माण तथा बस्ती विकास सम्बन्धी विधेयकमा छलफल

पोखरा। गण्डकी प्रदेश सभामा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको विहिबारको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन् । सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशमा भवन निर्माण, तथा बस्ती विकास गर्ने कार्यलाई सुविधायुक्त, सुरक्षित र जोखिममुक्त बनाई नागरिक जीवन सुरक्षित बनाउन, मौलिक पहिचान झल्किने, भवन निर्माणको… पुरा पढौ